धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024
एन.एन.एस डबुलुएद्वारा २०२३ मा सञ्चालित कार्यक्रमको प्रदेश स्तरिए समिक्षा

विपद व्यवस्थापन गर्न मिलेर काम गरौं :मन्त्री भट्ट

विपद व्यवस्थापन गर्न मिलेर काम गरौं  :मन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शिवराज भट्टले विपदलाई न्यूनीकरण गर्न सवैले हातेमालो गर्नु जरुरी रहेको बताएका छन् ।

आइतबार एन.एन.एस डबुलुएले २०२३ मा सञ्चालित कार्यक्रमको जानकारी आदानप्रदान तथा छलफल कार्यक्रममा मन्त्री भट्टले प्राकृतिक रुपमा हुने पिपद् र मानव सिर्जित विपदको सामना गर्न र जोखिम न्यूनीकरण गर्न साझा सहकार्य आवश्यक रहेको बताए । मन्त्री भट्टले प्राकृतिक श्रोतसाधनको अत्याधिक दोहन र कार्वन उत्सर्जनका कारण पछिल्लो समय मानव सिर्जित विपदको बढी जोखिम रहेको बताए ।

हामी हामी भुकम्पिय दृष्टीले पनि जोखिममा छौ, जलवायु परिवर्तनको असरका कारण पनि असुरक्षित बनेका छौं, मन्त्री भट्टले भने, ‘जलवायु परिवर्तनबाट हामि कसरी जोगिने भन्ने बारेमा नागरिकलाई प्रयाप्त जानकारी नभएको देखिनछ, त्यसैले सचेतना कार्यक्रममा पनि ध्यान दिन जरूरी छ ।

मन्त्री भट्टले सुदूरपश्चिममा लागु आौषध दुव्यसनिको प्रभाव पनि नराम्रो परेको बताए । कैलाली, कञ्चनपुर मात्र नभई पहाडी जिल्लामा पनि लागु पदार्थ दुव्यसनिको समस्या विकराल बन्न थालेको बताउँदै मन्त्री भट्टले त्यसलाई रोक्नका लागि संघ संस्थाले पनि आफ्ना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

एन.एन.एस डबुलुएले लागु पदार्थ दुव्यसनिबाट सचेत रहन विद्यार्थीलाई सचेत गराउने कार्यmत्र सञ्चालन गरेका रहेछ, मन्त्री भट्टले भने, ‘यो प्रभावकारी कार्यक्रम हुन सक्दछ, प्रदेश सरकार पनि त्यसता कार्यमा सहकार्य गर्न तयार छ ।

सामाजिक विकास मन्त्रालयकी बाल अधिकार तथा सामाजिक न्याय शाखाकी अधिकृत विन्दु चटौतले संघ संस्थासंग समन्वय गरी मन्त्रालयले अपाङ्गता भएका नागरिकको पक्षमा काम गरिरहेको बताइन् । मन्त्रालयले सिमान्तकृत समुदायको स्तरउन्नती सुदृढ गर्न  संघ संस्थासंग हातेमालो गर्ने गरेको र आगामी दिनमा पनि सो कार्यलाई निरन्तरता दिइने बताइन् ।

कञ्चनपुरको महेन्द्रनगरमा मुख्य कार्यालय रहेको एन.एन.एस डबुलुएले

सुदूरपश्चिम प्रदेश संगै कर्णाली प्रदेशका केही क्षेत्रमा काम गरिरहेको संस्थाका निमित्त कार्यकारी निर्देशक बिनोद क्रिम जैरुले बताए । विभिन्न दातृ निकायको सहकार्यमा दुई वटा प्रदेशमा ७ वटा कार्यक्रम सञ्चालन भइरहेका उनले बताए ।

उनका अनुसार एन.एनडिएस डब्लुएले जातीय जिभेदमा परेका समुदाय, अपाङ्गता भर्एका व्यक्ती र पछाडि पारियका समुदायको सशक्तिकरणका लागि एकिकृत विकासका कार्यक्रम ल्याउन सरोकारवाला निकायलाई जिम्मेवार बनाउन वकालत गर्दै आएको बताए ।

संस्थाले सञ्चालन गरेका परियोजना मध्य सुदृढ परियोजनाका बारेमा कार्यक्रमका संयोजक राजकुमार सुनारले जानकारी दिएका थिए । त्यसैगरी आर्थिक विकास मार्फत विपद व्यवस्थमपन परियोजनाका बारेमा महेश उपाध्यायले माईग्रेट कार्यक्रम बारेमा आरति सुनार, प्रवासी नागरिक तथा उनिरूका परिवारका लागि लक्षित एचआईभी रोकथाम कार्यक्रमबारे नवराज पाण्डेयले जानकारी गराएका थिए ।

यसैगरी सारीरीक रूपमा अपाङ्गता भएका नागरिकको पुनस्र्थापनाका लागि सञ्चालित कार्यक्रम बारेमा कृष्न भट्ट, कुष्ठरोग रोगथाम परियोजना बारेमा राजीव अवस्थी, बाल संरक्षण, सामुदायिक संलग्नतामुखि बाल स्पोन्सरि सीप तथा समावेसि गुणस्तरिय शिक्षा परियोजनाका बारेमा रामेश्वर जैरूले जानकारी गराएका थिए ।

संस्थाको आर्थिक प्रतिवेदन लेखा सुरक्षिवेक्षक दिपक कुमार परियारले प्रस्तुत गरेका थिए भने, सामाजिक लेखा प्रतिवेदन पत्रकार खेम भण्डारीले प्रस्तुत गरेका थिए ।

तथ्याङ्क अधिकृत तपेन्द्र भुसालले सञ्चालन गरेको कार्यक्रम संस्थाका निमित्त कार्यकारी निर्देशक विनोद विक्रम जैरूको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम सपमापन गर्दै निमित्त कार्यकारी निर्देश्क जैरुले छलफलका क्रममा आएका सुझावलाई आगामी दिनमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।