धनगढी पोष्ट शुक्रबार, १६ कार्तिक २०८१   November 1, 2024
दलित महिलाको सहभागिता सुनिश्चितताका लागि अडान पत्र

स्थानीय निर्वाचनमा दलित महिलाको सहभागिता बढाउने दलहरुको प्रतिबद्धता

स्थानीय निर्वाचनमा दलित महिलाको सहभागिता बढाउने दलहरुको प्रतिबद्धता

धनगढी ।  आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा दलित महिलाको अर्थपुर्ण सहभागिता सुनिश्चितताका लागि दलित महिला संघ फेडोले अडान पत्र जारी गरेको बिहीबार धनगढीमा आयोजित स्थानीय निर्वाचनमा दलित महिलाको अर्थपुर्ण सहभागिता सुनिश्चितताका लागि सरोकारवाला निकाय संग गरिएको वृहत संवाद कार्यक्रममा फेडोकी केन्द्रिय अध्यक्ष कला स्वर्णकारले अडानपत्र वाचन गर्दै सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामीला तथा कानून मन्त्री पूर्णा जोशीलाई बुझाएकिहुन्

अडान पत्र बुझ्दै मन्त्री जोशीले सामाजिक विभेद अन्त्यका लागि दलित महिलाको अर्थपुर्ण सहभागिता अपरिहार्य रहेको बताइन् सुदूरपश्चिममा दलित महिलालाहरुलाई राजनीतिक नेतृत्वमा ल्याउने गरी दलित सशक्तिकरण विधेयक प्रदेशसभामा पेश गरिएको बताउँदै मन्त्री जोशीले सो विधेयक प्रदेशसभाबाट पाश भएपछि पछाडी पारिएका दलित समुदाय दलित महिलाको अवस्थामा परिवर्तन आउने बताइन्

मन्त्री जोशीले सामाजिक दुष्टिमा परिवर्तन नभई छुवाछुत अन्त्य हुन नसक्ने बताइन् नेपालमा जातीय छुवाछुत गरे कडा कारवाही हुने व्यवस्था संविधानलेनै सुनिश्चित गरेको , मन्त्री जोशीले भनिन्, ‘तर पनि जातीय छुवाछुतको अन्त्य हुन सकेको छैन, छुवाछुत अन्त्य गर्न कानून भन्दा पनि सामाजिक सोच परिवर्तन गर्ने खालका कार्यक्रम सञ्चालन गर्नु अपरिहार्य देखिन्छ कार्यक्रममा बोल्दै एकिकृत समाजबादी पार्टी सुदूरपश्चिम प्रदेशसभाकि प्रमुख सचेतक दुर्गाकुमारी बिकले निर्णयक तहमा रहेका गैरदलित समुदाय छुवाछुत अन्त्यका सवालमा जिम्मेवार नहुँदा समस्या भएको बताइन्

बाहिर जेजति बोलेपनि दलित समुदायलाई अधिकार दिने सवालमा निर्णय गर्नुपर्दा गैर दलितले आनाकानी गर्नेगरेको उनको आरोप हामीले प्रदेशमा दलित सशक्तिकरण विधेयक ल्याउने थालेको एक बर्ष बढी भइसक्यो, उनले भनिन्, ‘त्यसका बुदामा छलफल गर्दा गैर दलित सांसदले अधिकार कटौती गर्ने दुस्साहस गरे, बाहिर चिल्ला भाषण गर्नेहरु विधेयक निर्माण गर्दा भने धेरै कञ्जुस देखिनुले उनिहरु दलित समुदायको पक्षमा छैनन् भन्ने प्रष्ट हुन्छ

प्रदेशसभा सदस्य टेकबहादुर रैकाले प्रदेशसभामा दलित प्रदेशसभा सदस्यको संख्या न्यून हुँदा काम गर्न समस्या भएको गुनासो गरे हामीले दलित समुदायको पक्षमा केही काम गर्न खोजे गैर दलित सांसदले त्यसलाई पुरा हुनै नदिने अवस्था बन्छ, उनले भने, ‘त्यसै कारण दलित सशक्तिकरण विधेयक पनि यति सम्म लम्बिएको

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस कैलालीका सचिव निर्प सुनारले यस अघि दलित कोटाबाट महिला सदस्य बनेका जनप्रतिनीधिलाई नेतृत्वमा दावी गर्न सुझाव दिए दलित महिला सदस्यमा निर्वाचित जनप्रतिनीधिले यो बर्षको अवधिमा धेरै कुरा सिकिसकेका छन्, उनले भने, ‘अव उनिहरुले नेतृत्वमा दावि गर्नु पर्दछ, कांग्रेसबाट निर्वाचित दलित महिला जनप्रतिनीधिले त्यसतो दावि गरेमा पुर्ण समर्थन गर्ने छु फेडोले जारी गरेको अडान पत्रका बुदालाई कांग्रेसले आगामी निर्वाचनका वेला आफ्नो घोषणापत्रमा समावेस गर्ने उनले प्रतिबद्धता व्यक्त गरे

नेकपा एमाले कैलाली जिल्ला सदस्य चुडामडी भट्टले दलित महिलाका सवमालमा एमाले सधै सकारात्मक रहेको बताए उनले अधिकारका सवालमा मसिहलालाई एमालले पहिलो प्राथमिकतामा राख्दै आएको स्मरण गर्दै आगामी निर्वाचनमा पनि बढी भन्दा बढी महिला दलित महिलालाई नेतृत्वमा ल्याइने बताए फेडोले अघि सारेको अडानपत्रलाई एमालेको चुनावि घोषापत्रमा समावेस गर्ने उनको प्रतिबद्धता रहेको

थियो

नेकपा माओबादी केन्द्रका सुदूरपश्चिम प्रदेश सदस्य तथा सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष निर्मल शाहले दलित महिला लगायत समग्र पिछडिएका वर्गलाई अघि सार्न माओबादीले अग्रणी भुमिका खेलेको स्मरण गर्दै आगामी दिनमा पनि पछाडी पारिएका वर्गलाई माथी उकास्न अग्रणी भुमीका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे माओबादी केन्द्रले गरेको संघर्षका कारण नै स्थानीय तहको निर्वाचनमा दलित महिला तथा महिलाको स्थान सुरक्षित भएको बताउँदै उनले अव बढी भन्दा बढी महिला नेतृत्व तहमा ल्याउन आफ्नो पार्टीले योजना बनाइरहेको बताए

कार्यक्रममा फेडोकी केन्द्रिय संस्थापक अध्यक्ष दुर्गा सोपले महिलामा देश हाक्ने क्षमता हुँदाहुँदैपनि पुरुषका कारण पछि पर्नुपरेको बताइन् अधिकार माग्दा हामीले भिख मागे जस्तो गनुर्् परिरहेको ,  सोपले भनिन्, ‘सवै राजनीतिक दलमा महिलालाई अधिकार दिन कञ्जुस्याई भइरहेको , अव महिला आफै जागरुक नभई केही हुनेवाला छैन उनले एन, कानून निर्माण गरेर मात्रै नहुने भन्दै महिला दलितका सवालमा समाजको दृष्टि परिवर्तन हुनु पर्नेमा जोड दिइन् नेपाल छुवाछुत मुत्त भएको झण्डै दुई दशक हुन थालेको , उनले भनिन्, ‘तर पनि छुवाछुत विभेद ज्युका त्युछ, अव कानून निर्माण भन्दा पनि सामाजिक सोचमा परिवर्तन ल्याउने कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ

कार्यक्रममा आफ्ना सुझाव राख्दै धनगढी उपमहानगरपालिका की वडा सदस्य राधा बिकले बर्ष वडा सदस्य भएर काम गरेका महिलालाई आगामी निर्वाचनका वेला अध्यक्षमा उठ्न दिने वातावरण निर्माण गर्नु पर्ने बताइन् धेरै महिला सदस्यबाट माथील्लो पदमा उम्मेदवार बन्न चाहिरहेका छन्, उनले भनिन्, ‘तर पुरुषको दवावका कारण उनिहरु दविनु पर्ने स्थिती आइरहेको , त्यसैले इच्छा भएका महिलालाई अघि बढ्ने वातावरण दलहरुले निर्माण गर्नु पर्दछ धनगढी१२ की प्रेमकला सोपले चुनावमा भोट हाल्नका लागि मात्रै राजनीतिक दलहरुले महिलालाई सदस्यता दिने गरेको आरोप लगाइन्

चुनावी प्रचारप्रसार गर्नेवेला महिलालाई अघि सार्ने राजनीतिक दलहरुले चुनाव पछि महिलालाई अघि बढ्न दिदैनन्, उनले भनिन्, ‘दलहरुको यस्तो प्रयोग मात्रै गर्ने प्रवृतिका कारण महिला पछि परिरहेका छन् फेडो कैलालीकी अध्यक्ष सविना सुनारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सञ्चालन फेडो कैलालीकी समित अम्बिका ताम्राकारले गरेकि थिइन्