धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

नेपालमै नयाँ प्रविधिबाट धनगढीको मेनरोडमा  पिच टालिदै

नेपालमै नयाँ प्रविधिबाट धनगढीको मेनरोडमा  पिच टालिदै
नया प्रविधिबाट पिच टाल्ने कामको शुरुआत गर्दै धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल

धनगढी धनगढी उपमहानगरपालिकाको मेनरोडमा नयाँ प्रविधिबाट भत्किएको पिच टाल्ने काम भैरहेको   धनगढीको मेनरोडमा कैलाली पुलदेखि जिल्ला प्रशासन कार्यालयसम्म भैरहेको पिच टाल्न प्रयोग भैरहेको प्रविधि नेपालमा नै पहिलो पटक प्रयोग गरिएको पिच टाल्ने ठेक्का पाएको इन्फा जियोटेक ल्याबले दावी गरेको

शुक्रवार दिउँसो रातिमा सो सडक क्षेत्रमा भत्किएको पिच टालिएको २५ किलोको वाटर प्रुफ ब्यागमा रहेको  पिच टाल्ने बस्तु भत्किएको ठाउमा राखेर पिच टालिन्छ यसरी पिच टाल्दा टालेको पाच मिनेटमा नै सडकमा यातायाताका साधनहरु  ओहरदोहर गर्ने ल्याबका प्रविधिक निर्देशक भुवनेश्वर त्रिपाठीले बताए

यो प्रविधिबबाट पिच गर्दा अलकत्रा हाल्नु पर्दैन, रोलिङ पनि गर्नु पर्दैन प्रविधिक निर्देशक त्रिपाठीले भने पिच टालेको पाच मिनेटमा नै यसमा गाडीहरु गुड्न सक्छन् तत्काल सडक पिच गर्न सकिने यो प्रविधिलाई रेडिमेक्स प्रिमिक्स भनिन्छ

धनगढी उपमहानगरपालिकाको सहयोगमा शुक्रवार बिहान पिच टाल्ने काम शुरु भएको हो आइतबारसम्म पिच टालेर सक्ने लक्ष्य

दक्षिण अफ्रिका, इण्डोनेशिया, मलेशियामा सडक निर्माणको क्षेत्रमा काम गर्दा गरेको अनुभवलाई इन्जिनियर त्रिपाठीले नेपालमा भित्र्याएका हुन् बिदेशमा काम गर्दा सिकेको प्रविधि आफ्नै ठाउँमा किन  प्रयोग नगर्ने भन्ने लागिरहेको थियो इन्जिनियर त्रिपाठीले भने संयोगले नेपालमा त्यसको प्रयोगको शुरुआत धनगढीबाट गर्न पाइयो

 त्रिपाठीका अनुसार गाभेल  सडकमा यो प्रविधिको प्रयोग गरेर धुलोरहित पिच बनाउन सकिन्छ श्रोत कम भएर सबै ठाउँमा पिच गर्न  नसकिने अवस्थामा यो प्रविधिको प्रयोगले राम्रो गुणस्तरिय सडकक निर्माण गर्दछ कम लागत लाग्ने यो प्रविधिको पीचको आयु पाँच बर्षको रहेको

धनगढी उपमहानगरपालिकाको सहयोगमा पाइलट प्रोजेक्टको रुपमा अहिले सडक पिच टाल्ने काम भैरहेको यो सफल भएमा अन्त पनि काम शुरु गर्ने त्रिपाठीले बताए