धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

आयुर्वेद तथा योग शिक्षा विना स्वस्थ रहन सकिदै : महाँनिर्देशक

आयुर्वेद तथा योग शिक्षा विना स्वस्थ रहन सकिदै : महाँनिर्देशक

धनगढी । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महाँनिर्देशक डाक्टर वासुदेव उपाध्यायले आयुर्वेद तथा योग प्रणाली नअपनाउँदा सम्म रोगबाट मुक्तहुन नसकिने भन्दै सवैलाई योग गर्न आग्रह गरेका छन् ।

अस्पताल खोलेर रोग निर्मुल हुदैन, महाँनिर्देशक उपाध्यायले भने,‘मानिस स्वस्थ हुन योग गर्नु अपरिहार्य छ, योग संगै आयुवेर्दिक औषधी पद्धति अपनाउनु त्यतिकै आवश्यक देखिन्छ । पछिल्लो पिढिका बालबालिका घर बाहिर ननिस्कने र मोबाइलमा बढी ध्यान दिने गरेको भन्दै उनले ती बालबालिकाको स्वास्थ्य झनै रोगि हुने बताए । व्यायमको कमि संगै अल्छिपना बढ्दै जाँदा नेपालमा दिर्घ रोगिको संख्या बढिरहेको छ, उनले भने,‘अहिलेका बालबालिका झनै अल्छि भएका छन्, उनिहरुलाई समयमै सुधार्न नसके भविश्यमा नेपालका सवै नागरिक दिर्घ रोगि बन्ने खतरा बढेको छ ।

उनले बालबालिकालाई डिप्रेसन बाट मुक्त गराउनु पर्ने बताए । ‘शारीरिक आलस्यता बढ्दा अहिले धेरै मानिस डिप्रेसनेको सिकार भइरहेका छन्, उनले भने,‘डिप्रेसनका कारण आत्महत्याको दर बढीरहेको छ, त्यो सवै योगको कमिहो ।

महाँनिर्देशक उपाध्यायले बालबालिकालाई अल्छिपनाबाट बाहिर ल्याउन र फुर्तिलो बनाउन विद्यालय स्तरमै योग शिक्षा सञ्चालन गरिनु पर्नेमा जोड दिएका छन् । शुक्रबार धनगढीमा आयोजित विद्यालय आयुर्वेद तथा योग शिक्षा सम्बन्धी तीन दिने कार्यक्रम उद्घाटन गर्दै उनले तल्लो कक्षा देखिनै विद्यार्थीलाई योग शिक्षा शिकाउनु अहिलेको आवश्यकता भएको बताए । विद्यार्थीलाई योग शिक्षा शिकाउँदा उसले परिवार र समुदायमा पनि त्यो ज्ञान बाड्न सक्ने उनको भनाई छ ।

योग संगै याुवेदिक शिक्षाबारेमा पनि तल्लो कक्षा देखिनै विद्यार्थीलाई ज्ञान दिनुपर्नेमा उनले जोड दिएका छन् । परम्परागत आयुवेर्दिक औषधी प्रणाली अहिलेको वैज्ञानिक औषधी प्रणाली भन्दा धेरै प्रभावकारी रहेको हुँदा अव आयुवेर्दिक औषधी प्रणालीको संरक्षण गर्दैै औषधीमा गरिने खर्च घटाउनुपर्ने उनले बताए ।

सुदूरपश्चिम स्वास्थ्य तालिम केन्द्रमा प्रमुख तथा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रबक्ता नरेन्द्र सिंह कार्कीले योग शिक्षा र आयुवेदिक चिकित्सा प्रणालीलाई सवै सरकारले संरक्षण गर्नु पर्ने बताए । हाम्रै घर वरिपरि धेरै औषधी गुण भएका जडिबुडी हुन्छन्, उनले भने,‘तर नितको प्रयोग हुन सकेको छैन, सवै सरकारले ती जडिबुटीको संरक्षण  र प्रयोग गर्ने कार्यक्रम ल्याउनु आवश्यक छ । उनले   नसर्ने रोग न्यनीकरण गर्ने एकमात्र उपाए योग शिक्षा र आयुवेर्दिक औषधी प्रणाली भएको बताए ।

प्रदेश आयुर्वेद स्वास्थ्य निर्देक डाक्टर खगेन्द्र बमका अनुसार विद्यालय स्तरबाटनै योग शिक्षा र आयुवेर्दिक औषधी पद्धतिको संरक्षण गरिनुपर्छ भन्ने उद्देश्यका साथ सुदूरपश्चिमका ४ जिल्ला बाट १० वटा विद्यालयका शिक्षकलाई पहिलो चरणमा तालिम प्रदान गर्न थालिएको छ । तालिम पछि १९ वटा विषय सूचि भएको पाठ्य पुस्तक ती विद्यालयलाई उपलब्ध गराइने छ ।

तालिम पाएका विद्यालयले आफ्नो आन्तरिक व्यवस्थापनका अधारमा विद्यार्थीलाई आयुर्वेदिक तथा योग शिक्षा सम्बन्धी ज्ञान दिनु पर्ने छ ।