धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

अन्नको भण्डार कैलाली, कञ्चनपुरमाबाट खाद्यले पाउँदैन धान

अन्नको भण्डार कैलाली, कञ्चनपुरमाबाट खाद्यले पाउँदैन धान

धनगढी अन्नको भण्डार रहेको कैलाली कञ्चनपुरबाट खाद्य संस्थाले पछिल्लो तीन बर्ष यता किसानको धान पाउन छोडेको समयमै धान खरिद गर्न नसक्नुनै खाद्य संस्थानका लागि धान नपाउने प्रमुख कारण बन्न थालेको

कात्तिकको सुरु देखिनै धान खरिद गर्न सकेको भए किसानको धान हामीले पाउन सक्थ्यौ जस्तो लाग्छ, खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड धनगढी प्रमुख इन्जिला बस्नेतले भनिन्, ‘गत बर्ष पनि त्यसमा हामी चुकेका थियौं, यस बर्ष पनि अलि ढिला खरिद सुरु गर्दा सोचे अनुसार धान खरिद गर्न सकेका छैनौं

आर्थिक बर्ष २०७७/०८७ मा बाढीले धान बगाएपछि आख् संस्थाले कैलाली, कञ्चनपुरबाट धाननै खरिद गरेको थिएन गत बर्ष कैलालीका लागि खाद्य व्यवस्था तथा व्यवपार कम्पनिले ४० हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य राखेकोमा सो लक्ष्य पुरा हुन सकेन यस बर्ष पनि ६० हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनिले सोमबार सम्म २० हजार क्वीन्टल सासपास मात्रै धान खरिद भएको जनाएको

कैलालीका लागि चालु आर्थिक बर्षमा ६० हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य निर्धारण गरिएकोमा १९ हजार क्वीन्टल धान मात्रै खरिद हुन सकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड धनगढीकी प्रमुख इन्जिला बस्नेतले बताइन् उनका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हाल सम्म  १८ हजार सय ५२ क्विन्टल मात्रै धान खरिद गरेको

बस्नेतका अनुसार कैलालीमा धनगढीको मोहनपुर, टीकापुर, सत्ती, भजनी, बर्दगोरिया गरेर पाँच ठाउँबाट धान खरिद गर्न सुरु गरिएको थियो

तर कात्तीक अन्त्य सम्म अधिकांस किसानले धान खरिद गरिसकेको पाइएको बाँकी रहेका किसानले पनि बाहीर राम्रो मुल्य पाइन थालेको भन्दै खाद्यलाई धान वेच्न मानेनन् जसका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनिले कोटा अनुसारको धान पनि नपाएको उनले बताइन्

उनले बाहिर बजारमा धानको मूल्य बढेको जानकारीमा आएकाले त्यही कारण लक्ष्य भेट्टाउन नसकिएको बताइन् धानको मूल्य बढेको भन्ने आयो, मौखिक रुपमा जानकारी चैँ, उनले भनिन्, ‘नभए हाम्ले टाइममा खोलेको हो बाहिर बजारमा मूल्य बढ्दा किसानहरु खरिद केन्द्र नआएका हुनसक्ने अनुमान गरिएको

उनले गत वर्ष भने मंसिर २८ गतेबाट धान खरिद सुरु गर्दा पनि ३० हजार क्विन्टल खरिद भएको बताइन् गत वर्ष ४० हजार क्विन्टल धान खरिदको लक्ष्य लिइएकोमा ३० हजार क्विन्टल धान खरिद भएको थियो अहिले कार्तिकमै सुरु गरिएको धान खरिद पोहोर मंसिर सक्किनै लाग्दा सुरु भएको थियो, उनले भनिन् यो वर्षभन्दा गत वर्ष भने बढी धान खरिद भएको हो यद्यपी लक्ष्य भने गत वर्ष पनि भेट्टाउन सकिएको थिएन

सरकारले मोटा धानको मूल्य हजार सय ९८ रुपैयाँ प्रतिक्विन्टल तोकेको थियो कैलालीमा मोटा धान नै खरिद भएको हो प्रादेशिक प्रमुख बस्नेतका अनुसार एकजना किसानबाट ३० क्विन्टल धान खरिदको कोटा निर्धारण गरेर खरिद सुरु गरिएकोमा जिल्लाका हजार सय किसानको धान खरिद गरिएको खरिद केन्द्रहरु खुला नै रहेकाले अझै पनि किसानहरुले धान ल्याएर आए खरिद गरिने उनले बताइन्

कैलालीको मोहनपुर, टिकापुर भजनीबाट धान खरिद सुरु गरिएको भएपनि सोचे अनुसारको धान भने नआएको खाद्य व्यापार कम्पनिका कर्मचारीको भनाई

यस पटक एक दुई सातामै कोटाको धान आउँछ होला भन्ने अनुमान गरिएको थियो, धनगढी स्थित मोहनपुर धान खरिद केन्द्रका कर्मचारीले भने–‘तर सोचेभन्दा धेरै कम मात्रै धान आएको , यसको कारण केहो बुझ्न सकिएको छैन

विगतका बर्षहरुमा धान खरिद सुरु भएपछि खरिद केन्द्रमा किसानको लाईन हुने गरेको भएपनि यसपटक भने किसानले लाइन बस्नु नपरेको ती कर्मचारीले बताए सुरुका एक दुई दिन धान ल्याउने किसानको अली चाप रहेको थियो, उनले भनेत्यस पछि फाटफुट मात्रामा मात्रै धान आउने गरेको , पछिल्लो समयत दिनमा एक दुई जना किसान मात्रै आउने गरेका छन्

गत बर्ष सरकारले कात्तिक १६ गते मात्रै मोटा धानको न्यूनतम मुल्य हजार सय ६७ मध्यम धानको मुल्य हजार सय २८ कायम गरेको थियो

कात्तिकमा मुल्य निर्धारण गरेपनि सरकारले धान खरिद भने मंसिर २७ गते बाट मात्रै सुरु भएको थियो सरकारले पुसबाट मात्रै धान गरिद गर्न सुरु ¥यो, धनगढी का रामदाश रानाले भनेत्यति सम्म अधिकांस किसानले धान वेचिसकेका थिए, अहिले सरकारले किसानको नभई व्यापारीको धान खरिद गरिरहेको

दुई बर्ष अघि मोटो धानको मुल्य २७ रुपैंया निर्धारण गरेको थियो, उनले भनेत्यतिवेला व्यवपारीले पनि राम्रै मुल्य दिएका थिए, गत बर्ष बर्षाले भिजेको भन्दै सरकारले धाननै खरिद नगर्दा व्यापारीलाई सस्तोमा धान वेच्यौं, यस बर्ष सरकारले समयमा खरिद सुरु नर्दा व्यापारलिाईनै सस्तोमा वेच्नु ¥यो धान वेचेर हिउँदे बाली लगाउन खर्चको जोहो गर्नुपर्ने भएका कारण व्यवपारीलाई सस्तोमा धान वेच्नुपरेको उनले बताए

खाद्य व्यवस्था तथा व्यापार कम्पनिले २०७७ मा धानको समर्थन मुल्य मोटो धान प्रति क्वीन्टल हजार सय ३५ मध्यम धानको मुलय प्रतिक्वीन्टल हजार सय ८५ तोकेको थियो सो बर्ष कैलालीमा ६१ हजार मेट्रिकटन धान संस्थानले खरिद गरेको थियो

२०८७ सालमा मोटो धानको मुल्य हजार सय ५० मसिनो धानको मुल्य दुई हजार सय निर्धारण गरिएकामा कार्तिकमा आएको बाढीका कारण धान विग्रेको भन्दै खाद्य तथा व्यापार कम्पनिले धान खरिद नै गरेन २०७७ मा कैलालीका वटा स्थानधनगढी, टिकापुर, जोशीपुर भजनी) बाट खाद्य व्यवस्था तथा व्यापार कम्पनिले धान खरिद गरेको थियो