धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

सुदूरपश्चिममा ४ बर्षमा झण्डै ७५ लाख बिरुवा रोपिए, उपलब्धी शुन्य

सुदूरपश्चिममा ४ बर्षमा झण्डै ७५ लाख बिरुवा रोपिए, उपलब्धी शुन्य
धनगढी ३ स्थित सामुदायिक वनमा वृक्षा रोपण गर्दै पुर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मन्त्री माया भट्ट । फाइल फोटो

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चार बर्षको अवधिका प्रदेश भर झण्डै ७५ लाख बिरुवा वृक्षारोपण गरेपनि त्यसको उपलब्धी भने शुन्य छ ।

वर्षेनी करोडौं सरकारी बेजेट स्वाहा पारेर हजारौ बिरुवा तामझामका साथ रोप्ने गरेको भएपनि सम्बन्धित निकाएको गैर जिम्मेवारी पनले त्यसको परिणाम शुन्य हुने गरेको जानकारहरु बताउँछन् । बर्षायाम सुरु भएपछि प्रदेशका सवै जिल्लामा तामझामका साथ सार्वजकि जग्गा तथा सामुदायिक वनमा वृक्षा रोपण गरिन्छ । कहिले मन्त्री, कहीले मन्त्रालयका सचिव त कहिले स्थानीय स्तरका विषिष्ट व्यक्तित्वबाट उद्घाटन गरेर रोपिने बिरुवा हुर्काउने जिम्मा कुनै निकायले लिएका हुदैनन् ।

असार अन्तिम तिर ठुलो परिणाममा बजेट सक्काएर मन्त्रालयमा प्रगती विवरण देखाउन मात्रै वृक्षारोपण गर्ने गरेको धनगढी वडा नमबर ३ की स्थानीय सर्मिला गौतमले बताइन् । यस बर्ष पनि जिल्ला स्थानीय तह तथा सामुदायिक बनसंग मिलेर प्रदेश सरकारले थुप्रैस्थानमा वृक्षा रोपण गरेको छ, उनले भनिन्, ‘तर त्यसको संरक्षण कस्ले गर्ने भन्ने कुनै योजना अहिले सम्म प्रदेश सरकारले बनाएको छैन ।

उनले आफ्ना कार्यकर्तालाई खुशी पार्न तामझामका साथ कार्यक्रम गरी हजारौ बोट एकै ठाउँमा रोपेर मन्त्रीलेनै बजेटको दुरुपयोग गर्ने गरेको आरोप लगाइन् ।

सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा पछिल्लो ४ बर्ष यता १ हजार ३० हेक्टर क्षेत्रफल जमिनमा ७७ लाख ८५ हजार ७ सय ७४ विभिन्न प्रजातीका बिरुवा रोपिएका छन् । प्रदेश सरकारले ४ बर्षमा वृक्षा रोपणमा मात्रै ७ करोड ७८ लाख ५७ हजार ७ सय ४० रुपैयाँ खर्च गरेको छ । प्रदेश सरकारले १ हजार हेक्टर क्षेत्रफल जमिनमा वृक्षारोपण गरेको जनाएपनि प्रदेशमा वनको क्षेत्रफल भने बढ्नुको सट्टा घट्ने गरेकोछ । 

सुदूरपश्चिममा पछिल्लो ४ बर्षमा २८ हजार हेक्टर वन क्षेत्र अतिक्रमण भएको तथ्याङ्क छ । सुदूरपश्चिम बन निर्देशनालयका अनुसार कैलाली र कञ्चनपुरमा बढी वन क्षेत्र अतिक्रमण भएको छ ।

यसरी हरेक बर्ष ठुलो परिणममा वृक्षारोपण गरेपनि उपलब्धी हाँशील नहुनुमा रेखदेखको अभाव प्रमुख कारण रहेको वन संरक्षण अभियान कर्मी डण्डिराज सुवेदीले बताए । वृक्षारोपण मात्रै गरेर केही नहुने भन्दै उनले अनुगमन र रेखदेख पनि हुनुपर्ने बताए । हाल सम्म कार्यक्रम देखाएर बजेट सक्नका लागि मात्रै वृक्षारोपण गरिदाँ त्यसले उपलब्धि हाँशील गर्न नसकिएको उनले बताए ।

पूर्व तयारी विना नै एक दिन ठुलो तामझाकासाथ एकै ठाउँमा हजारौ विरुवा रोपिन्छन्, सुवेदीले भने, ‘बिरुवा रोपिएको स्थान घेरवार पनि हुँदैन, जसका कारण वृक्षारोपण भएको दोश्रो दिननै पशु चापायले सो स्थानमा रजाई गर्ने र बिरुवा नष्ट पार्ने गर्दछन् । कस्तो स्थानमा कुन विरुवा रोप्ने भन्नेकुराको पनि प्राविधिक ज्ञान नहुँदा कुनै विरुवा सुक्ने र कुनै विरुवा पानीमा कुहिने गरेको उनले बताए ।

कतिपय अवस्थामा जानीजानी बजेट सक्नैका लागि जहाापायो त्यही बिरुवा रोपेर बजेट स्वाहा पार्नेकाम भइरहेको छ, उनले भने,‘तर कतिपय अवस्थामा प्राविधिक ज्ञान विना गरिएको बृक्षारोणका कारण पनि त्यो काम लाग्दैन, मुख्यकुरा संरक्षणकै अभाव देखिन्छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रबक्ता भरत प्रसाद श्रेष्ठले पशुचौपा नियन्त्रण गर्न नसक्दा हाल सम्म गरिएको वृक्षारोपणबाट उपलब्धि हाँशील गर्न नसकिएको बताए । रुख नभएको खुल्ला स्थानमा वृक्षारोपण गरी उजाड क्षेत्रलाई हराभरा बनाउने वनको नीति रहेको भएपनि त्यसको प्रभावकारीता खास्सै नभएको प्रबक्ता श्रेष्ठले बताए ।

यस अघि गरिएका धेरै कार्यक्रम संरक्षण अभावका कारण सफल भएका देखिदैनन्, प्रबक्ता श्रेष्ठले भने,‘आगामी दिनमा फरक तरिकाले वृक्षारोपण गर्ने योजना बनाएका छौं । उनका अनुसार आगामी आर्थिक बर्ष देखी प्रदेश सरकारले सामुदायिक वन संग सम्झौता गरेर वृक्षारोपण गर्ने कार्यक्रम राखिएकोछ । त्यसोगर्दा प्रदेश सरकारले बोट उपलब्ध गराउने र सामुदायिक वनले त्यसको संरक्षण गर्नुपर्ने उनले बताए ।

यसैगरी खुला स्थानमा वृक्षा रोपष गर्दा आगामी दिनमा तारवार गरेर हेराला तथा संरक्षण कर्मिको व्यवस्था गरिने प्रबक्ता श्रेष्ठले बताए ।