कम्युनिष्ट पार्टीका आदर्श नेता पन्त

कम्युनिष्ट पार्टीका आदर्श नेता पन्त

धनगढी

नेपालका कम्युनिस्ट पार्टीहरूले आफ्नो आदर्श नेताका रुपमा मान्दै आएका भीमदत्त पन्तको आज स्मिृतति दिवस मनाइदैछ ।

२०१० साउन १७ गते गृह जिल्ला डडेल्धुरामा उनको हत्या गरिएको थियो । आफ्नो शिद्धान्तमा अडिक हुने पन्त सादा जीवन उच्च विचारका धनि थिए ।

किसानको पक्षमा लाग्ने आदर्श नेताका रुपमा परिचित भीमदत्तलाई आदर्श मान्ने कम्यूनिष्टले उनको शिद्धान्तलाई भने अनुसरण गर्नसकेका छैनन् । कम्युनिस्ट पार्टीकै नेतृत्वमा धेरै पटक सरकार बने । तत्कालीन एमाले नेतृत्वको सरकारले नै उनलाई शहिद घोषणा गरेको थियो । तर, उनका मुद्दा भने जानेकोनजाने जस्तै ग¥यो । अहिले उनको योगदानलाई दलहरूले उपेक्षा गरेको गुनासो रहँदै आएको छ ।

को थिए भीमदत्त पन्त ?

नेपाली किसान आन्दोलनका सहिद भीमदत्त पन्त डडेल्धुराको अमरगढी२ कारीगाउँमा १९८३ मंसिर १० गते जन्मिएका हुन् ।

उत्तरप्रदेश भारतको सिन्हाईबाट संस्कृत विषयमा हाइस्कुलसम्मको अध्ययन गरेका पन्तलाई गीता र माक्र्सवादको राम्रो ज्ञान थियो । यसले नै उनमा राजनीतिक चेतना बढायो । सामन्ती संस्कारविरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने व्यक्ति पनि थिए, भीमदत्त पन्त ।

पन्तले ठालु खान्ना आलु गरिब खान्ना बास्मती भन्ने नाराका साथ तमसुक च्यात, भकारी फोड अभियान चलाएका थिए । भीमदत्त पन्त नेपालको किसान आन्दोलनको गाथामा समेटिएको एउटा महत्वपूर्ण विद्रोही नाम पनि हो ।

जसको जोत, उसको पोत, किसान जिन्दावादजनताको राज जिन्दावाद, ‘कि त जोत हलो, कि त छोड थलोयदि हैन भने अब छैन भलो भन्ने नाराका साथ जोताहा किसानका पक्षमा वकालत गरेका थिए । पन्तको २०१० साउन १७ गते आलिताल गाउँपालिका४ गल्लेकमा टाउको काटी हत्या गरिएको थियो ।