धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

महिलालाई आत्मिनर्भर बनाउने लक्ष्य छ : कार्की

महिलालाई आत्मिनर्भर बनाउने लक्ष्य छ : कार्की

जीवनज्योतिले महिलालाई मात्रै किन समेट्छ ?

महिलाले पनि काम गर्न सक्छन् भन्ने देखाउन यो संस्थाको स्थापना भएको हो जीवनज्योतिमा सञ्चालक समितिदेखि कर्मचरी शेयर सदस्य महिला मात्रै रहेका छन्

शेयर सदस्यको निरन्तरको सहयोग शेयर सदस्यको सल्लाह बमोजिम सञ्चालक कर्मचारीले काम गर्दा यो संस्था सफल पनि भएको । पुरुषको तुलनामा महिला इमान्दार, सक्षम हुन्छन्, उनीहरुले गलत काम गर्दैनन् जिम्मेवारी पाए काम गरेर देखाउन सक्छन् भन्ने कुराको एउटा उदाहरण पनि यो संस्था हो

आर्थिक मन्दिको असर कम गर्न के गर्नु भएको ?

जीवनज्योति महिला बिकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा अहिले सम्म आर्थिक रुपमा कुनै असर परेको छैन सहकारी संस्था, बैंक तथा वित्तीय क्षेत्रमा समस्या आएको कुरा हामीले पनि सुनेका छौं तर जीवनज्योतिमा त्यसको कुनै असर परेको छैन हामी अहिले पनि पहिलाको जस्तै सामान्य अवस्थामा चलिरहेका छौं यो स्थानीय स्तरकै संस्था भएर हो वा महिलाले मात्रै सञ्चालन गरेको संस्था भएका कारण हो, अहिलेसम्म यस संस्थामा कुनै असर छैन हाम्रा शेयर सदस्य ज्यूहरुलाई पनि त्यस कुराको राम्रो जानकारी भएको हामीले पाएका छौं

अहिले बैंक तथा वित्तीय संस्थाले लगानी रोकेको भन्ने सुनेका छौं तर हामीले शेयर सदस्य ज्यूहरुले मागेको ऋण दिइरहेका छौं । अहिले वित्तीय क्षेत्रमा समस्या रहेको भन्ने जुन प्रकारको  हावा चलेको , त्यस्तो अवस्थामा पनि हाम्रा शेयर सदस्यहरुले हामीलाई पुर्ण विश्वास गर्नु भएकोमा सवै सदस्य तथा शुभेच्छुक प्रति हामी आभारी पनि छौं

सहकारीले शेयर सदस्यका लागि केकस्ता काम गरिरहेको ?

यस संस्थामा महिला मात्रै सदस्य हुनुहुन्छ उहाँहरुलाई बचत गर्नु पर्छ मात्रै हामीले भन्दैनौं कसरी बचत गर्ने बचत गरेको पैसा कस्तो क्षेत्रमा लगानी गर्ने भन्ने बारेमा पनि सिकाउने गरेका छौं जीवन ज्योतिमा आबद्ध शेयर सदस्य ज्यूहरुलाई सक्षम बनाउनु नै हाम्रो उद्देश्य हो

हामीले शेयर सदस्यलाई अरुको भरमा नई आफ्नो खुट्टामा उभिनका लागि काम गर्न अभिप्रेरित हुने काम गर्न सिकाउने गरेका छौं जसका कारण आज हाम्रा शेयर सदस्यज्युहरु आफै केही केही काम गरेर आफुले कमाएको पैसा बचत गर्नु हुन्छ

शेयर सदस्यलाई व्यवसायी बन्नका लागि हामीले ऋण लगानी पनि गर्ने गरेका छौं जसका कारण यस संस्थालाई वचत संकलन गर्न कुनै समस्या छैन अहिले

महिलालाई मात्रै जोड्दा उहाँहरुको घर परिवारको सहयोग हुन्छ की हुँदैन ?

शुरु शुरुमा हामीलाई पुरुषको विश्वास जुटाउन निकै समस्या भएको थियो महिलाको बिकाका नाममा यो संस्था समाज विगार्न स्थापना भएको भन्ने अफवाह फैलाएर संस्थामा महिलालाई जोडिन निकै समस्या हुने परिस्थिती रहेको थियो शेयर सदस्य बन्न चाहने महिलालाई पुरुषले नागरिकता नबनाइदिने, बिवाह दर्ता नगरिदिने जस्ता धेरै असहयोग पुरुषहरुबाट भएका थिए

तर हामीले निरन्तर काम गरेर यो संस्था ठग्दैन, यस क्षेत्रको आर्थिक बिकास गर्न स्थापना भएको संस्था हो भन्ने विश्वास दिलाउन सकेका थियौं जसका कारण अहिले त्यस्तो समस्या छैन अहिले पुरुषहरु आफै आएर आफ्नो श्रीमतीलाई शेयर सदस्य बनाइदिनु हुन्छ अन्य वित्तीय संस्थामा जम्मा गरेको पैसा पनि आफ्नो श्रीमतीको नाममा राखेर जानु हुन्छ त्यसैले अहिले त्यो समस्या छैन

शेयर सदस्यको संख्या कति कार्यक्षेत्र कहाँकहाँ ?

जीवनज्योति महिला बिकास बहु उद्देश्यीय सहकारी संस्था लिमिटेडमा हालसम्म तीन हजार सय शेयर सदस्य रहेका छन् गोदावरी नगरपालिकालाई कार्य क्षेत्र बनाएर हामीले काम गरिरहेका छौं यस बर्ष एउटै उद्देश्य मिल्ने प्रगति महिला बिकास बहु उद्देश्यीय सहकारी संस्था हामीसंग मर्ज भएको यही माघदेखि नगरपालिकामा मर्ज सहित संस्था दर्ता गरेर संयुक्त कारोवार गरिरहेका छौं

सहकारी संस्थामा नियमनको अवस्था कस्तो ?

हामीले शुरुदेखि नै नीति विनियम बनाएर काम गर्दै आएका छौं संस्था मर्ज भएपछि अहिले नयाँ विनियम बनाएका छौं अहिले संस्थाले वटा नीति बनाएको सोही नीत अनुसार संस्था सञ्चालन भइरहेको शेयर सदस्यज्युहरुले नै बनाएको नीति अनुसार हाम्रा क्रियाकलाप सञ्चालन भएका कारण हामीलाई काम गर्दा कुनै उल्झन वा समस्या पनि हुँदैन नीति अनुसार काम गरिरहेका छौं जस्ले गर्दा कुनै अफ्ठारो पनि पर्दैछ

सहकारीलाई राम्रो बनाउन शेयर सदस्यले के गर्नु पर्छ ?

सहकारीलाई चलाउने नै शेयर सदस्यले हो सहकारीमा सञ्चालक भन्दा कर्मचारी हावी भएको अवस्थामा समस्या हुन सक्दछ यहाँ त्यस्तो समस्या छैन शेयर सदस्यले चलाएको संस्था कहिलै समस्यामा पनि पर्दैछ संस्थाको मान्यता भनेको शेयर सदस्यलाई आर्थिक, शैक्षिक रुपमा सवल बनाउने हो शेयर सदस्यलाई सहकारीको अवधारणाका बारेमा पनि राम्रोसंग बुझाउन सक्नु पर्दछ त्यसो गर्दा संस्था सधै जीवन्त रहन्छ शेयर सदस्य ज्युहरुले पनि बढी भन्दा बढी सेवा लग्न सक्दछन्

तर शेयर सदस्यहरु अहिले पनि ऋण लग्नका लागिमात्रै सदस्य बन्ने, आज एउटाबाट ऋण लग्ने, भोलि अर्कोबाट लग्ने प्रबृति देखिन्छ हामी त्यसमा पनि सजग छौं हामीले सदस्य बनाउने समयमै उनीहरुलाई त्यसबारेमा सजग बनाएका हुन्छौं

हाम्रो उद्देश्य शेयर सदस्यको संख्या बढाउने हो तर संख्या बढाउने भन्दैमा अन्य संस्थामा आबद्ध भएका शेयर सदस्यलाई पनि सदस्यता दिने काम हामीले गर्दैनौं हामीले कुनै पनि सहकारी संस्थामा आबद्ध नभएका महिलालाई शेयर सदस्यता दिने गरेका छौं हाम्रो सहकारीमा आबद्ध भएका केही सदस्यले अर्को संस्थाको सदस्यता लगेको बारेमा पनि हामीलाई जानकारी हुने गरेको त्यस्ता सदस्यहरुलाई हामीले सम्झाउने गरेका छौं त्यसो नहोस् भन्नका लागि हामीले सदस्यता दिन अघि महिलालाई पुर्व सहकारी शिक्षा पनि प्रदान गर्ने गरेका छौं

सहकारी संस्था एउटा उद्देयश्य लगेर सञ्चालन हुने पछि बचत ऋणमा मात्रै केन्द्रित हुने गरेका छेखिन्छन् जीवन ज्योतिले पनि त्यसै गर्छ की फरक तरिकाले काम गर्छ ?

केही समय यो संस्था पनि बतच तथा ऋणमा मात्रै केन्द्रित भएको हो की भन्ने जस्तो देखिएको थियो तर त्यतिबेला पनि महिलालाई स्वरोजगार बनाउने, कानूनी परामर्श दिने, घरेलु हिंसा न्यनूनीकरणका क्षेत्रमा महिलालाई सशक्त बनाउने काम गरिरहेका थियौं

तर अहिले हामी त्यसमा मात्रै केन्द्रित छैनौं अहिले सुपथ मुल्य पसल सञ्चालन गरेर शेयर सदस्यलाई शुलभ मुल्यमा सामग्री उपलब्ध गराइरहेका छौं त्यसैगरी जैबिक सेनेटरी प्याड उद्योग पनि हामीले सञ्चालन गरेका छौं ती प्याड विभिन्न संघ संस्था विद्यालयमा गइरहेका छन् त्यसो गर्दा हाम्रा शेयर सदस्यले रोजगारी पनि पाएका छन्

सहकारीको उद्देश्य गरिबि निवारण गर्नु पनि हो संस्थाले त्यसमा कसरी काम गरिरहेको ?

यो संस्था स्थापना हुनको उद्देश्य नै समाजमा विपन्न गरिब महिलाको जीवन स्तर उकासी आर्थिक सशक्तिकरण गर्नु हो   त्यही अद्देश्य अनुसार काम पनि भइरहेको संस्थाको नीतिमा सहकारीको शेयर सदस्य बन्न हजार शुल्क निर्धारण गरिएको तर हामीले न्यून आए भएका हजारमा शेयर किन्न नसक्ने महिलालाई सय रुपैंयामै शेयर सदस्य बनाउँछौं त्यस्ता महिलालाई प्रतिशत मात्रै व्याज पर्ने गरी ऋण प्रदान गरिने गरिएको जसले गर्दा न्यून आए भएका महिलालाई पनि स्वरोजगारमा जोडिन सहयोग पुग्ने गरेको यहाँका धेरै महिलाको जीवन स्तर माथि उकास्न यो संस्था सफल भएको

सहकारीलाई सक्षम सवल बनाउन स्थानीय तहले केके गरेको ?

स्थानीय निकाय अन्तरगत सहकारी शाखाले कहिलेकाही तालिम प्रदान गर्ने गरेको तर गरिबि निवारण, आय मुलक कार्यक्रममा स्थानीय तहले हालसम्म त्यसतो काम गरेको पाइदैन स्थानीय तहले गरिबि निवारण आय मुलक कार्यक्रम ल्याएर सहकारी संस्थासंग सहकार्य गर्न सकेको भए त्यो बढी दिगो हुन सक्दथ्यो स्थानीय तहले त्यस्ता कार्यक्रम गरेको पनि हुन सक्दछ तर ती कार्यक्रम पहुचका आधारमा वितरण हुने गरेका छन् स्थानीय सरकारले साँच्चै सहकारी संस्थाको विकास गर्न भन्दा पनि देखावटी कार्यक्रममा ध्यान केन्द्रि गरेको जस्तो देखिन्छ

स्थानीय तहबाट कस्तो सहयोग आवश्य हुन्छ ?

स्थानीय तहको सहकारी शाखाबाट नीतिगत सुधारका कार्यक्रमहरु सञ्चालन हुन सकेको भए संस्थाहरु सवल हुन्थ्य राम्रो नीति भए सहकारी संस्थाहरु आर्थिक रुपमा आफै सक्षम भइहाल्छन्

अहिले नीतिगत उल्झनका कारण सहकारी संस्थालाई समस्या रहेको के गर्ने के नगर्ने भन्ने अन्यौल धेरै संस्थामा देखिन्छ त्यसको अन्त्यका लागि स्थानीय तहबाट अनुगमन हुन पनि जरुरी

अनुगमन नियमन नहुदा एउटै व्यक्ति तीनचार वटा सम्म संस्थामा आबद्ध हुने सवै क्षेत्रबाट ऋण लगेर संस्थालाई अफ्ठ्यारोमा पार्ने काम भइरहेको त्यो कुरा सहकारीले नियन्त्रण गर्न सक्नु पर्दछ अहिले नीतिगत त्रुटीको समस्या

जीवनज्योतिको आगामी लक्ष्य केहो ?

हामीले प्रत्य / बर्षमा एउटा व्यवसायिक योजना बनाउने गरेका छौं सो योजनामा बर्षमा संस्था कहाँ पुग्छ भन्ने लक्ष्य रहेको हुन्छ त्यो अनुसार नै हामीले काम गर्ने गर्दछौं जस अनुसार संस्थाको आगामी बर्षमा केगर्ने भन्ने योजना तयार भइसकेको योजना अनुसार यस क्षेत्रमा पिछडिएका आर्थिक रुपमा कम्जोर रहेका महिलाहरुलाई कसरी व्यवसायिक रुपमा सवल बनाउन सकिन्छ भन्ने काम हुने हाम्रो पहिलो लक्ष्य यस क्षेत्रका महिलालाई आत्म निर्भर बनाउन काम गर्ने हो

त्यसैगरी अर्को महत्वपुर्ण लक्ष्य भनेको हाम्रा एसईई सम्म पढ्न नसकेका विचमै पढाई छोडेका धेरै शेयर सदस्यहरु हुनुहुन्छ उहाँहरुलाई कम्तिमा पनि एसईई सम्म पढाइईमा सहयोग गर्ने हो   ती महिलालाई खुला शिक्षा मार्फत भए पनि उच्च शिक्षा आर्जन गर्न संस्थाले सहयोग गर्दै आएको

हामीले सवै शेयर सदस्य महिलालाई त्यो कुराको जानकारी पनि गराएका छौं कतिपय महिला पढ्दै हुनुहुनछ ।  आफैपनि सहकारीमा आबद्ध हुँदा कक्षा मात्रै पढेकी थिए अहिले खुला शिक्षाबाटै मास्टर्स अध्ययन गरिरहेकी छु

यसबर्ष हामीले गोदावरी१२ ओलानीमा शाखा सञ्चालन गरी कारोवार गरिरहेका छौं ओलानीमै सुपथ मुल्य पसल पनि सञ्चालन गरिरहेका छौं आगामी दिनमा पनि पालिका भित्र शाखा विस्तार गरी शेयर सदस्यज्युहरुलाई थप सेवा दिने योजना बनाएका छौं

त्यसैगरी आगामी दिनहरुमा एउटै उद्देश्य मिल्ने सहकारी संस्थाहरु विच मर्ज गर्ने योजना रहेको त्यसका लागि सामान्य प्रक्रिया पनि अघि बढेको