धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

किसान एग्रोभेटले सुदुरपश्चिममा ल्यायो  दाउन्ने प्राङगारिक मल

किसान एग्रोभेटले सुदुरपश्चिममा ल्यायो  दाउन्ने प्राङगारिक मल

धनगढी । माटोको उर्बराशक्ति कायम राख्न  किसान एग्रोभेट सेन्टरले दाउन्ने प्राङगारिक मल सुदुरपश्चिमको बजारमा ल्याएको छ ।  रासायानिक मलको बढ्दो प्रयोगले बालीको उर्बराशक्ति कम भैरहेको बेला किसान ट्रेडिङले  नेपालमै उत्पादन भएको दाउन्ने प्राङगारिक मल सुदुरपश्चिमको बजारमा ल्याएको हो ।

रासायनिक मलको बढ्दो प्रयोगले माटोको उर्बराशक्ति नाश हुदै गएको छ ।’  किसान एग्रोभेटका  प्रबन्ध निर्देशक बिष्णु राज बुर्लाकोटीले भने ‘त्यसैले माटोको उर्बराशक्ति जोगाउँदै उत्पादकत्व बढाउने दाउन्ने प्राङगारिक मल सुदुरपश्चिममा ल्याएका छौं ।’

बिगत दुई महिनादेखि सुदुरपश्चिममा उपलव्ध हुदै आएको दाउन्ने प्राङगारिक मल सुदुरपश्चिमका सबै जिल्लामा एग्रोभेटहरुमा उपलव्ध छ ।

रासायनिक मलले तत्काल उत्पादन बढाए पनि माटोको क्षति गर्ने बताउदै प्रवन्ध निर्देशक बुर्लाकोटीले  भने ‘तर प्राङगारिक मलले  माटोको उत्पादकत्व  मात्र बढाउँदैन, माटोको सुरक्षा पनि गर्छ । त्यसैले  प्राङगारिक मलको प्रयोग हितकर छ ।’

उपभोक्ताको स्वस्थ जीवनशैलीको लागि अर्गानिक खाद्य बस्तु उत्पादन गर्न प्राङगारिक मलको प्रयोग जरुरी रहेको प्रवन्ध निर्देशक बुर्लाकोटीले बताए ।

दाउन्ने  प्राङगारिक मल  चितवनमा रहेको किसान एग्रो इण्डष्ट्रिजले उत्पादन गरेको हो । आठ लाख कुखुरा पालन गरेको किसान एग्रो इण्डष्ट्रिजले  कुखुराको सुलीको प्रशोधन गरेर प्राङगारिक मल उत्पादन गरिररहेको  किसान एग्रो इण्डष्ट्रिजका सञ्चालक सुरेन्द्र नाथ रेग्मीले बताए । ‘हाम्रो फर्मममा आठ लाख कुखुरा छन् । ती कुखुराहरुबाट प्रति दिन  एक शय टन सुली निस्कन्छ ।’ रेग्मीले भने   ‘त्यतिका कुखराबाट निस्केको सुली व्यवस्थापन गर्न चुनौतीपुर्ण छ । त्यसैले सुली व्यवस्थापन गर्न  प्राङगारिक मल  उत्पादन शुरु गरेका हौं ।’

 कोभिड शुरु भएपछि अण्डा बिक्री नभएर गाड्नु पर्ने अवस्था आएपछि  सुलीबाट मल उत्पादन शुरु गरिएको रेग्मीले बताए ।

माटोलाई स्वस्थ खानेकुरा चाहिने  र माटोले खानेकुरा जैविक पद्धार्थबाट पाउने  बताउँदै प्राङगारिक कृषि बिज्ञ एवम  माडी प्राङगारिक कृषि फर्म  तथा अनुसन्धान केन्द्रका  सञ्चालक डा. भानु पोखरेल भन्छन्  ‘माटोलाई चाहिने जैविक पद्धार्थ झारपात, बनस्पति र जीवजन्तुबाट बनेका कुरामा  पाइन्छ ।’ 

रसायनिक मल आएपछि माटोको गुणस्तर घटिरहेको बताउँदै रेग्मी भन्छन्  ‘प्राङगारिक मल जैविक पद्धार्थबाट बनेकोले माटोको लागि प्राङगारिक मल अति उपयोगी छ ।’