धनगढी पोष्ट आइतबार, ०१ भदौ २०८३   August 16, 2026

लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप

समयमै विषदी छर्के बचाउन सकिन्छ : शर्मा

लटरम्म फूलेको आँपमा फड्के किराको प्रकोप

चन्द्र चौधरी

धनगढी कैलालीमा यस बर्ष आँपको राम्रै फल लाग्ने आँकलन गरिएपनि फुलमै रोग देखिएका कारण त्यो आँकलन गलत हुन सक्ने देखिएको

व्यावसायिक आँप खेतीमा ढुसी लाग्न थालेपछि किसान चिन्तित भएका छन् आँपको फलमा फड्केकिराको प्रकोप लाग्न थालेकाले जिल्लाका किसान चिन्तित बनेका हुन् । आँपको पात नै नदेखिने गरी बोटै ढपक्क ढाँकेर फुल्दा खुशी भइएकामा अहिले फड्के किराका कारण ढुसी लाग्न थालेकाले चिन्ता बढेको गेटा स्थित आँप कृषक रामहरी ओझाले बताए

उनका अनुसार मधुवा कीराले खाएर गुलियो लेसिलो पदार्थ आँपको मजुरा फूलमा ओकलेपछि मजुराफूलमा ढुसी लागेर झर्ने दाना नलाग्ने समस्या बढ्न थालेको हो पहाडमा लालीगुराँस फुलेझै आँपमा ढकमक्क मजुराफूल फूलेको देख्दा मन रमाएको थियो तर फूलमा ढूसी लागेर कालो बनाएको , जसका कारण् आसा गरेजस्तो आँप नफल्ने भएको

धनगढी३का भोजराम चौधरीले पनि आफ्नो दसकठ्ठा जमिनमा लगाएको आँपका बोटमा मधुवा कीराको प्रकोप देखिएको बताए उनले मधुवाका कारण मजुराफूल झरेर दाना नलागेकाले यसवर्ष आर्थिक समस्यामा परिने हो कि चिन्ताले पिरोलिरहेको बताए

चौधरीको आँप बगैँचामा पनि मधुवाको प्रकोप देखिएको फागुन महिनाको अन्तिम सातादेखि मजुराफूलमा मधुवा कीराको प्रकोप देखिएकामा अहिले ढुसी देखिन थालेको उनको भनाइ थियो

धनगढी१२ का जीवन शर्माले पनि आँपको पूलकै ढूसी पलाएको बताए लहलह फूल देखेर रहर लागेको थियो, शर्माले भने, ‘तर अहिले फूल पूरै ढडेर कालो भएको , यस्तो पहिला देखिएको थिएन, यस पटक के रोगलागेछ पत्तै भएन घरमा एक दुई वटा मात्रै रुख भएका कारण औषधी वा विषदी खरिदको चक्करमा भने नलागेको उनले बताए  

कृषि ज्ञानकेन्द्र कैलालीका प्रमुख खगुन्द्र शर्माले भने रोगका किरा ढुसी लाग्न नदिन सुरुमै किराको प्रकोप नियन्त्रणको उपाय अपनाउन सके फूल लाई बचाउन सकिने बताए

त्यसका लागि किरा मार्ने ढूसी नष्ट गर्ने विषादी छर्कनुपर्ने कार्यालय प्रमुख शर्माले बताए किरा मार्न बजारमा नीमले बनाएको औषधी पाइने भएपनि ढूसीका लागि भने विषादीनै प्रयोग गर्नुपर्ने उनले बताए ढुसी लाग्न सुरु हुनेवित्तिकै विषदी प्रयोग गर्न सके फललाई बचाउन सकिने उनले बताए तर रोग लागिसकेपछि भने विषादी प्रयोग गरेर पनि केही फाइदा नहुने उनले बताए

मजुराफूल फुल्नुअघि आँपको रुखको जरा वरिपरी खनेर पानी हाल्ने फेददेखि फिट माथिसम्मको भागमा चुन दल्ने प्राकृतिक उपचारले पनि मधुवा कीराको प्रकोप रोक्न सकिने कृषि ज्ञान केन्द्रका प्रमुख शर्माले बताए

उनले भने, ‘जिल्लाका प्रायः अधिकांश किसानले प्राविधिक ज्ञान विना नै विषादी प्रयोग गर्छन्, जुन पसलबाट विषादी ल्याएको हो, त्यही पसलेको सल्लाह अनुसार विषादी प्रयोग गर्दा कहिलेकाहीँ फल झर्ने फूल डढ्नेजस्ता समस्यासमेत देखिने गर्छ

मधुवा किराको प्रकोप देखापरेपछि विषादीबाहेक अर्को विकल्प नरहेकाले पीडित किसानले प्रक्रिया पु¥याइ कार्यालयमा आएमा औषधि एवम् प्राविधिक सहयोग उपलब्ध गराइने कृषि ज्ञान केन्द्र कैलालीले जनाएको

विषादी रोग नियन्त्रणका लागि कृषि विज्ञसंग सुझाल लग्न कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख शर्माले सुझाव दिएका छन्