धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

आयात रोकिए  चिनीमा  आत्मनिर्भर बनाउँछौं :  उखु व्यवसायी

आयात रोकिए  चिनीमा  आत्मनिर्भर बनाउँछौं :  उखु व्यवसायी

धनगढी ʼ

 सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि अन्तराष्ट्रिय सीमा नाका बन्द गर्दा त्यसको फाइदा नेपाली चिनी व्यवसायीलाई भएको

 कोरोना संक्रमण अघि पनि भारतमा उत्पादन हुने चिनी आयातमा रोक लगाउन सरकारसंग माग गर्दै आएका नेपाली चिनी व्यवसायीले अब सधैका लागि भारतीय चिनी आयातमा रोक लगाइदिन सरकार संग पुनः माग गरेका छन्

 अन्य बर्ष नेपाली उद्योगिले उत्पादन गरेको चिनी कार्तिक मंसिर सम्म समेत बिक्री नहुने गरेकोमा यस बर्ष भारतबाट चिनी आयात हुन नपाउँदा नेपाली उत्पादनको चिनी असारमै खपत भएको चिनी उत्पादक उद्योगी बताउँछन्

 ʽभारतीय चिनी नेपाली चिनी भन्दा कम मुल्यमा आयात हुने सो चिनीसंग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्दा हाम्रो चिनी खपत हुन समस्या हुने गरेको थियोʼ व्यवसायी शंकर बोगटीले भने–  ʽतर यस बर्ष भारतबाट चिनी आयात नभएपछि हाम्रो उत्पादनले बजार पाएको     

 ʽअन्य बर्ष भारतबाट बैधानिक तथा अवैधानिक रुपमा चिनी आयाता हुँदा हामीलाई चिनी खपत गर्न समस्या हुँदै आएको थियो कञ्चनपुरको भागेश्वर सुगर एण्ड केमिकल्स इण्डष्ट्रिज प्रालिका सञ्चालक समेत रहेका बोगटीले भने–  ʽयस बर्ष कोरोना नियन्त्रणका लागि सरकारले अन्तरराष्ट्रिय सीमा नाका बन्द गर्दा भारतबाट चिनी आयात हुन पाएन, जसले हाम्रो उत्पादन समयमै खपत भएको

 भारतबाट चीनि आयात नभए पनि नेपाली उपभोक्ताले नेपाली चिनी नै प्रयोग गर्न थालेका उनले बताए

 उनले भारतबाट आयात हुने चिनीमा सरकारले रोक लगाए नेपाललाई चिनीमा आत्मनिर्भर बनाउन नेपाली व्यवसायी सक्षम रहेको बताए ʽसरकारले किसानलाई स्तरिय बीउ प्रबिधीमा सहगोग गर्नु पर्छ उनले भने–  ʽअनि भारतबाट आयात हुने चिनी बन्द गर्नु पर्दछ, त्यसो गरे हामी नेपाललाई चिनीमा आत्मनिर्भर बनाउन सक्छौं  

 कञ्चनपुरकै बेलौरी नगरपालिका स्थित महाकाली सुगर मिलका प्रशासन प्रबन्धक कालुसिंह ठगुन्नाले पनि भारतीय चिनी आयातमा रोक लगाए नेपाली व्यवसायी चिनीमा आत्मनिर्भर बन्न सक्ने बताउँछन् ʽअहिले सरकारले कोरोनाका लागि सीमा नाका बन्द गर्दा चिनी आयातमा रोक लागेको उनले भनेʽसरकारले यही मौकामा भारतबाट आउने चिनीमा रोक लगाउन सक्दछ, यो उत्तम समय पनि  

 ʽभारत सरकारले त्यहाँका किसानलाई उखुमा सहुलियत दिंदा त्यहाँ कम लागतमा चिनी उत्पादन हुन्छ उनले भने–  ʽत्यहाँको चिनी नेपाल आउँदा लागत कम पर्ने नेपाली व्यवसायीले भारतीय चिनीसंग प्रतिष्पर्धा गर्न नसक्ने अवस्था हुन्छ, जसका कारण हामी व्यवसायी धरासायी बन्न पुग्छौं  

 भागेश्वर सुगर मिलको बार्षिक २० लाख क्वीन्टल उखु पेल्ने क्षमता रहेको तर हालसम्म पूर्ण क्षमतामा मिल सञ्चालन गर्न उखु अभाव रहेको मिलका प्रशासकीय अधिकृत डम्मर खड्काले बताए खड्काका अनुसार भागेश्वर मिलले आर्थिक बर्ष २०७५÷०७६ मा १७ लाख हजार क्वीन्टल उखुबाट लाख ५३ हजार क्वीन्टल चिनी उत्पादन गरेको थियो भने आर्थिक बर्ष २०७६÷०७७ मा १७ लाख ६८ हजार क्विन्टल उखुबाट लाख ६५ हजार क्वीन्टल चिनी उत्पादन गरेको थियो

 महाकाली सुगर मिलको पनि बार्षिक उखु पेल्ने क्षमता २५ लाख क्वीन्टल रहेकोमा सो मिलले २० लाख क्वीन्टल उखुबाट लाख क्वीन्टल चिनी उत्पादन गरेको प्रशासन प्रबन्धक कालुसिंह ठगुन्नाले बताए

यस बर्ष कम उखु उत्पादन हुने आँकलन

सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न गरेको लकडाउनका कारण किसानले समयमा उखु लगाउन नपाउँदा यस बर्ष उखु उत्पादनमा कमी आउने भन्दै किसान चिन्तित बनेका छन्

 ʽलकडाउनका कारण खेतमा गएर काम गर्ने वातावरण बनेन  कञ्चनपुरको बेलौरी नगरपालिका का धनराज जोशीले भने–  ʽसमयमै मल पनि पाइएन, जसका कारण यस बर्ष उखु राम्रो भएको छैन, उत्पादन घट्ने पक्का  

 उखु लगाउने समयमा लकडान हुँदा शुरुमा प्रहरीले खेतमा काम गर्न नदिएको पुनर्वास नगरपालिका १० का किसान घुम्मन रानाले बताए ʽशुरुमा प्रहरीले खेतमा गएर समुहमा काम नै गर्न दिएन उनले भने–  ʽढिलो गरी बल्लतल्ल उखु लगायौं, तर समयमा मल नपाउँदा उखु राम्रो छैन

 यसबर्ष भागेश्व सुगर एण्ड केमिकल्स इण्डष्ट्रिज प्रालिले हजार सय सय बिघामा हजार सय ४३ क्वीन्टल बिउ वितरण गरेको जसबाट प्रति बिघा सय क्वीन्टल उखु उत्पादन हुने अनुमान गरिएको

 यस्तै महाकाली सुगर मिलले हजार बिघा जमिनमा हजार क्वीन्टल बीउँ विरतण गरेको जनाएको

दक्ष कामदारका लागि भारतमै निर्भर

 कोरोना संक्रमण नियन्त्रण गर्ने भन्दै सरकारले अन्तरराष्ट्रिय सीमा नाका बन्द गरेपछि हालसम्म भारतीय नागरिकलाई नेपाल आउन दिइएको छैन तर नेपाली चिनी मिलमा काम गर्ने अधिांस जनशक्ति भारतकै रहेका छन्

 यसबर्ष भारतबाट नागरिक आउन नपाउँदा दक्ष जनशक्तिको अभाव रहेको महाकाली सुगर मिलका प्रशासन प्रबन्धक कालुसिंह ठगुन्नाले बताए ʽदक्ष जनशक्ति नहुँदा यस बर्ष मिल सञ्चालन गर्न सकिएको छैन उनले भने–  ʽनेपालको पुर्वबाट जनशक्ति खोजी गर्दैछौं

 भागेश्व सुगर एण्ड केमिकल्स इण्डष्ट्रिज प्रालिका प्रशासकिय अधिकृत डम्मर खड्काले मिल सञ्चालनका लागि भारतीय जनशक्तिकै भर पर्नु पर्ने बाध्यता रहेको बताए सुदूरपश्चिममा हालसम्म चिनी मिल सञ्चालन गर्ने दक्ष जनशक्ति तयार भएको छैन उनले भने– ‘पुर्वमा जनशक्ति तयार भए पनि उतै काम पाउन थालेका छन्, टाढा आउन मान्दैनन्