धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

रिकोभरद्वारा कैलारी गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न

रिकोभरद्वारा कैलारी गाउँपालिकामा सार्वजनिक सुनुवाई सम्पन्न

धनगढी कोभिड१९ बाट प्रभावित समुदायका लागि पुनोरुत्थान परियोजना (रिकोभर) को प्रगति तथा सार्वजनिक सुनुवाई कार्यक्रम कैलारी गाउँपालिका मा सम्पन्न भएको

कोभिड१९ बाट प्रभावित नागरिकको पुनोरुत्थानसंगै स्वास्थ्य संस्थालाई सवल बनाउने उद्देश्यले लुथरन वल्र्ड रिलिफको सहयोगमा  बेस कैलालीले रिकोभर परियोजना सञ्चालन गरिरहेको

कार्यक्रमको प्रगति विवरण प्रस्तुत गर्दै रिकोभर परियोजना संयोजक लक्ष्मण चौधरीले कैलालरी मा आप्रवासीहरुका लागि हेल्प डेस्क स्थापना गरिएको, स्वरोजगारका लागि तरकारीको बीउ वितरण गरिएको, कैलालरी गाउँपालिका , , नम्बर वडाका सय घरधुरीमा पुनरोउत्थान कार्यक्रम सञ्चालन गरिएको बताए

यसैगरी कैलारी गाउँपालिका अन्तरगतका बर्थिङ सेन्टर तथा स्थास्थ्य चौकीहरुमा कार्डिक मोनिटर, प्रिलाईट, वेवि वईटिङ मेसिन, टुइन वन वइटिङ स्केल, डिजिटल थर्मामिटर, डेलिभरी सेट, इलेक्ट्रिक जग, फुट स्टेप, ड्रम लार्ज, डेलिभरी सेट, हिटर, आइएलआर रेफ्रि जेरेटर प्रदान गरिएको परियोजना इन्चार्ज चौधरीले बताए १० महिना (अक्टोबर २०२१ देखि जुन २०२२ ) सम्म सञ्चालन भएको परियोजनाको उद्देश्य कोभिड १९ जस्ता महमारी तथा भविष्यमा आउन सक्ने महामारीबाट बच्न स्वास्थ्य संस्थालाई मजबुत बनाउने   प्रभावित समुदायको जीविकोपार्जनमा सहयोग पु¥याउनु रहेको उनले बताए

परियोजना अन्तरगत कैलारीका सय ७४ जना कृषकहरुलाई सात प्रकारको कृषि वीउ विजन, भिटामिन, किटनाशक औषधि तथा फुल लगाउने औषधी हजारी स्प्रे टयांकी वितरण गरिएको उनले बताए

यसैगरी सय जना अति विपन्न परिवारको स्वास्थ्य बीमा गरिएको, ३६ जना सुनौलो हजार दिनका आमाहरुलाई पोषण वितरण गरिएको   संयोजक चौधरीका अनुसार रिकोभर परियोजना सञ्चालन पछि ५० जना आप्रवासीहरुलाई ९३० वटा बाख्रा, वटा बंगुर जनालाई प्लम्बर तालिम, जनालाई इलेक्ट्रिक मोटर, ३४ लिटर डिजेल सहयोग, किराना पशल सञ्चालन, जनालाई फाष्टफुड व्यवसाय सञ्चालन गर्न सहयोग तथा जनालाई  चल्ला सहयोग गरिएको जनाइएको

सार्वजनिक सुनुवाई कार्यक्रममा लाभान्वित मध्यका धनगढी का करन विकले परियोजना पुनः सञ्चालन गर्न आग्रह गरे उनले बेरोजगार युवालाई शिपमुलक तालिममा प्रेरित गर्ने कार्यक्रम ल्याउन सके स्वरोजगारीमा सहयोग पुग्ने बताए रिकोभर परियोजनाले साच्चै समस्यामा परेका नागरिकलाई निस्वार्थ सहयोग गरेको , उनले भने, ‘यो परियोजना पुनः सञ्चालन गरेर युवालाई स्वरोजगार बनाउनका लागि सहयोग गर्न आग्रह गर्दछु

उनले तरकारीको वीउ किन्न नसक्ने परिवारलाई बीउ वितरण गरेरपछि उनिहरु तरकारी व्यवसायी बनेका बताए

त्यसैगरी आर्थिक रुपमा कम्जोर परिवाररलाई स्वास्थ्य वीमामा आवद्ध गराउँदा ती परिवारलाई स्वास्थ्य उपचारमा सहज भएको उनको भनाई

सोही ठाउँकी स्थानीय कमला चौधरीले तरकारीको वीउ धेरै राम्रो पाइएको भन्दै खुशी व्यक्त गरिन् तर तरकारीका लागि बजार नहुँदा बेच्न धेरै समस्या भएको बताउँदै उनले बजारिकरणमा सहयोग पु¥याउन आग्रह गरिन्

कार्यक्रममा कैलारी गाउँपालिकाका स्वास्थ्य संयोजक बिरेन्द्र सापकोटाले नगरको स्वास्थ्य सुधारमा रिकोभरको ठुलो योगदान रहेको बताइए महिना मात्रै आफ्नो पालिकामा सञ्चालन भएको रिकोभरले कोरोना नियन्त्रण संगै कोरोना भ्याक्सिन लगाउन बुष्टरडोज लगाउनमा उल्लेखनिय सहयोग गरेको उनले बताए छोटो समयमा रिकोभरले नगर स्वास्थ्य सुधारका लागि नमुना काम गरेको , इन्चार्ज बोहराले भने, ‘आगामी दिनमा पनि यस्तै सहयोग पाइनेछ भन्नेमा आशाबादी छौं

कार्यक्रम समापन गर्दै कैलालरी का वडा अध्यक्ष ठागुराम चौधरीले आफ्नो वडालाई छनौट गरी नागरिकको पनरोत्थान स्वास्थ्य संस्थामा लगानी गरेको भन्दै रिकोभरलाई धन्वयाद दिए उनले स्वास्थ्य वीमा कार्यक्रम गरेर नागरिकलाई उपचार सेवामा धेरै सहज बनाएको भन्दै संस्थालाई धन्यवाद दिए सरकारले गर्नुपर्ने काम रिकोभर परियोजनाले गरेको , उनले भने, ‘यसले नागरिकलाई धेरैनै सहज भएको , यस्ता कार्यक्रमलाई थप गर्न सके धेरै प्रभावकारी हुने थियो

कार्यक्रम सञ्चालन रिकोभर परियोजनाकी हेल्थ टेक्निसियन दिपा वमले सञ्चालन गरेकी थिइन्