धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

धनगढीको त्रिभुवन माविमा नमुना क्वारेन्टाईन

धनगढी

    क्वारेण्टाईन व्यवस्थित हुन नसक्दा नागरिकले दुःख पाईरहेका देशव्यापी खबर आइरहँदा धनगढी उपमहानगरपालिका ३ मा निर्माण गरिएको क्वारेण्टाईनमा भने नागरिक सुरक्षित महशुस गरिरहेका    छन्  ।

       सुरक्षित बसोबास, स्वास्थ्यबद्र्धक खाना, बिहानको व्यायम र शरिरमा रोगप्रतिरोधात्मक क्षमता बढाउन आयूवेर्दिक औषधीको प्रयोगले त्रिभुवन माविमा निर्माण गरिएको क्वारेण्टाईनमा रहेका नागरिक निक्कै सुरक्षित महशुस गरिरहेका छन् ।

        वडा नम्बर३ का जनप्रतिनीधीहरु विहान देखी नै क्वारेण्टाईनमा बस्दै आएका नागरिकको स्वास्थ्य हेरचाह देखी खानपानमा विशेष निग्रानी राख्दै आएका कारण त्यहाँ रहेका ५१ जना नागरिकहरु तनावबाट मुक्त भएका रमेश भण्डारीले  बताए । क्वारेण्टाईनमा बस्न थालेको पाँच दिन भएको छ भण्डारीले भने–‘बिहानै देखी जनप्रतिनिधी आएर विभिन्न क्रियाकलाप गराउँदै हामीलाई रमाइलो गराउने गर्दछन्, स्वस्थ खाना र नियमित व्यायमले शरिरमा उर्जा थपिएको छ ।

        देशका अन्य स्थानमा निर्माण गरिएका क्वारेण्टाईन अव्यवस्थित भएको खबर सुनिने गरेपनि आफुहरुलाई क्वारेण्टाईनमा कुनै समस्या नभएको पारश धानुकले बताए । बस्ने देखी खाने व्यवस्था राम्रै छ उनले भने–‘समय ब्यतित गर्न फ्रिवाइफईको पनि व्यवस्था गरिएको छ । जनप्रतिनिधीको समन्वयमा बिहानै योग गराईने गरेको भन्दै उनले क्वारेण्टाईनमा बस्दा झनै रमाईलो लाग्ने गरेको बताए ।

       वडा नम्बर३ का सदस्य ओमबिक्रम चन्दका अनुसार हाल सम्म क्वारेण्डाईनमा रहेका सवै नागरिकलाई शरिरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने आयूवेदिक चूर्ण (गुर्जाको पाउडर) वितरण गरिएको छ । क्वारेण्टाईनमा बस्ने नागरिकले आयूवेदिक चिकित्सकको परामर्सका आधारमा उनिहरुले सो औषधी सेवन गर्ने गरेका छन् । यसका अलावा विहान नियमित व्यायम गराइदै आएको छ । क्वारेण्टाइनमा बसेका वडा वासीलाई न्यास्रो नलागोस् भनेर फ्रिवाइफाईको व्यवस्था गरिएको सदस्य चन्दले बताए ।

 क्वारेण्टाईनमा बसेका नागरिकको स्वास्थ्य राम्रो बनोस् भन्ने उद्देश्य सहित हामी बिहानै देखी क्वारेण्टाईनमा खटिएका हुन्छौं चन्दले भने–‘उनिहरु संगै रमाउँछौं, आफ्नो जोखिमको कुनै प्रवाह  छैन ।

       वडा अध्यक्ष बलबहादुर ऐरले क्वारेण्टाईनलाई व्यवस्थित बनाउँन विभिन्न संघ संस्था संग आग्रह गरिएको बताए । हामीले गरेको आग्रहलाई अमेरिकामा रहेका नेपालीको संस्था बिबि फउण्डेसनले सहयोग गरेको छ अध्यक्ष ऐरले भने–‘अन्य विभिन्न व्यक्तिले पनि निरन्तर सहयोग गर्दा क्वारेण्टाईनमा बस्नेलाई राम्रो सेवा दिन सफल भएका छौं । उनले वडाका सवै जनप्रतिनिधीको निरन्तरको खटाईका कारण क्वारेण्टाईन व्यवस्थित बनेको बताए ।