धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

गोदावरीमा थन्किए स्यानिटरी प्याड मेसिन

गोदावरीमा थन्किए स्यानिटरी प्याड मेसिन

धनगढी गोदावरी नगरपालिकाले निशुल्क रुपमा पाएको सेनेटरी प्याड तीन बर्ष देखि थन्काएर राखेको

व्यापार तथा निकास प्रवर्द्धन केन्द्रले वर्ष अघि निःशुल्क स्थानीय सरकारलाई उपलब्ध गराएको मेसिन प्रयोगमा ल्याउन नसक्दा थन्किएका हुन् स्थानीय सरकारले विद्यालयहरूमा वार्षिक लाखौं रकम खर्चेर स्यानिटरी प्याड वितरण गर्दै आएको भएपनि त्यसमा पनि आफ्नै उत्पादनलाई प्राथमिकता दिएको छैन

स्यानिटरी प्याड (वितरण तथा व्यवस्थापन) कार्यविधि २०७६ मास्थानीय तहहरूले एक आपसमा समन्वय गरी स्थानीय श्रोत, ज्ञान, सीप उद्यमशीलता प्रवर्द्धन हुने गरी स्थानीय स्तरमा नै स्यानिटरी प्याडको उत्पादन, उपभोग वितरण गर्न सक्नेछन् भन्ने उल्लेख कार्यविधि अनुसार स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा स्यानिटरी प्याड वितरण तथा व्यवस्थापन समिति रहने उल्लेख उक्त कार्यविधिमा उक्त समितिको काम, कर्तव्य स्थानीय स्तरमा स्यानिटरी प्याड उत्पादन गर्ने उद्यमीहरू सँग समन्वय सहकार्य गर्ने उल्लेख

कानूनी प्रावधान स्थानीय उत्पादनलाई प्राथमिकता दिने आफ्नै घोषणाको खिल्ली उडाउँदै हाल पालिकाले नै निशुल्क पाएको मेसिन थन्क्याएको वडा नम्बर ११ का वडा अध्यक्ष प्रेम सिह बडैलाले उत्पादित स्यानिटरी प्याडको बजार सुनिश्चितता नहुँदा थन्क्याउनु परेको बताए आउनु अगाडि नै यो मेसिन लथालिङ्ग अवस्थामा थन्किएको थियो पछि मैले दातासँग यसलाई अन्य ठाउँमा लग्ने कुरा गरेपछि सुनवाई भएन उनले भनेहामीले चलाउने हो भने यसको उत्पादन बिक्री हुने कि नहुने ? हाम्रो उत्पादन किन्ने कि नकिन्ने ?

उनले बजारको सुनिश्चितता नभएको बताएपनि उनी वडामा आएपछि मेसिन सञ्चालनमा भने आएको छैन स्थानीय कर्ण बहादुर साउदले भने मेसिन सञ्चालन गरे बजारको समस्या नहुने बताए उनले वडा कार्यालयले मेसिन सञ्चालन गर्नको लागि चासो नै नदेखाएको बताए

गोदावरी स्वास्थ्य चौकीको भवनमा राखिएको उक्त मेसिन व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले लाख ४० हजारमा खरिद गरेर २०७७ माघ १६ गते वडा कार्यालयलाई हस्तान्तरण गरेको थियो तत्कालीन वडाध्यक्ष शिव विकले सुरुमा डेढ महिना सञ्चालन भएको मेसिन कोरोना महामारीका कारण बन्द भएको बताए

गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रयाग राज जोशीले स्थानीय उत्पादनलाई प्राथमिकता दिने भनेपनि विद्यालयमा प्रतिस्र्पधाका आधारमा सेनेटेरी प्याड खरिद गरिने बताए उनले सेनेटेरी प्याड खरिदका नगरको कुनै भूमिका नहुने बताए

उनले भनेहामीले विद्यार्थी सङ्ख्याका आधारमा विद्यालयलाई रकम हस्तान्तरण गर्छौ विद्यालयले प्रतिस्पर्धाका आधारमा स्यानिटरी प्याड खरिद गर्छ स्थानीय स्तरमै रोजगारी सृजना गर्न सहयोग पुग्ने भएपनि मेसिन प्रयोग विहीन बनेपछि स्थानीयले सामाजिक सञ्जाल मार्फत पनि चर्को विरोध जनाएका छन