धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

रोजगारी दिंदै गोदावरीको काठेपुल, संरक्षण अभाव

रोजगारी दिंदै गोदावरीको काठेपुल, संरक्षण अभाव

धनगढी कैलालीको गोदावरी नदीमा रहेको जिर्ण काठेपुल आन्तरिक रोजगारको श्रोत बन्न थालेको

धार्मिक तथा पर्यटकिय क्षेत्र गोदावरी पुग्ने जोकोही पनि काठेपुलको अवलोकन गर्न पुग्छन् पुल अवलोकन गर्न जाने नागरिकको फोटो खिचाउने, विभिन्न भेष भुषाका लुगा उपलब्ध गराउने घोडामा बसेर फोटो खिचाउने गर्दछन् जसका लागि त्यहाँ स्थानीय युवाले आधुनिक क्यामरा प्रयोग गरे वाफत थोरै पैसा लग्ने गर्दछन् त्यसका अलावा विभिन्न जातजातीका परम्परागत भेष,भुषामा तयार पारिएका लुगा घोडाको पनि स्थानीयलेनै व्यवस्थापन गर्ने गरेका छन् गोदावरी पुल अवलोकन गर्न जाने पर्यटकलाई परम्परागन पहिरन लगाउन दिने, आधुनिक क्यामेराले फोटो खिचाएर उपलब्ध गराउने घोडाको सवारी गराउँदा स्थानीय युवाले पर्यटकबाट केही पैसा लन्गे गरेका छन्

घुम्न आउने छुट्टी मनाउनेहरूको रोजाइमा पर्न थालेको पुलमा दैनिक सयौं व्यक्ति आउने गरेका छन् गोदावरी पुल हेर्न फोटो तथा भिडियो बनाउन कैलाली कञ्चनपुर हुँदै देशका विभिन्न स्थानबाट समेत आगन्तुक आउने गरेका छन् शुक्रवार÷शनिवार सार्वजनिक विदाको दिन पुल हेर्न आउने आगन्तुकको भिड नै लाग्ने गरेको

गोदावरी पुल हेर्न आउनेको संख्या बढेसँगै केही स्थानीयले कमाउने अवसर समेत पाएका छन् भिडियो फोटो खिचेर मात्रै २४ जनाले दैनिक रुपमा आम्दानी गर्दै आएका छन् क्यामेरामा फोटो कैद गरेर प्रत्यक व्यक्तिले दैनिक कम्तिमा एक हजार कमाउने गरेका छन् छुट्टी परेकादिन अलि धेरै कमाईपनि हुन्छ, क्यामेरामा फोटो कैद गर्दै आएका स्थानीय सोम रानाले भने, ‘सामान्य अवस्थामा पनि एक हजार आसपास कमाई हुने गरेको उनले पुलको संरक्षणमा ध्यान दिने सो स्थानलाई आकर्षक बनाउन सके अझै धेरै व्यक्तिले रोजगारी पाउन सक्ने बताए

पुल आसपासमा पसल सञ्चालन गर्दापनि गतिलो आम्लानी हुने गरेको त्यहाँका व्यवसायी बताउँछन् पुलको किनारमा सामान्य पसल सञ्चालन गरेकिछु, व्यवसायी ममता विकले भनिन्, ‘पसलबाट किराना सामग्री संगै विभिन्न भेषभुषाका पोसाक गरगहना राखेकी छु, त्यसबाट पनि राम्रो आम्दानी हुने गरेको पोषक भाडामा दिंदा एक घण्टाको एक सय रुपैंया दिने गरेको निले बताइन्

यहाँ राम्रो आम्दानी हुने ठानेर पसल सञ्चालन गरेकिहुँ, उनले भनिन्, ‘अहिले सम्म सोचेभन्दा राम्रौ आम्दानी पनि भइरहेको , पसलमा राखिएका विभिन्न जातजाति पोसाक गरगहना लगाएको आधा घण्टाको एक सयका दरले शुल्क लिने गरेकी छु सार्वजनिक विदाको दिन भ्याइनभ्याई हुन्छ। ममताले आफ्नो पसलमा तामाङ, मगर, नेवार, थारू, गुरुङ समुदायले  लगाउने पोसाक गरगहना राखेकी छिन् उनको पसलबाट पुल हेर्न आउनेहरूले तोकिएको शुल्क तिरेर कपडा लगाउने फोटो भिडियो बनाउने गरेका छन् गोदावरी पुलमा ममता जस्तै अन्य तीन जनाले पनि पोसाकको पसलबाट राम्रो आम्दानी गरिरहेका छन्

गोदावरी पुल हेर्न आउनेहरूले फोटो भिडियो बनाउने गर्छन् आगन्तुकहरूको आवश्यकता पूरा गर्न क्यामेरा बोकेका २४ जना युवा फोटो भिडियो खिच्न दिनभर व्यस्त भएको देखिन्छन् यस्तै, करिब १० जनाले किराना नास्ता पसल चलाएका छन् भने दुई जनाले घोडचढीबाट आम्दानी गरिरहेका छन् गोदावरी पुल हेर्न आउने व्यक्ति समूहको फोटो भिडियो खिचेर दैनिक तीन÷चार हजार आम्दानी हुने गरेको अत्तरियाका युवा ललित लावडले बताए लावडले आफूजस्तै २४ जनाले पुलको कारण कमाउने अवसर पाएको बताए

गोदावरीको पुल हेर्न फोटो तथा भिडियो खिचाउन धनगढी, महेन्द्रनगर कैलालीको पूर्वी क्षेत्रबाट घुम्ने समूह बनाए आगन्तुक आउने गरेका छन् पुलमा पसल गर्दै आएकी ममता विकका अनुसार पोखरा, दाङ, सुर्खेत देशका अन्य भागबाट दैनिक मान्छे आउने गरेका छन् ममताले कैलाली जिल्लाको पूर्वी क्षेत्रबाट गोदावरी आउनेको संख्या बढी रहेको क्यामेरा व्यवसायी जीवन जैशी बताउँछन्

गोदावरी नगरपालिकाले हाल सडक विभागको स्वामित्वमा रहेको पुल आफ्नो मातहत ल्याउने प्रक्रिया थालेको सडक विभाग मातहत हुँदा पुलको संरक्षण विकासमा काम गर्न समस्या भएकाले नगरपालिकाको मातहत ल्याउने प्रयास भइरहेको वडा नम्बर का वडाअध्यक्ष हेमप्रकाश मल्लले बताए

उनले वडाको बजेटबाट पुलको दायाँबायाँ जाली लगाउने काम भएको तर थप काम गर्न बजेट व्यवस्था गर्न पुल नगरपालिका मातहत ल्याउन लागिएको बताए नगरपालिका मातहत पुल ल्याएपछि पुलको दुबैतर्फ प्रवेशद्वार, शौचालय, पिकनिक खान टहरा निर्माण तथा पुल संरक्षण सौन्दर्यकरणको काम गर्न सहज हुने अध्यक्ष मल्लको भनाई

पुलमा आउनेहरूको सुरक्षालाई ध्यानमा राखेर वडा कार्यालयबाट पुलको दुबैतर्फ जाली लगाउने काम भएको जसले गर्दा ट्रसमा बनेको पुलमा बस्न हिड्डुल गर्दा किनारबाट खस्ने जोखिम टरेको यस्तै, लायन्स क्लब धनगढीले पुलको रङ्गरोगन गरेको भने अत्तरिया युवा क्लब स्थानीय पुलमा दर्जनौं राष्ट्रिय झण्डा राखेको पुलको सामान्य मर्मतका लागि स्थानीय सामुदायिक वनले काठ उपलब्ध गराएको थियो   गोदावरी पुलमा घोडचढी समेत गर्न पाइन्छ