धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024

तिहारमा फूल अभाव

तिहारमा फूल अभाव

धनगढी । कैलालीमा यस बर्ष तिहारका लागि फूलको अभाव देखिएको छ । लगातारको बर्षाका कारण फूलमा क्षेति भएपछि फूल अभाव भएको व्यवसायी बताउँछन् ।

स्थानीयका अनुसार बजारमा फूल अभाव देखाउँदै व्यवसायीले महंङ्गोमा फूल बेच्न थालेका छन् । धेरै ठाउँमा फूल पाइदैन, धनगढी३ की पुष्पा भट्टले भनिन्,‘पाइहालेपनि निकै महंगो मुल्य भनिरहेका छन्, घरमा पनि फूलको अभाव रहेको छ ।बर्षा अघि राम्रो फस्टाएको फूल बर्षाका कारण ओइलाएको छ,‘उनले भनिन्,‘जसका कारण दीदि बहीनीलाई माला बनाउन समस्या भएको छ । पहिला जस्तो सर्वशुलभ रुपमा कैलालीमा यो फूल पाइन छोडेको उनि बताउँछिन् ।

वर्षाका कारण फूल खेतीमा नोक्सानी भएकाले फूलको अभाव हुने देखिएको हो । कार्तिक पहिलो हप्ताको वर्षाका कारण फूल खेतीमा क्षति भएको पुष्प व्यवसायीहरुले बताएका छन् । फूल अभाव भएपछि कैलालीमा कृतिम फूलको व्यावार फस्टाएको धनगढी स्थित पुष्प व्यवसी पुष्पराज पन्तले बताए । उनका अनुसार प्राकृतिक फूल अभाव रहेको देखिएपछि भारतबाट करोडौंको कृतिक फूल भित्रिएका छन् ।

पुष्प व्यवसायी पन्तले दुई लाख लगानी गरेर लगाइएको फूल बर्षाले नष्ट गरेको बताए । दुईलाख लगानी गरेर ५ लाख सम्म आम्दानी हुन्छ भन्ने अनुमान गरिएको बताउँदै उनले बर्षाका कारण लगानी समेत नष्ट भएको बताए । रोप्ने, गोडमेल गर्नेदेखि अहिलेसम्म दुई लाख बढी खर्च लाग्यो, उनले भने,‘त्यो सबै लगानी बर्षाले बगायो, जसका कारण फूल अभाव हुनका साथै लाखौंको नोक्सानी भएको छ । वर्षाका कारण आफुले डेढ बिघाह जमिनमा लगाएको फुलका बोट औलाएको उनले बताए ।

गत वर्ष कोरोना महामारीका कारण त्यति फूल खेती गर्न नपाइएको र यस बर्ष बर्षाका कारण फूल खेती नष्ट हुँदा व्यवसायनै छोड्नेपर्ने अवस्थामा पुगेको उनि बताउँछन् । अवत फूलको वीउँ कसरी संरक्षण गर्ने भन्ने पिरलो परेको छ, उनले भने,‘दुई बर्ष सम्म घाटा खाएपछि व्यवसायमा टिक्न सक्ने अवस्था पनि रहेन ।

धनगढी२ का फूल व्यवसायी चन्द्रबहादुर नेपालीले बाढीका कारण फूल नष्ट भएपछि कृतिाम फूल र कृतिम फूलले बनाएका माला वेच्न थालेको बताए । बिउ नपाउँदा भनेजति फूल खेती गर्नै पाइएको थिएन, उनले भने,‘लगाएको खेति पनि बर्षाले नष्ट गरेपछि कृतिम फूलको कारोवार गर्न थालेको छु । दुई बर्ष लगातार फुल व्यवसायमा नोक्सानी व्यहोर्नुपरेको उनले बताए ।  पोहोर कोरोनाले नोक्सान गर्यो, उनले भने,‘यस बर्ष फूलेर तयार भएको फूल  वर्षाले नोक्सान गर्यो, निक्सानीको त कुरै छोडौं । यस बर्ष ५ कठ्ठा जमिनमा फूल खेति गरिएको उनले बताए ।

फूल नभएपछि आफ्ना नियमित ग्राहकलाई फर्काउनु परेको उनको दुःखेसो छ । ग्राहकहरु फूलका लागि घरमै पुग्न थालेका छन्, उनले भने,‘तर बारीमा फूल छैन, ग्राहकलाई रित्तै फर्काउनु पर्दा मन भारी हुन थालेको छ । बर्षाले बचेको फूल बाट माला बनाएर ग्राहकलाई प्रति माला एक सय ५० देखी २ सय ५० सम्म विक्रि गर्ने गरेको उनले बताए ।

दुई वर्षदेखि फूल खेती गर्न नसके पनि फूल व्यवसायीले उब्जनी कर तिरिरहनुपरेको उनको दुःखेसो छ । लगातार व्यवसायमा घाटा व्यहोर्नुपरिरहेको छ, उनले भने,‘तर फूल व्यवसायी तर्फ सरकारको ध्याननै गएको छैन, हामी धमाधम कर तिरिरहेका छौं ।

फूल व्यवसायी पुष्पराज पन्तका अनुसार अहिले भारतले फूल निर्यातमा रोक लगाएको छ । जसका कारण भारतबाट समेत प्राकृतिक फूल आउन नसकेको उनले बताए । भारतबाट पनि फूल आउन सकेको छैन, उनले भने, कृतिम फूलको व्यापार बढेको छ । प्राकृतिक फूल खोज्ने ग्राहक महंगीको मारमा पर्ने निश्चित छ ।