धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

सिक्दै अघि बढ्दै दलित महिला

सिक्दै अघि बढ्दै दलित महिला

धनगढी हामी कार्तिक ११ गते कैलालीको बौनिया पुग्यौं बजार भन्दा केही भीत्र एक घरमा महिलाहरु जम्मा भएका थिए हातमा रजिष्टर केही फाइल बोकेर उनिहरु त्यहाँ जम्मा भएको देख्दा हामीलाई कुनै वित्तीय संस्थाको मासिक बैठक हो भन्ने लागेको थियो

तर वास्तविकता त्यो भन्दा फरक रहेछ ती महिला दलित महिला संघले सञ्चालन गरेकोनेपालमा दलित महिलाको मानव अधिकार सवलिकरण परियोजना मा आबद्ध महिला थिए परियोजनाले गाउँघरका महिाललाई एकिकृत गर्दै समुहमा आबद्ध गरेर कोष सञ्चालन गरेको त्यही कोषमा आफ्नो मासिक वचत जम्मा गर्न आवश्यक परेका महिलालाई उनिहरुले मागे अनुसार कोषको रकम परिचालनका लागि छलफल गर्नका लागि  महिलाहरु जम्मा भएका रहेछन्

महिनाको एक दिन कोष भर्न जम्मा हुने महिलाहरु त्यहाँ महिला माथी हुने हिंसा कसरी अन्त्य गर्ने, पीडित महिलालाई कसरी न्यायको पहाँचमा पु¥याउने, सामाजिक विकृतिका बिरुद्ध कसरी आवाज उठाउने भन्ने विषयमा पनि छलफल गर्ने गरेको पाइयो समुहमा आबद्ध महिलाको आर्थिक क्षमता अभिवृद्धि गर्न कोष सञ्चालन गरेका छौं, समुहमा आबद्ध जेष्ठ महिला जौमति सार्कीले भनिन्, अहिले हाम्रो चेली बुहारीहरु त्यही कोषको रकम प्रयोग गरी सानो व्यवसाय सञ्चालन गर्दै आत्मनिर्भरको बाटोमा छन्, घरायसी समस्यामा पनि हामीले कोषकै रकम परिचालन गर्ने गरेका छौं, अहिले कसैको अगाडी हात थाप्नु परेका छैन

फेडोको परियोजना सञ्चालन भएपछि महिलामा चेतनाको स्तर बढेको अन्यायका बिरुद्ध बोल्न सक्ने भएका महिलाहरु बताउँछन् पहिला हामी घर भित्रै बोल्न सक्दैनथ्यौं, उनले भनिन्, ‘परियोजना सञ्चालन पछि फेडोले गरेका विभिन्न कार्यक्रममा सहभागि हुँदै जाँदा हाम्रो चेनता स्तर बढेछ, अहिले अन्यायका बिरुद्ध नै बोल्न सक्ने भएकिछु, जातीय रुपमा कसैले होच्याउने गतिबिधि गरे प्रतिकारमा उत्रनसक्ने भएकिछु

समुह निर्माण पछि दलित महिलाको आवाज बलियो बनेको बर्दगोरिया गाउँपालिका की बसन्ती कर्मी बताउँछिन् अहिले कसैलाई अन्याय भएमा पनि समुहमा आबद्ध सवै महिला त्यसका बिरुद्ध बोल्न गरेका छौं, कर्मीले भनिन्, ‘खुल्ला रुपमा हुने जातीय छुवाछुत अहिले घटेको , फेडोकै कारण हाम्रो समुहमा आबद्ध धेरै महिला विभिन्न पार्टीमा आबद्ध रहेर राजनीतिमा पनि सक्रिय हुनु भएको

समुहमा आबद्ध भएपछि फेडोले व्यवसायी बन्न अभिप्रेरित गर्दै आयोजना गरेको तालिम पछि आफुपनि व्यवसायी बनेको उनले बताइन् तालिममा आत्मनिर्भर भएर मात्रै महिला सक्षम बन्न सक्ने रहेछन् भन्ने थाहा पाए, उनले भनिन्, ‘समुहकै पैसा ऋण लगेर मैले सीलाईकटाई व्यवसाय सञ्चालन गरेकिछु, व्यवसाय सञ्चालन पछि परिवार समाजमा मेरो सहभागिता पनि बढेको

परियोजना सञ्चालनको सुरुमा आफु पहिलो पटक धनगढी जाँदा नाम भन्न नसकेको स्मरण गर्दै कर्मीले फेडोले आयोजना गरेका तालिम, सेमिनार, छलफलमा सहभागि भएपछि आफ्नो व्यक्तित्व समेत विकास भएको अहिले न्यायोतिच कुरा जस्तो सुकै भीडमा पनि भन्न कुनै समस्या नहुने गरेको उनले बताइन

दलित महिला संघले कैलालीको बर्दगोरिया गाउँपालिका गोदावरी नगरपालिकामा सञ्चालन गरेकोनेपालमा दलित महिलाको मानव अधिकार सवलिकरण परियोजना पछि लक्षित महिलामा आमुल परिवर्तन आएको हामीले पाएका छौं राजनीतिक क्षेत्रमा अहिले दुई वटै पालिकामा दलित महिलाको सहभागिता उल्लखनिय रुपमा बढेको फेडोमै आबद्ध धेरै महिला विभिन्न राजनीतिक दलसंग आबद्ध भएर स्थानीय तहको निर्वाचनमा विजयी भएका छन् पछिल्लो समय दलित महिलामा स्वरोज्गा बन्नु पर्छ भन्ने सोचको विकास भएको देखियो

जस्का कारण विगत एक, डेढ बर्ष यता समुहमा आबद्ध महिला विच व्यवसाय बन्ने प्रतिष्पर्धा चलेको देखिन्छ सिलाई कटा, खाजा पसल, कुखुरा पालन, बंगुरपालन, तरकारी खेति, गाईपालन व्यवसायमा महिलाको आकर्षण रहेको देखिन्छ परियोजना सञ्चालन पछि समुहमा आबद्ध महिला सामाजिक काममा पनि त्यतिकै सक्रिय हुने गरेका पाइएको

फरियोजना सञ्चालन पछि दलित महिलाको समग्र क्षेत्रमा विकास भएको गोदावरी नगरपालिकाकी उप प्रमुख शारदा देवि रोकाया बताउँछिन् समुहमा हुने छलफल, फेडोले प्रदान गर्ने तालिमका कारण  दलित महिला सदस्य राजनीतिक रुपमा केही पहिला देखिनै सक्रिय हुनथालेका देखिन्थे, उप प्रमुख रोकायाले भनिन्, ‘तर पछिल्लो समय उनिहरु सामाजिक सोच बदल्ने गतिविधि पनि गरिरहेका छन्, त्यती मात्र नभएर अहिले दलित महिलाहरु व्यवसायमा जोडिनु पर्छ भन्ने सोचका साथ अघि बढीरहेका देखिएका छन्, दलित महिला व्यवसायमा जोडिन सके त्यो अझ बढी उपलब्धीमुलक हुने देखिन्छ