धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

समयमै धान खदि नभएपछि किसानेले वेचे सस्तोमा धान

समयमै धान खदि नभएपछि किसानेले वेचे सस्तोमा धान

धनगढी सरकारले ढिलो गरी धानको समर्थन मुल्य निर्धारण गरेपनि धान खरिद प्रक्रिया अघि नबढाउँदा किसानेले व्यापारीलाई संस्तोमा धान वेचेका छन्

धान खरिदका लागि केन्द्रबाट अनुमति नपाइदा ढिलाई भएको खाद्य व्यवस्था तथा व्यवपार कम्पनि लिमिटेड धनगढीले जनाएको

सरकारले समयमै धान खरिद नगर्दा किसाले भने सस्तो मुल्यमा निजी क्षेत्रलाई धान बचेका छन् निजी क्षेत्र संग मिलेर सरकारले धान खरिद गर्न ढिलो गरेको किसानको आरोप

गहुँका लागि आवश्यक पर्ने मल खाद, बीउ तथा चाडवाडमा खर्चको जोहो गर्न किसानले कात्तिकमै धान वेच्नु पर्ने हुन्छ, धनगढी१३ का किसान शिवचरण रानाले भने, ‘त्यतिवेला सरकारले कुनै निर्णय गर्दैन, जव हामिले सस्तो मुल्यमा व्यापारीलाई धान वेचिसक्छौं, अनि मात्रै धान खरिद सुरु हुन्छ, त्यसले किसानलाई नभई व्यापारीलाई फाइदा हुन्छ

कात्तिकमा व्यापारीले किसानबाट सस्तोमा धान किनेर त्यही धान सरकारलाई महंगोमा धान वेच्ने गरेको उनको भनाई किसानले व्यापारीलाई बढीमा २० रुपैंयामा धान वेचेका छन्, उनले भने, ‘किसानबाट सस्तोमा खरिद गरेको धान व्यापारीले २९ रुपैंयामा सरकारलाई वेच्दछ, व्यापारीलाई फाइदा पुग्ने गरी सरकारलेनै ढिलो धान खरिद गर्ने गरेको

सरकारले कात्तिक १६ गतेको मोटा धानको न्युनतम मुल्य हजार सय ६७ मध्यम धानको मुल्य हजार सय २८ कायम गरेको थियो

मुल्य निर्धारण गरेपनि सरकारले धान खरिदमा गरेको ढिलाईबाट व्यापारीलाई फाइइदा भएको धनगढी का रामदाश रानाले बताए किसानले धान वेचिसकेको भन्दै उनले भने, ‘अव व्यापारीलेनै सरकारलाई धान वेच्ने हुन्, किसानले व्यापारीलाई धान वेचिसके

दुई बर्ष अघि मोटो धानको मुल्य २७ रुपैंया निर्धारण गरेको थियो, उनले भने, त्यतिवेला व्यवपारीले पनि राम्रै मुल्य दिएका थिए, गत बर्ष बर्षाले भिजेको भन्दै सरकारले धाननै खरिद नगर्दा व्यापारीलाई सस्तोमा धान वेच्यांै, यस बर्ष मुल्यनै तोकेको छैन

धान वेचेर हिउँदे बाली लगाउन खर्चको जोहो गर्नुपर्ने भएका कारण व्यवपारीलाई सस्तोमा धान वेच्नुपरेको उनले बताए उनका अनुसार अहिले व्यापारीले किसानबाट बढीमा २० रुपैंयामा धान खरिद गर्ने गरेका छन् धान वेचेर आएको पैशाबाट खेत जोत्ने मल खाद किन्नु पर्दछ, कैलालीको भजनी नगरपालिका लालबोझिका किसान दिनेश डगौराले भने–‘खाद्य व्यवस्था तथा व्यापार कम्पनिले मुल्य तोक्ला अनि पालो पर्खदा गहुँ छर्न ढिलो हने भएपछि यहाँका किसान सस्तोमा धान वेचेर हिउँदे वाली लगाउने तयारीमा छन्

कञ्चनपुरको लालझाडी गाउँपालिका का चुट्कन रानाले किसानलाई धान वेच्न भ्याइ नभ्याइ भएको बताए तर यस पटक तीन बर्ष अघिको भन्दा पनि कम मुल्यमा धान विक्रि गर्नुपरेको उनि बताउँछन्

सरकारले मुल्य निर्धारण गरेपनि व्यापारीले पनि मुल्य बढाउने गर्दथ्ये, उनले भने, तर यस पकट सरकार मौन बस्दा त्यसको प्रत्यक्ष फाइदा व्यापारीलाई भएको , गाउँका धेरै किसान

कैलालीको धनगढी आएर निजी उद्योगी तथा व्यवसायीलाई धामधन धान वेचिरहेका छन्

सरकारले किात्तिकमा धानको मुल्य निर्धारण गरेपनि मंसिर अन्त्य सम्म खाद्य व्यवस्था तथा व्यवपार कम्पनिले धान खरिद गर्न सुरु गरेको छैन कम्पनिका सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख इन्जिला बस्नेतले धान खरिद गर्ने बारेमा हाल सम्म विभागबाट कुनै पत्र नआएका कारण समस्या भएको बताइन्

समर्थन मुल्य तोकेको बारेमा पनि हामीलाई आधिकारिक पत्र आएको छैन, बस्नेतले भनिन्, ‘नत कोटानै निर्धारण गरेर पठाएको , केन्द्रको निर्णय नआई हामीले धान खरिद गर्न सक्दैनौं

खाद्य व्यवस्था तथा व्यापार कम्पनिले २०७७ मा धानको समर्थन मुल्य मोटो धान प्रति क्वीन्टल हजार सय ३५ मध्यम धानको मुलय प्रतिक्वीन्टल हजार सय ८५ तोकेको थियो सो बर्ष कैलालीमा ६१ हजार मेट्रिकटन धान संस्थानले खरिद गरेको थियो

गत बर्ष  मोटोधानको मुल्य हजार सय ५० मसिनो धानको मुल्य दुई हजार सय निर्धारण गरिएकामा कार्तिकमा आएको बाढीका कारण धान विग्रेको भन्दै खाद्य तथा व्यापार कम्पनिले धान खरिदनै गरेन

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड धनगढीकी प्रमुख बस्नेतले सरकारले धानको समर्थन मुल्य निर्धारण गर्ने अधिकार केन्द्रमै रहेको बताइन् अहिले सम्म केन्द्रले समर्थन मुल्य तोकेर पठाएको छैन, नत कोटा निर्धारण गरेर पठाएको , उनले भनिन्, ‘केन्द्रको निर्णय नआएर हामी केही गर्न सक्दैनौं उनले मंसिर अन्तिम साता सम्म केन्द्रले धानको समर्थन मुल्य कोटा निर्धारण गरेर पठाउन सक्ने बताइन्

२०७७ मा कैलालीका वटा स्थान (धनगढी, टिकापुर, जोशीपुर भजनी) बाट खाद्य व्यवस्था तथा व्यापार कम्पनिले धान खरिद गरेको थियो