धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024
यातायात श्रमिकको गुनासो

सरकारले साहुलाई संरक्षण गर्यो, श्रमिकलाई हेरन

सरकारले साहुलाई संरक्षण गर्यो, श्रमिकलाई हेरन

धनगढी

      कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनपछि ६ महिना घरमै बस्न बाध्य यातायात मजदुहरु यतिवेला निक्कै समस्यामा पर्न थालेका छन् ।

 दैनिक मज्दुरी गरेर परिवा पाल्दै आएका श्रमिक ६ महिनासम्म वेरोजगार हुँदा परिवार कसरी पाल्ने भन्ने चिन्तामा पर्न थालेका छन् । सरकारले यातायात व्यवसायीलाई मौद्रिक नीति मार्फत थोरै भए पनि संरक्षण गरेको बताउने श्रमिकले आफ्ना लागि भने सरकार नै नभएको आभास हुन थालेको बताउन थालेका छन् । हाम्रा लागि यो देशमा सरकार नै रहेन छ यातायात श्रमिक मिलन विष्टले भने– ‘हुनेका लागि सरकार रहेछ भन्ने प्रष्ट भएको छ ।

 दैनिक काम गरेर परिवार पाल्ने मजदुरको अवस्था दयनिय बन्दै गएको उनले बताए । छोरा छोरी पढाउन शहरमा कोठा भाडामा लिएर बसेका श्रमिकहरु यतिवेला भोकमरीको सिकार बन्न थालेका छन् उनले भने– ‘हाम्रा लागि सरकार भएको भए, यस्तो हुने थिएन होला ।

 यातायात श्रमिक कमल विष्टले सरकारप्रति आफ्नो कुनै आसा नै नरहेको बताए । देशमा जारी लकडाउनका कारण यातायात श्रमिकहरु विचल्लीमा हुँदा सरकारले हाम्रो नाम समेत उच्चारण गरेको छैन, उनले भने– ‘अनि हामीले सरकारबाट के को आशा  गर्ने ?

  यो देशमा सरकार छ भन्ने आभाष नै हुन सकेको छैन उनले भने– ‘न त घर घरको सिंहदरवारले हे¥यो, न त काठमाण्डौंको दरवारले नै ।

  तराईमै घर भएका श्रमिक जसो तसो गरेर दैनिकी चलाई रहेका भए पनि कोठा भाडामा लगेर बसेकाहरुलाई सडकमा वास बस्नु पर्ने बाध्यता आउन थालेको उनको दुःखेसो छ ।

 भदौ २० गतेदेखी कैलालीमा जोर विजोर प्रंणालीमा यातायात सञ्चालन गर्ने निर्णयपछि जिल्ला भित्र सार्वजनिक यातायात सञ्चालन भएका छन् । तर यात्रु नै नआउँदा तेल दिन भर बस चलाएर तेल खर्च नै असुल नहुने अवस्था आएको श्रमिक उदय ऐर बताउँछन् ।

 सार्वजनिक सवारी सञ्चालन भएपछि बिहान वेलुकाको छाक टार्ने खर्च आउछ भन्ने सोचले कोरोनाको वेवास्ता गरेर बसमा काम गर्न आएको छु उनले भने– ‘तर यात्रु नहुँदा बसमा लाग्ने तेल खर्च नै असुल हुँदैन, हामीले खर्च पाउने कुरै भएन, । समस्या झनै बढ्दै छ ।

 ‘लकडाउनपछि सरकारले साहुलाई संरक्षण गरेको छ उनले भने–‘तर त्यही बसमा काम गर्ने हमीलाई वेवास्ता गरेर सरकारले श्रमिकलाई जनता नै नमानेको प्रष्ट भएको छ ।

 ‘गाडीमा काम गर्न गएपछि परिवाले पनि हामीबाट धेरै आशा गरेका हुन्छन् यातायात श्रमिक मदन बोहराले भने– ‘तर दिन भर काम गरेर खान र तेल भर्न खर्च नै पुग्दैन, अनि कसरी परिवारलाई पाल्ने । उनले गाडी नचलेको भन्दै साहुले चैतदेखि पैसा नदिएको बताए ।