धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

चाडवाड नजिकिदा क्षमता भन्दा बढी यात्रु

चाडवाड नजिकिदा क्षमता भन्दा बढी यात्रु

धनगढी चाडवाड नजिकिन थालेपछि सार्वजनिक सवारीले क्षमता भन्दा बढी यात्रु बोक्न थालेका छन्

चाडवाड नजिकिदै गर्दा विभिन्न कारणले परिवार भन्दा बाहिर रहेका नागरिक घर जान थालेका छन् घर जाने यात्रुको संख्या बढेसंगै सार्वजनिक सवारी चालक भने सवारीको क्षत्रता भन्दा बढी यात्रु बोक्न थालेका हुन् सार्वजनिक यातायातमा क्षमता भन्दा बढी यात्रु बोक्नेक्रम बढेपनि ट्राफिक प्रहरी भने त्यसबारेमा जानकार नै नरहेको पाइएको

अत्तरिया बसपार्कमै छतमा मान्छे राखेर यातायात व्यवसायीले आसार्ने काम गरिरहेका छन्, अत्तरियाका ठेला व्यवसायी राजेन्द्र जैशीले भने, ‘तर ट्राफिक प्रहरीले तीनलाई रोक्नुको सट्टा जरिवाना काटेर छोडिदिने गरेको , यसले सवारी दुर्घटनाको जोखिम बढाएको

सार्वजनिक यातायातका साधनले बढी यात्रु बोक्दा प्रैहरीले ठाउँठाउँमा जरिवाना काटेर छोड्ने गरेको डोटीका स्थानीय नन्दलाल ऐर बताउँछन् छतमा यात्रु हुँदा नियमले यात्रुलाई झारेर सवारी धनीलाई कारवाही गर्नुपर्ने हो, उनले भने, ‘तर प्रहरीले भने यात्रु झार्नुको सट्टा जरिवाना तिराएर छोडिदिने गरेको , जरिवाना तिराउँदैमा दुर्घटा रोकने हैन

प्रहरीले अत्तरिया देखि ठाउँठाउँमा सवारी चेकिङ गर्ने गरेकोमा कतै जरिवाना तिराउने कतै त्यतिकै छोडिदिने गरेको उनले बताए अत्तरियादेखि केही पर गोदावरी, गोदावरीबाट खानीडांडा, सहजपुर, फल्टुडे, बुडर, गैरा, भात्काँडा स्याउले गरी विभिन्न ठाउँमा ट्राफिक प्रहरीले सवारी चेकजाँच गर्ने गरेको उनले बताए

लगातार वर्षाले धेरै ठाउंमा पहिरोले सडक साँघुरो भएको , तर निर्बाध रूपमा सवारीसाधन भने मापदण्ड विपरीत क्षमताभन्दा निकै बढी यात्रु सामान बोकेर राजमार्गमा गुडेको सहजै देख्न सकिन्छ

पहाडी रुटमा चल्ने साना ठूला यातायातका साधनको अवस्था चाडवाड आउँदा हरेक बर्ष यस्तै हुने गरेको अछाम, बझाङ, बाजुरा दार्चुला जस्ता दुर्गममा चल्ने यातायातका साधनको झन् बिजोग डडेलधुरासम्म राजमार्गको अवस्था तुलनात्मक रूपमा ठीक भए पनि त्यसभन्दा माथि सडक जीर्ण अवस्थामा छन्, बसचालक बिरेन्द्र विष्टले भने, ‘चाडबाडको कमाउने समयमा झन् बढी जोखिम हुने गरेको उनका अनुसार ठाउँठाउँमा ट्राफिक प्रहरी पोस्ट भए पनिसेटिङका कारण कहींकतै पनि मापदण्डविपरीत चलाइएका साधनमाथि कारबाही भएको भेटिदैन

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक दिपेन्द्र पालले भने यसरी यातायातका सधान नचलेको दावी गरेका छन् उनले चाडवाडबाहेकको समयमा पनि पहाडी रुटमा सञ्चालनमा रहेका सवारी चालक, सवारीधनीदेखि सम्बद्ध यातायात संस्थाका पदाधिकारीलाई राखेर पटकपटक अन्तरक्रिया कार्यक्रम गरिएको नियम विपरित सवारी नचलाउन सचेत गरिएको बताए

पहाडी रुटमा गाडी चलाउने यातायात कर्मचारीलाई टाइम कार्डअनुसार साधन चलाउनुपर्ने नियम लागू गरिएको पनि प्रमुख धितालले बताए पहाडी क्षेत्रका सबै जिल्लाका लागि अनिवार्य टाइम कार्ड लागू गरिएको , उनले भने, ‘नियमको उल्लंघन गर्ने केही सवारीसाधनमाथि कारबाहीसमेत गरिएको