धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका एकवर्षे उपलब्धि सार्वजनिक

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका एकवर्षे उपलब्धि सार्वजनिक

धनगढी सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आफ्नो मन्त्रालयका उपलब्धिहरु सार्वजनिक गरेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले आफू मन्त्री भएपछि गरेका कामको उपलब्धिहरु सार्वजनिक गरेका हुन्

नीतिगत तथा संस्थागत सुधार, भू तथा जलाधार, उद्योग तथा वाणिज्य, पर्यटन, वन क्षेत्रमा गरिएका काम, आयोजना स्थल तथा धार्मीक पर्यटकीय क्षेत्रको अनुगमन भ्रमण, जन सम्पर्क तथा संघीय सरकारसँग छलफलमा रहेका सवालहरुलाई मन्त्रालयले उपलब्धिको रुपमा प्रस्तुत गरेको

मन्त्रालयका अनुसार एक बर्षको अवधिमा वन ऐन २०७७ संशोधन प्रकृयामा अघि बढाइएको, नदीजन्य पदार्थको संकलन तथा व्यवस्थापन सम्बन्धि पहिलो संशोधन २०८० पारित गरिएको, वन व्यवस्थापन कार्यविधि तयारी तयार गरिएको, निजी वनको कटान सकलन ओसारपसार तथा विकी वितरण सम्बन्धि कार्यविधि निर्माणको पक्रिया सुरु गरेको, वन अतिक्रमण रोकथाम तथा नियन्त्रण गर्न प्रदेश स्थित सबै सुरक्षा निकाय तथा सरोकारवालाहरुको बैठक बसी नीति निर्माण गरी काम भइरहेको, त्रिनगर भन्सारमा क्वारेन्टाईन पुनः संचालन गरिएको, एक निर्वाचन क्षेत्र एक उद्योग कार्यक्रम लागु गरिएको, जिल्ला समन्वय समिति प्रमुखको नेतृत्वमा उद्योग तथा लगानी प्रवर्द्धन समितिको गठन गरी कार्य गर्ने निर्णय गरिएको

यसैगरी बाटो, सार्वजनिक स्थानका रुखहरु व्यवस्थापनको लागी प्रक्रिया अगाढी बढेको। आर्थिक सुशासन मितव्ययीता कायम गर्ने उद्देश्यले कार्यालय परिसरमा रहेका पुराना जिन्सी सामान तथा सवारी साधनहरुलाई सम्भव भएसम्म मर्मत गरी प्रयोगमा ल्याउन सबै कार्यालयहरुलाई निर्देशन गरी कार्यान्वयनमा ल्याउने प्रयास गरिएको पर्यटन सम्बन्धि प्रशासनिक काममा सुधार गरिएका, वर्ष भित्र करिब हजार सय ९७ श्रमदिन बराबरको रोजगारी सिर्जना गरिएका, डडेलधुराको अजयमेरुकोट, बझाङ्गको राजाकोट दरबारको मर्मत सम्भार तथा संरक्षण गरिएको, पर्यटकीय पार्क निर्माण, २० जना व्यक्तिहरुलाई नेचर गाइड तालिम प्दान गरिएको, पर्यटन सम्बन्धी कृयाकलाप बाट वर्ष भित्र करिव लाख, हजार, पाच सय श्रमदिन वरावरको रोजगारी सिर्जना गरिएको, बडिमालिका, खप्तड, मालिकार्जुन, परशुराम धाम, गोदावरी धाम, शिवपुरी धाम लगायत जस्ता पर्यटकिय क्षेत्रहरुको विकासमा जोड इिएका ७७ हेक्टर खाली तथा नाङ्गो वन क्षेत्रको जमिनमा वृक्षारोपण सामुदायिक वनक्षेत्र हस्तान्तरण गरिएको, कैलाली कञ्चपुर बैतडीका बटा सामुदायिक वनहरुमा पर्यापर्यटन कार्यक्रम सञ्चालन गरिएको, जिल्ला वन पैदावार आपूर्ति समिति मार्फत घर निर्माण तथा मर्मतका लागि सहुलियत दरमा ४२१ घरधुरीलाई ३२५५२ घनफिट काठ वितरण, वन मुद्दामा संलग्न अभियुक्तलाई पक्राउ गरी मुद्धा दायर गरिएको, वटा उद्योग तथा आयोजना हरुको कार्यसूची बटा वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत गरिएको, वन पैदावार निकासीबाट रु करोड, ८१ लाख, ३० हजार, सय ४९ राजश्व आम्दानी गरिएको, वन क्षेत्रबाट वर्ष भित्र करिब ८६,१२४ श्रमदिन रोजगारी सिर्जना गरिएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख गरिएको

यसैगरी विदेशी पर्यटकहरुलाई जान्तरिक पर्यटकहरु सरह नै हवाई भाडा कायम गर्नका लागि सम्बाद भइरहेको, . कन्चनपुरको दैजी छेला औद्योगिक क्षेत्र निर्माणका लागि कार्य अगाडि बढिरहेको, प्रादेशिक औधोगिक क्षेत्र निर्माणका लागी छलफल भएको, अपिहिमाल आरोहण खुल्ला गर्नका लागि पहल भईरहेको वनबासा, गौरीफन्टा नाका बाई पर्यटक मैत्री बनाउनका लागि पहल भएरहेको कार्यलाई पनि मन्त्रालयले एक बर्षको कार्यकालमा राखेको