धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

बसको आम्दानीले चुलो नबले पछि वैकल्पिक व्यवसाय

बसको आम्दानीले चुलो नबले पछि वैकल्पिक व्यवसाय

धनगढी,२१

 धनगढी उपमहानगरपालिका३ बोराडाँडी स्थित हाइवेई नजिकै एक जना युवा तरकारी तथा मासु वेच्न व्यस्त थिए ।

 आफु तरकारी किन्न आएका ग्राहक संग व्यस्त देखिएका ती युवाकी जीवन संगिनि अरडर अनुसारको मासु कटिङ गरेर ग्राहकलाई उपलक्ध गराउँदै थिइन् ।

 ती युवाको स्थाई पेशा तरकारी व्यवसाय भने थिएन । लामो समय देखी बस व्यवसाय गरिरहेका ती युवा विगत दुई महिना देखी तरकारी वेच्न थालेका हुन् ।

 लकडाउन खुलेर सवारी चलाउन सरकारले अनुमति दिएपनि यात्रु नआउँदा बस चलाएर तेलको पैसा समेत उठ्नै छोडेपछि यातायातका साधन थन्काएर ती युवा वैकल्पिक आए श्रोतका बाटो खोज्न बाध्य भएका हुन् ।

 ‘दशैमा एक पटक बस चलाएर काठमाण्डौं पु¥याइयोती व्यवसायी सुरेन्द्र बमले भने–‘तर तेलको मुल्य उठेन, स्टाफलाई घरबाट पैसा दिएर विदाई गरे, अनि बस थन्काएर तरकारी वेच्न सुरु गरेको छु ।

  छोटो दुरीको यातायात सञ्चालन गरेर घर बनाएको स्मरण गर्दै उनले भने–‘काठमाण्डौं चल्ने बस किनेर अझै सम्पिति जोड्ने सपना देखेको थिए, तर अहिले भएको सम्पति वेचेर बसको ऋण तिर्नुपर्ने अवस्था आएको छ ।

 उनले अहिले तरकारी तथा मासु पसल सञ्चालन गरेर परिवारको खर्च चलाउने गरेको बताए ।

 बस व्यवसायी राम पाण्डेले बसको ऋण तिर्न जग्गा वेचेर पशल सञ्चालन गरेको बताए । बस किन्न बैंकबाट लगेकोे ऋण तिर्ने कल्पना पनि गरिएको छैनउनले भने–‘बस चलाएर व्याज तिर्ने पनि नपुगेपछि भएको जग्गा वेचेर पशल सञ्चालन गरिरहेको छु, पशलबाट कमाएको रकमले वैंकको व्याज र परिवारिक खर्च चलाउँछु ।

 दशैमा २४ दिन यात्रु आउने आसले बस सञ्चालन गरेको भएपनि यात्रु नआएपछि घरमै बस थन्काउनु परेको बताए ।

 यातायात व्यवसायी राम सिंह विष्टले बस छोडेर कृषि व्यवसय अपनाएको बताए । डेढ बर्ष अघि मात्रै बस किनेर काठमाण्डौं धनगढी सेवा सुचारु गरेका उनले बैंकको ऋण तिर्न जग्गा वेच्नु परेको बताए ।

 नयाँ बर्ष देखी थप बस खरिद गरेर आमदानी बढाउने सोच बनाएको थिंएउनले भने–‘तर चैत देखी नै लकडाउन सुरु भयो, आम्दानीको अर्को श्रोत नभएपछि जग्गा वेचेर बस किन्न गाढेको ऋण तरे, अनि कृषि व्यवसाय गरेर जीविको पार्जन गर्दै छु ।

 सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम साप्कोटाका अनुसार अहिले अधिकांस वयवसायी यातायाता क्षत्रबाट विस्थापित हुन थालेका छन् ।

 उनका अनुसार अधिकांस व्यवसायी बस वेच्ने सुरमा भएपनि ग्राहक नपाएर रोकिएका छन् । अहिले बस किन्ने ग्राहक निक्कै कम भेटिन थालेका छन्उनले भने–‘ग्राहक पाए ६० प्रतिशत व्यवसायीले बस वेच्ने सोच बनाएका छन् ।

 लामो समय देखी बस घरमै थन्किदा बैंकको व्याज बढेर ऋण तिर्न नसक्ने अवस्थामा आउँदा व्यवसायी सवारी वेच्न बाध्य भएका अध्यक्ष साप्कोटा बताउँछन् ।