गहुँ छर्नेवेलामा रासायनिक मलको चरम अभाव

गहुँ छर्नेवेलामा रासायनिक मलको चरम अभाव
मल नभएपछि सुनसान धनगढी स्थित कृषि सामाग्री केन्द्र लिमिटेडको कार्यालय

धनगढी । हिउँदे वाली गहुँ लगाउने समय सुरु हुँदा कैलालीमा रासायनिक मलको चरम अभाव भएको छ ।

मलखाद विक्रेता साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामाग्री केन्द्र लिमिटेडका अनुसार अहिले डिएपिको मौज्दात शुन्य रहेको छ । तत्काल मल आउने सम्भावना समेत नरहेको दुवै संस्थानले जनाएका छन् ।

गुहँका लागि आवश्यक पर्ने डिएपि अभाव हुँदा वेमौसमी बर्षाका कारण धानवालीमा नोक्सानी हुँदा दुःखी बनेका किसान झनै दुःखी बनेका छन् ।

हिउँदे वाली लगाउन आवश्यक पर्ने रासायनिक मल डियपि नपाएपछि किसानलाई गहु लगाउन समेत ढिलाई भएको छ । खेत जोतेर गहुँछर्न तयार पारिएइको छ, धनगढी११ का किसान भवराज मिश्रले भने,‘तर रासायनिम कल नपाउँदा गहुँ छर्न ढिलाई भइरहेको छ । रासायनिक मलका लागि हरेक दिन सहकारी संस्था धाउने गरेको उनि बताउँछन् ।

सहकारी पुग्दा सधै एक÷दुई दिनमा मल आउँछ भन्ने प्रतिक्रिया आउने गरेको छ, उनले भने,‘एक महिना देखी कर्मचारीले एक दुई दिन भन्दै फकाउने गरेका छन्, मल भने पाइएको छैन । बर्षाले धानवालीमा क्षेति पु¥याएको दुःखेसो गर्दै उनले रासायनिक मल नपाउँदा गहुँवाली लगाउन समेत ढिलाई भएको बताए । रासायनिक मल नपाउँमा लाही भने त्यसै छरेको उनि बताउँछन् ।

धनगढी३ का किसान कृष्न ढुंगालले पनि रासायनिक मल डिएपि नपाउँदा गहुँवाली लगाउन ढिलाई भएको बताए । सरकारी अनुदान प्राप्त मल आएपछि गहुँवाली लगाउने भनेर किसान बसेको बताउँदै उनले मलनै नपाउँदा समस्या भएको बताए । बिहीरिबाट किनेको मल राम्रो हुँदैन, उनले भने,‘सरकारले निदे मलका लागि पर्खेर बसेको गहुँ लगाउन ढिलाई भइसक्यो, किसान निरास बनेका छौं । रासायनिक मलका लागि सहकारी संस्था धाउँदा डियपि छैन यूरिया लैजाउ भन्ने जवाफ आउने गरेको ढुंगालले बताए । किसानलाई डिएपि चाहिएको छ, उनले भने,‘तर सहकारी संस्थाले यूरिया लैजाउ भन्दै किसानलाई जवाफ दिने गरेका छन्, अहिले यूरिया किसानलाई चाहिएकै छैन ।

बर्षाका कारण धानमा क्षेति भोगेका किसानलाई मल नदिएर सरकारले भनै पिडा दिएको धनगढी३ कै किसान देवबहादुर विष्टले बताए । धानको क्षेतिपुर्ति दिने त आसानै छैन, विष्टले भने,‘रासायनिक मल पनि नदिएर सरकारले किसानलाई पिडामाथी पिडा थपिदिएको छ, मल नपाउँदा गहुँ छर्न ढिलाई भइरहेको छ । उनले अघिल्लो बर्ष पसलबाट डिएपि किनेर हाल्दा त्यसले काम नगरेको बताए । अघिल्लो बर्ष पसलबाट किनेर डिएपि छरेको थिएं उनले भने,‘त्यो मल ढुंगा जस्तै भयो, जस्का कारण गहुँ राम्रो भएन ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका शाखा अधिकृत रामचन्द्र जोशीले ठेक्का लगाउन ढिलाई हुँदा यस बर्ष ढिला गरी रासायनिक मल डिएपि आउने बताए । अन्तराष्ट्रिय मुल्य वृद्धि हुदा मुल्य समायोज गर्नुपरेको र त्यसले ठेक्का लगाउन ढिलाई भई नेपालमा मल नभित्रिएको उनले बताए ।

अहिले यूरिया मात्रै रहेको बताउँदै उनले मंसिर पहिलो साता सम्म डिएपि आउन सक्ने बताए । साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड मार्फत सुदूरपश्चिम प्रदेश सरकारले सुपर नामक रासायनिक मलमा अनुदान दिएर विक्रि वितरण गर्दै आएको थियो । तर अहिले सुपर मल पनि सकिएको शाखा अधिकृत जोशीले बताए । अहिले यूरिया बाहेक कुनैपनि मल आइपुगेको छैन, उनले भने,‘मंसिर सम्म डिएपि पुग्न सक्दछ । उनले मंसिर पहिलो साता सम्म गुहुँ लगाउन उपयुक्त समय हुनेभएपनि किसान आक्तिएका बताए ।

यसैगरी रासायनिक मल विक्रेता अर्को संस्था कृषि सामाग्री केन्द्र लिमिडेडमा पनि अहिले ढिएपिको मौज्दान शुन्य छ । लिमिटेडका लेखापाल रुपबहादुर कुँवरका अनुसार असोज देखीनै डिएपि मलको मौजदात सकिएको हो । अहिले मल लिन आउने सहकारी संस्थालाई रित्तै फर्काइने गरिएको उनले बताए ।

यूरिया मौज्दात भएपनि अहिले कसैले लग्दैनन्, लेखापाल कुँवरले भने,‘डिएपि आएको छैन, सहकारी संस्थालाई खालि हात फर्काउनु परिरहेको छ । उनले मंसिर अन्तिम सम्म डिएपि आएपुग्ने आस्वासन आएको बताए । केही किसानले भने हिउँदे वालीका लागि बर्षातम मल लगेको उनि बताउँछन् ।

सुदूरपश्चिम प्रदेशका लागि बर्षेनी ३६ हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने गरेकोमा हिउँदेवालीका लागि डिएपि मात्रै १० हजार मेट्रिक टन  आवश्यक पर्ने गरेको छ ।