धनगढी पोष्ट
मङ्गलबार, ०९ कार्तिक २०७८ मा प्रकाशित
धनगढी । चिकित्सा विज्ञानले एलोपेथिक औषधी उत्पादन नगरेको हुदोहो त विश्वभर अहिले पनि परम्परागत आयुवेर्दिक औषधी प्रणालीको राम्रो विकास भइसक्थ्यो होला । अनि नेपाली पुर्खा वैज्ञानिको अनुसन्धान अहिले विश्वभर फैलिएको हुन्थ्यो होला ।
त्यसो भएन पश्चिमा देशले थालेको एलोपेथिक औषधी उत्पादनका कारण आयुवेर्दिक औषधी पद्धति ओझेलमा परेको छ ।
तर बझाङको छविस पाथिभेरा गाउँपालिका स्थित मदनराज जोशीले थालेको परमपरागत आयुवेर्दिक औषधी प्रणालीले भने विरामीको ध्यान फेरी आयुवेर्दिक औषधी तर्फ केन्द्रित गरेको छ ।
आफ्नै पुर्खाको अनुसन्धानमा टेकेर जोशीले आयुवेर्दिक पद्धतिबाट विरामिको उपचार गरिरहेका छन् । स्थानीय स्तरमै उपलब्ध जडिबुटि प्रशोधन गरेर आफै औषधी उत्पादन र वितरण गर्ने जोशी जिल्ला भर विरामीको विश्वासिला वैद्ये बनेका छन् । ‘अहिले घरमा दिनहुँ भीड लाग्ने गर्छ, उनले भने,‘यहाँ आएका विरामी सन्तुष्ट भएको देख्दा मलाई पनि खुशी लागेको छ ।’ एलोपेथिक औषधीले निको नभएका कतिपय विरामी आफुकहाँ आएपछि रोग निको भएको उनि बताउाछन् । उनले क्यान्सर, सुगर, पायल्स, प्यारालाइसिस, जण्डीस, बाझोपन जस्ता रोगहरूको परम्परागत पद्धतीबाट उपचार गर्दै आएका छन् ।
बझाङको छविसपाथीभेरा गाउँपालिका–६ ओझा गाउँका ३० वर्षीय जोशीले परम्परागत पद्धतीबाट उपचार गराउन थालेको दुई दशक पुरा भएको छ । जोशीले स्थानीय स्तरमै पाइने औषधी मुलक जडिबुटीको प्रयोग गरेर रोगिको उपचार गर्दै आएका छन् । आफ्ना पुर्खाले गरेको अनुसन्धान र खोजका आधारमा आफुले औषधी उत्पादन तथा वितरण गर्ने गरेको उनि बताउँछन् । ‘हाम्रा पुर्खाले आयुवेर्दिक विधीबाट जटिल रोगको पनि सफल उपचार गरेका प्रयाप्त प्रमारण जिवितैछन्,’ उनले भने,‘त्यतो सफल औषधी प्रणालीलाई छोड्ने कुरै भएन, मैले त्यसको संरक्षण गरिरहेको छु ।’
अहिले जोशील सर्पले टोकेका विरामीहरू देखी बाल रोग, स्त्री रोग, क्यान्सर, मधुमेह, अल्सर जस्ता प्राणघातक रोगीलाई पनि उपचार गर्न थालेका छन् । जस्का कारण उनको आयुवेद पद्धतिमा सवैले विश्वास समेत गर्न थालेका छन् ।
बाउबाजेले गर्दै आएको देखेर उनले पनि १२–१३ वर्षको हुँदा नै उपचार गराउन थालेका थिए । ‘बुवाबाजेले गरेको देखेर औषधि दिने, कुन विरामीलाई कस्तो प्रकारको औषधि दिने भनेर बुवा बाजेले सिकाउनुभयो,’ उनले भने,‘त्यही सिकेर अहिले काम गरिरहेको छुँ ।’
आफुले परम्परागत खोजी संगै आयुवेर्दिक औषधी प्रणालीमा केही नौलो काम गर्न चाहेको उनि बताउँछन् । सरकारले परम्परागत पद्धतीलाई पनि उपचारको एउटा माध्यम मानेर सहयोग गरेमा यसलाई पनि आधुनिकतातिर लैजान सकिने उनको विश्वास छ । सञ्जिवनी प्रतिष्ठान नेपाल दर्ता गराएर जडिबुटी मार्फत आधुनिक उपचार गराउने मनसायमा जोशी छन् । त्यसको लागि सरकारले सहयोग चाहिने उनी बताउँछन् । उनले बझाङका ५० बढी वैद्यहरूलाई एककृत गरेका छन् । उनीहरूले सिकेको सीप तथा प्रतिभालाई समेट्दै आयुवेर्दिक पद्धतिमा थप अनुसन्धान भइरहेको उनि बताउँछन् । ‘अव पहिला जस्तो शिप लुकाएर हैन बाँडेर नयाँ खोज गर्नुपर्दछ भन्ने उद्देश्यले सवै वैद्य एउटै छातामुनि जोडिएका छौं,’ उनले भने,‘यसले पक्कै पनि केही न केही नयाँ खोज ल्याउने छ ।’
हिमाल तथा पहाडी क्षेत्रमा त्यतिकै खेर गइरहेको जडिबुटीको प्रयोग गरेर उपचार गराउने योजना रहेको जोशीले बताए । ‘नेपालका हिमालहरूमा अथाह मात्रामा बहुमुल्य जडिबुटी छन्,’ उनले भने,‘त्यसबारे थप खोज तथा अध्ययन हुनुपर्छ, त्यहि जडिबुटीको प्रयोग गरेर आधुनिक चिकित्साभन्दा राम्रो गर्न सकिन्छ ।’