धनगढी पोष्ट शनिबार, ०२ फागुन २०८२   February 14, 2026

कृत्रिम बुद्धिमत्ता (AI) : विद्यार्थी र शिक्षकका लागि अवसर, सहयोग र जिम्मेवारी

AI को प्रयोगसँगै केही चुनौती पनि छन्। यदि विद्यार्थीले सोच्नै नपर्ने गरी AI बाट आएको उत्तर मात्र प्रयोग गरे भने सिर्जनशीलता र आलोचनात्मक सोच कमजोर हुन सक्छ। त्यसैले शिक्षकले विद्यार्थीलाई AI बाट प्राप्त जानकारीलाई जाँच गर्ने, बुझ्ने र आफ्नै शब्दमा प्रस्तु

कृत्रिम बुद्धिमत्ता (AI) : विद्यार्थी र शिक्षकका लागि अवसर, सहयोग र जिम्मेवारी

सूचना प्रविधिको तीव्र विकाससँगै कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence – AI) आज शिक्षा क्षेत्रको महत्वपूर्ण हिस्सा बन्दै गएको छ। विद्यार्थीको सिकाइ मात्र होइन, शिक्षकको शिक्षण प्रक्रियालाई पनि AI ले नयाँ दिशा दिएको छ। सही रूपमा प्रयोग गर्न सकेमा AI ले कक्षाकोठा शिक्षणलाई सहज, प्रभावकारी रुचिकर बनाउन सक्छ।

आजका विद्यार्थीहरू AI को सहायताले कठिन विषयलाई सरल भाषामा बुझ्न सक्छन्। पाठको सार, उदाहरण, अभ्यास प्रश्न भाषा अनुवादजस्ता सुविधाले विद्यार्थीको बुझाइ गहिरो बनाएको छ। विशेष गरी अंग्रेजी जस्ता कठिन विषयमा AI ले पाठलाई सरल नेपालीमा अनुवाद गरिदिँदा विद्यार्थीले भाव अर्थ स्पष्ट रूपमा बुझ्न थालेका छन्। शब्दको meaning खोज्न सन्दर्भ अनुसार बुझ्न AI अत्यन्त उपयोगी भएको छ। यसले कमजोर विद्यार्थीलाई आत्मविश्वास दिएको भने जिज्ञासु विद्यार्थीलाई थप खोज अध्ययनतर्फ प्रेरित गरेको छ।

शिक्षकका रूपमा AI शिक्षण सामग्री तयारीमा एक प्रभावकारी सहयोगी बनेको छ। स्वयं ChatGPT Plus प्रयोग गर्दै आएको छु। यसले कक्षाकोठाका लागि सामग्री तयार गर्न धेरै सहयोग गरेको छ। प्रश्नपत्र, नोट वा पुस्तकका स्क्यान गरिएका तस्बिरलाई ठ्याक्कै शब्दमा रूपान्तरण गर्न AI अत्यन्त उपयोगी भएको छ। यसले समय बचत गर्नुका साथै सामग्रीको शुद्धता पनि कायम राख्न मद्दत गरेको छ।

त्यसैगरी, कठिन अंग्रेजी पाठलाई सरल नेपालीमा अनुवाद गर्न, वाक्यको अर्थ बुझाउन शब्दको meaning स्पष्ट गर्न AI ले छिटो सहयोग गर्छ। यी कामहरू सामान्यतया धेरै समय लाग्ने हुन्छन्, तर AI को सहयोगले शिक्षकले कक्षाकोठा शिक्षणमा बढी ध्यान दिन सक्ने वातावरण बनेको छ।

प्रस्तुतीकरण तयार गर्ने क्रममा पनि AI निकै उपयोगी देखिएको छ। लामो जटिल पाठलाई सरल वाक्य बुँदागत रूपमा रूपान्तरण गर्न AI ले तुरुन्त सहयोग गर्छ। यसले विद्यार्थीलाई बुझ्न सजिलो बनाउँछ शिक्षकलाई लामो पाठ छोट्याउने चिन्ताबाट मुक्त गर्छ। कक्षा शिक्षण यस कारण अझ स्पष्ट प्रभावकारी भएको छ।

AI को सहयोगले कक्षा शिक्षणमा quiz अभ्यास गतिविधिहरू पनि स्मार्ट बनेका छन्। विषयअनुसार प्रश्न तयार गर्न, विकल्प बनाउने विद्यार्थीको स्तरअनुसार quiz डिजाइन गर्न AI उपयोगी साबित भएको छ। यसले कक्षामा विद्यार्थीको सहभागिता बढाएको सिकाइलाई रमाइलो बनाएको छ।

समुदायिक विद्यालयमा अध्यापन गरिरहेको छु, जहाँ धेरै विद्यार्थीलाई अंग्रेजी भाषा सिक्न कठिनाइ हुन्छ। तर मेरो अनुभवले के देखाएको भने जब विद्यार्थीलाई AI प्रयोग गरेर शब्दको meaning खोज्न, वाक्य बुझ्न थप जानकारी खोज्न सिकाइन्छ, उनीहरूमा सिकाइप्रतिको रुचि बढ्छ। AI लाई डरको विषय होइन, खोज सिकाइको साधनका रूपमा प्रस्तुत गर्दा विद्यार्थीहरू सक्रिय उत्साहित देखिन्छन्।

यद्यपि AI को प्रयोगसँगै केही चुनौती पनि छन्। यदि विद्यार्थीले सोच्नै नपर्ने गरी AI बाट आएको उत्तर मात्र प्रयोग गरे भने सिर्जनशीलता आलोचनात्मक सोच कमजोर हुन सक्छ। त्यसैले शिक्षकले विद्यार्थीलाई AI बाट प्राप्त जानकारीलाई जाँच गर्ने, बुझ्ने आफ्नै शब्दमा प्रस्तुत गर्ने बानी विकास गराउनुपर्छ।

AI शिक्षकको विकल्प हो, विद्यार्थीको सोचको सट्टा काम गर्ने साधन। सही तरिकाले प्रयोग गरियो भने यसले शिक्षणसिकाइ प्रक्रियालाई गहिरो, प्रभावकारी रुचिकर बनाउन सक्छ। विशेष गरी समुदायिक विद्यालयका विद्यार्थीका लागि AI ले सिकाइमा नयाँ सम्भावना खोलेको छ। अन्ततः प्रविधि होइन, मानव विवेक, परिश्रम सही मार्गदर्शन नै शिक्षाको मूल आधार हुन्। 

               (लेखक नारायण ढकाल श्री दिपेन्द्र माध्यमिक विद्यालय, हसुलिया, कैलालीका अंग्रेजी शिक्षक हुन्। )