धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

असल अभ्यास साटासाट र परियोजना समापन कार्यशाला सम्पन्न

परियोजनालेविद्यालयमा बाल संरक्षण नीति, शिक्षा नीति बनाउन सहयोग गरेको, विद्यालयमा विभिन्न प्रकारको सहयोग गरेको छ

असल अभ्यास साटासाट र परियोजना समापन कार्यशाला सम्पन्न

धनगढी

 सीमान्तकृत बालिकाहरुको शिक्षामा सहयोग (स्टेम टु ) परियोजना अन्तरगत भएको असल अभ्यासको अनुभव साटासाट परियोजना समापन कार्यक्रम सम्पन्न भएको युकेएडको आर्थिक सहयोगमा मर्सिकोर नेपाल बेस कैलालीद्वारा सञ्चालित सीमान्तकृत बालिकाहरुको शिक्षामा सहयोग (स्टेम ) परियोजनाबाट भएको असल अभ्यासबारे प्रदेश स्तरीय कार्यशाला गोष्ठी विहीबार धनगढीमा गरिएको हो

स्टेम टु परियोजना सन २०१७ देखि २०२० डिसेम्बर गरिएको व्याकवार्ड सोसाइटी एजुकेशन (वेस ) कैलालीका कार्यक्रम संयोजक लक्ष्मण चौधरीले जनाए सीमान्तकृत बालिकाहरुको शिक्षामा सहयोग परियोजना अन्तरगत एक उपमहानगरपालिका, नगरपालिका वटा गाउँपालिका अन्तरगतका ३० विद्यालयका हजार बालिकाहरुमा काम गरिएको उनले बताए

मर्सिकोर नेपालका फिल्ड म्यानेजर नवराज जोशीले परियोजनाले समावेशी शिक्षा संचालन गर्दै बालिकासँग्गै बालकहरुलाई पनि गरेको बताए परियोजना लागु भएको विद्यालयका छात्राहरुको गुणस्तरीय शिक्षामा पहुँच पुगेको उनले भने  ‘विद्यालयमा बालिका क्लव गठन गर्दा बालविवाह पनि घटेको

 परियोजनाले विद्यालयमा बाल संरक्षण नीति, शिक्षा नीति बनाउन सहयोग गरेको, विद्यालयमा विभिन्न प्रकारको सहयोग गरेको मर्सिकोर नेपालका फिल्ड  म्यानेजर जोशीले बताए विद्यालय बाहिर रहेको बालिकाहरुको व्यवसाय संचालन गर्ना गल्र्स ट्रान्जिसन फन्ड मार्फत करोड २० रुपिया छुटयाएर कैलालीको चार वटा सहकारीबाट प्रतिशत व्याजदरमा विना धितो व्यावसयिक ऋण दिएपछि शय ५० बालिका व्यवसाय गरिरहेको उनले बताए परियोजनाबाट प्रतिशत बहिनीहरुको सकारात्मक सोचमा परिवर्तन, ९२ प्रतिशत आत्मनिर्भर भएको, प्रतिशत कामको भर कम भएको अनुसन्धानबाट प्राप्त भएको मर्सिकोर नेपालका फिल्ड म्यानेजरले जानकारी दिए

 असल अभ्यास साटासाट परियोजना समापन कार्यक्रममा सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशका निमित्त सचिव गोविन्द पोखरेलले परियोजनाले सीमान्तकृत वर्गलाई समेटेर काम गर्नु नै राम्रो पाटो रहेको बताए  ‘सरकारको राष्ट्रिय लक्ष्य पनि सीमान्तकृत वर्गलाई सजिलै सेवा सुविधाको पहुँचमा पुगाउनु हो उनले भने ‘सीमान्तकृत बालिकाहरुको शिक्षामा सहयोग परियोजनाको सहयोगमा सीमान्तकृत बालिकाहरुको गुणस्तरीय शिक्षामा सहयोग पुगेको

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशका पुर्व उपसचिव झकंर बहादुर विष्टले परियोजनाले सिकाएको राम्रो अभ्यासलाई  नमुना बनाएर प्रदेश सरकार, स्थानीय तह अघि बढनु पर्ने बताए

 विद्यालयमा गठन भएको बालिका क्लवले बालविवाह न्यूनिकरण समेत गरेकोले यसलाई निरन्तरता दिनु पर्ने विष्टले बताए

सुदूरपश्चिम बहुउद्देश्यीय सहकारीका व्यवस्थापक रुपा जोशीले १६४ बालिकाहरुले गल्र्स ट्रान्जिसन फन्डबाट सहयोग लिई व्यवसाय गरिरहेको बताइन, भने गल्र्स ट्रान्जिसन फन्डबाट सहयोग लिई व्यवसाय गर्दा रजनी चौधरीले दैनिकी फेरिएको अनुभव सुनाइन

कार्यक्रममा थारुवान मल्टिस्किल इन्स्च्यिूटकका कार्यक्रम संयोजक दल बहादुर ओली, सामाजिक विकास कार्यालयका प्रमुख गणेश देव भट्ट लगायतले परियोजनाले गरेका कामको चर्चा गरेका थिए व्याकवार्ड सोसाइटी एजुकेशन (वेस) का कार्यकारी निर्देशक चुर्ण बहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वेस कैलालीका बाल संरक्षण अधिकृत जगदिश रानाले गरेका थिए भने स्वागत मन्तव्य बेस कैलालीका संयोजक लक्ष्मण चौधरीले गरेका थिए