धनगढी पोष्ट बिहिबार, ०६ मङि्सर २०८१   November 21, 2024

अरु भन्दा फरक  छौं : सिंह

अरु भन्दा फरक  छौं : सिंह
निर्मल बहादुर सिंह, प्रिन्सिपल : दक्ष इन्टरनेश्नल स्कुल

मन्टेश्वरी भनेको केहो
मन्टेश्वरी भनेको एउटा धारणा हो । मारिया मन्टेश्वरीको अवधारणा अनुसार तीन बर्ष देखि ७ बर्ष उम्मेर समुहका बालबालिकालाई लक्षित गरेर गरिने शिक्षण विधि हो । जसमा विद्यार्थीको आवश्वकतालाई सिकाईमा ढाल्ने गरिन्छ । समग्रमा सहज सिकाईका लागि गरिने क्रियाकलाप यसमा पर्ने गरेका छन् ।
कतिपय संघ संस्थाहरुले मन्टेश्वरीको अवधारणा अनुसार शैक्षिक संस्था सञ्चालन गरेपछि त्यसका सामान्य नियम पनि पालना गरेका हुँदैनन् ।
हामी पनि मन्टेश्वरीसंगै पुर्व प्राथमिक कक्षा सञ्चालन गर्दै आएका छौं । पूर्व प्राथमिकमा बालबालिकालाई मन्टेश्वरी विधि अनुसार शिक्षण गराइन्छ, भने माथिल्लो कक्षालाई उनीहरुको अवश्यकता अनुसार शिक्षण गराइने गरिन्छ ।

बालबालिकालाई किन मन्टेश्वरीमा पढाउनु पर्छ
बालबालिकाको दिगो बिकासका लागि उनीहरुलाई मन्टेश्वरीमा पढाउनु पर्छ । शैक्षिक विकास, भावनात्मक विकास र बौद्धिक क्षमता बढाउन मन्टेश्वरी स्कुलमा बालबालिकालाई पढाउनु जरुरी छ । बालबालीकालाई स्याहार गर्न पनि मन्टेश्वरी  चाहिन्छ । सामान्य स्कुलमा मन्टेश्वरी जस्तो स्याहार र सरल रुपमा पढ्ने वातावरण सानो बालबालिकाले पाउँदैनन् ।
तपाईको विद्यालयमा कस्ता सुविधा छन् ?
यस क्षेत्रमा सञ्चालन भएका मन्टेश्वरी भन्दा हामी फरक छौं भन्ने हाम्रो ठम्म्याइ छ । शैक्षिक शत्र सुरु हुन पुर्व हामीले शिक्षक, शिक्षिकालाई तालिम प्रदान गर्ने गरेका छौं । ताकि अघिल्लो शैक्षिक शत्रमा टिचरले गरेका कमी कमजोरी पनि सच्याउन पाउँदछन् । अघिल्लो शैक्षिक शत्रमा भएका कमजोरीलाई सच्याएर विद्यालयले पनि हरेक बर्ष आफुलाई अझै परस्किृत गर्दै आएको छ । जसका कारण दक्ष मन्टेश्वरी अरु भन्दा फरक छ । 
त्यसैगरी हाम्रो विद्यालयमा कार्यरत शिक्षकले बीचैमा स्कुल छोड्न पाउँदैनन्, किनकी हामीले त्यसै अनुसारको सहमति गरेका हुन्छौं । त्यसले विद्यार्थीलाई असर पनि पर्दैन । 
शिक्षाको गुणस्तर कायम राख्नका लागि हामीले बार्षिक पाठ्यक्रम बनाएर शिक्षण गतिविधि सञ्चालन गर्दै आएका छौं । त्यसैले कक्षा रोकिने वा के गर्ने भन्ने अन्यौलता पनि हुँदैन ।
हामीले विद्यार्थीको खानपानमा पनि ध्यान दिने गरेका छौं । बालबालिकालाई जंक फुड पुर्ण रुपमा प्रतिबन्ध गरिएको छ । जन्मदिनमा पनि केक नकाटेर वृक्षारोपण गराउने गरेका छौं । स्कुलमा तयार पारिने खाजा पनि पुर्ण रुपमा हाइजनिक हुन्छ । हामीले शिक्षकको घरमा उब्जेको तरकारी ल्याएर दिने गरेका छौं । त्यसले बालबालिका पनि स्वस्थ र फुर्तिला हुन्छन् । गर्मीमा फलफूल र जाडोमा दुध दिने गरेका छौं ।

हरेक कक्षामा एक जना शिक्षक र एक जना सहयोगी राखेका छौं । विद्यालयकै अग्रसरता र अभिभावकको रोहबरमा हामीले  स्कुलमै बालबालिकाको स्वास्थ्य परिक्षण पनि गर्ने गरेका छौं । त्यसले अभिभावकलाई अस्पताल धाई राख्नु पर्ने समस्या पनि हटेको छ ।
त्यसका साथै हामीले समय समयमा स्वास्थ्य शिविर पनि सञ्चालन गर्दै आएका छौं । अभिभावक संग पनि हामीले विभिन्न क्रियाकलाप सञ्चालन गरी उहाँहरुलाई विद्यालयमा ल्याउने गरेका छौं ।