धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

शेयर सदस्यको हितमा केन्द्रित छौं  : बम

शेयर सदस्यको हितमा केन्द्रित छौं  : बम
देब बहादुर बम । अध्यक्ष : नवजीवन सहकारकी संस्था लि. धनगढी ।

अहिले तरलता अभाव हुँदा बैंक वित्तिय संस्था अफ्ठेरोमा देखिन्छन्, नवजीवनको अवस्था कस्तो  <

नवजीवन सहकारी संस्थाले जुन ठाउँबाट पैसा डिपोजिट लगेको , त्यही ठाउँमा मात्रै लगानी गरेको उदाहरणका लागि प्रदेश नम्बर को बासगढी शाखामा २५ करोड डिपोजिट रहेकोमा २० करोड त्यही लगानी गरिएको , अन्यत्र त्यो पैसा लगेका छैनौं धनगढीमा तीन अरब निक्षेप संकलन भएकोमा दुई अरब ८० करोड यसै क्षेत्रमा लगानी गरेका छौं

त्यसकारणले गर्दा नवजीवन सहकारी संस्था ढुक्कसंग सञ्चालन भएको आजका मितिसम्म ९२ करोड ६९ लाख ९६ हजार मौजाद रहेको जसका कारण हाम्रो शेयर सदस्यको पैसा हामीसंग सुरक्षित रहेको

बित्तीय सहकारी क्षेत्रमा समस्या आउनुको कारण के हो जस्तो लाग्छ <

यसमा दुई वटा कुरा मुख्य रुपमा जोडिएका छन् पहिलो नीतिगत समस्या हो दोश्रो नियमनकारी सहकारी विभागको पनि कमजोरी

कमसेकम तीनतीन महिनामा सहकारी विभागबाट सहकारी संस्थाको नियमन होस् भन्ने हामी चाहन्छौं संघियता पछि सहकारी हेर्ने दायित्व तीन वटै सरकारसंग रहेको सवै सरकारले आफ्नो मातहतमा रहेका सहकारी संस्थाको निमयन गर्न  आवश्यक

केही दिन अघि  मात्रै सहकारी मन्त्रालयका सचिवले नवजीवनको निरीक्षण गर्नु भएको थियो निरीक्षणपछि उहाँले नेपाल बैंङ्क लिमिटेड बरु डुब्न सक्ला, तर नवजीवन सहकारी संस्थालाई केही हुँदैन भनेर जानु भयो उहाँको अनुगमनपछि हामी झनै ढुक्क भएर काम गरिरहेका छौं नवजीवन सहकारी शेयर सदस्यको पैसा सुरक्षित हुने तरिकाले चलेको

अहिले जति पनि सहकारी संस्थाहरु समस्यामा छन्, ती संस्थाका सञ्चालकहरुले ४९ प्रतिशतसम्म ऋण लगेका छन् त्यो ऋण जग्गामा हाल्ने जग्गा किनेर बैंङ्कि कारोवार गर्ने गरेका छन् उनीहरुले शेयर सदस्यको पैसालाई आफ्नो व्यक्तिगत पैसा जसरी चलाएका छन् जसका कारण आज काठमाडौं लगायत देशभरका केही सहकारी डुबेका छन्

नवजीवन सहकारी ६४ जना अग्रजहरुले सञ्चालन गरेको संस्था हो उहाँहरुले स्थापनामै बलियो विधान बनाउनु भएको   सहकारीका सदस्यहरुले उम्मेदवारी दिंदा कुनै ऋण नभएको प्रमाण पेश गर्नुपर्ने हुन्छ सञ्चालकहरुले पनि संस्थाबाट ऋण लग्न पाउँदैनन्

त्यसैगरी शेयर सदस्यलाई ऋण दिंदा पनि सम्पतिको कुल मुल्याङ्कनको आधा जति मात्रै ऋण दिने गरेका छौं अर्थात कसैको एक करोडको जग्गाको मुल्याङ्कन भएमा उसलाई हामी ५० लाख मात्रै ऋण दिने गर्दछौं त्यसैले पनि नवजीवन सहकारी संस्था शत प्रतिशत सुरक्षित , भन्नेमा हामी बिश्वस्त छौं

नवजीवनमा शेयर लग्नेले फाइदा के पाउँछन्  <

अहिलेसम्म जति पनि बैंक वित्तीय संस्था छन् ती संस्थाले शेयर सदस्यको हितमा हुने गरी लगानी गरेको मैले पाएको छैन तर नवजीवन सहकारी संस्थाले कमाएको पैसा मध्य २५ प्रतिशत संरक्षित पुँजी फिर्ता कोषमा राखेको

जस्तो नवजीवनले १३ करोड कमाएको , भने तीन करोड संरक्षित पूजिकोषमा राख्ने गरेका छं त्यो पैसा ६० ४० प्रतिशत गरी दुई ठाउँमा विभाजन गरिन्छ । ६० प्रतिशत भनेको नवजीवनबाट ऋण लगेर महिना महिनामा व्याज बुझाउने शेयर सदस्यहरुलाई एक पर्ष पछि ६० प्रतिशत रकमको भाग पर्ने रकम उहाँहरुको खातामा राख्ने गरेको छौं

त्यसैगरी जुन शेयर सदस्यले नियमित बचत गर्ने गरेका छन् उनीहरुको खातामा पनि बर्षमा ४० प्रतिशत रकम दामासाही रुपमा वितरण गर्ने गरेका छौं त्यसैले नवजीवनले कमाएको पैसा पनि हामीले पाउँछौं भन्ने अनुभुति यस बर्षदेखि शेयर सदस्यले गर्ने छन् यो कार्यक्रम यसै पुषमा भएको साधारण सभाबाट पारित भएर कार्यान्वयनमा आएको

अर्को कुरा भनेको एक बर्ष अघि नवजीवनमा २७ हजार मात्रै शेयर सदस्य रहेका थिए भने अहिले ३१ हजार शेयर सदस्य पुगेका छन् एक बर्षमा यस संस्थामा चार हजार सय शेयर सदस्य थपिएका छन् यो बढ्नुको एउटै कारण भनेको हामीले जन्मेदेखि मृत्यु सम्म शेयर सदस्यका लागि नवजीवन सहकारी भन्ने अनुभुति हुनेगरी काम गरिरहेका छौं

हामीले जन्मदा शेयर सदस्यका छोराछोरीलाई / हजार उपलब्ध गराउने गरेका छौं भने, जीवनमा एक पटक स्वास्थ्य उपचारका लागि मध्यम खाले रोगका लागि २० हजार जटिल खालका रोगका लागि ३५ हजारसम्म आर्थिक सहयोग गर्ने गरेका छौं

त्यसैगरी शरीरको यदि कुनै पनि अंग परिवर्तन गर्नु परेको अवस्थामा त्यस्तो परिस्थितीमा शेयर सदस्यलाई एक लाखसम्म रकम उपलब्ध गराउने गरेका छौं शेयर सदस्यको मृत्यु भएको अवस्थामा दाहसंस्कारका लागि २० हजार उपलब्ध गराउदै आएका छौं

प्रत्येक शेयर सदस्यले साधारण सभामा पाउने  सुबिधाबाट ५० रुपैया काटेर एउटा कोष बनाएका छौं त्यही कोषबाट यो उपचार सहयोग व्यहोरिने गरिन्छ त्यसरी एक व्यक्तिबाट ५० रुपैया कोषमा राख्दा बर्षमा १६ लाख रुपैंया कोषमा जम्मा हुने गरेको त्यो पैसाबाट तीन प्रतिशत नवजीवनले हीतकोषमा राख्ने गरेको आजको मितिमा त्यो कोषमा एक करोड ९० लाख रुपैंया जम्मा भएको

जसमध्य गत बर्ष ६० लाख रुपैया शेयर सदस्यको हितमा खर्च भएको त्यसअघि हाम्रा कति जना शेयर सदस्यको मृत्यु हुने गरेको थियो भन्ने तथ्याङ्क पनि थिएन तर यो सुविधा दिन थालेपछि त्यो तथ्याङ्क राख्ने गरेका छौं गत बर्ष ७२ जनालाई दाहसंस्कार खर्च उपलब्ध गराइएको

कमाएको पैसाबाट शेयर सदस्यलाई २५ प्रतिशत रकम उपलब्ध गराउने नवजीवन सहरकारी संस्था देशकै पहिलो संस्था हो

शेयर सदस्यको आम्दानी बढाउन लगानीको प्राथमिकरण कसरी गरिएको  <

विगतमा हामीले उद्योगपतिदेखि मजदुरको क्षेत्रमा लगानी गरेका थियौं अहिले तरलता बढेको अवस्थामा ठुला उद्योग भन्दा पनि सानो क्षेत्रमा लगानी गरिरहेका छौं हामीले लघुवित्त मार्फत साना तथा मझौला खालका उद्योगी, किसान, व्यवसायीलाई बढी प्राथमिकतामा राख्ने गरेका छौं विगत तीन महिना यता हामीले ३५ लाख भन्दा बढी लगानी गरेका छैनौं

कृषि उत्पादनका कस्तो लगानी <

हामीले सुपथ मुल्य पसल सञ्चालन गर्ने भनेर तीन लाख ५० हजार खर्च गरेका थियौं सुपथ मुल्य पसल सञ्चालन गर्ने योजना साधारण सभाबाट पनि पारित गरेका थियौंं तर घरेलु उद्योग कार्यालयले बहुउद्देश्यीय नभई हुँदैन भनेको

अहिले सो प्रस्ताव सहकारी विभाग अन्तरगत रजिष्टारको कार्यालयमा अड्किएको सहकारी विभागका रजिष्टारले त्यसमा तोक लगाए पनि प्रशासन फाटले मिटिङबाट मात्रै पास हुन्छ भनेर अड्काएको त्यो प्रस्ताव पास भएर हाम्रो हातमा लाइसेन्स परेपछि नवजीवनको आफ्नै ब्राण्डको चामल बजारमा ल्याउनेछौंं भने शुद्ध पीउने पानी पनि नवजीवनकै ब्राण्डमा ल्याउने छौं त्यसका लागि कमिटी पनि बनाएका छौं

बजेट पनि छुट्याएका छौं तर विभागले रोकेका कारण हामी रोकिएका छौं । अहिले देशभरका सहकारीहरु ओरालो गतिमा लागेका छन् मेरो तितो अनुभव अनुसार सहकारीले बचत तथा ऋणलाई मात्रै ध्यान दिंदा यस्तो समस्या आएको हो

यसले मात्रै हामी चल्न सक्दैनौं सहकारीलाई दिगो शेयर सदस्यको हितमा काम गर्ने बनाउन उत्पादन क्षेत्रमा लगानी गर्नु आवश्यक अन्य देशमा सहकारीले राज्यले गर्नुपर्ने काम गरेका छन् मेचीको सहकारीमा जाँदा पनि राज्यले गर्नुपर्ने काम सहकारी संस्थाले गरेको पाएँ

त्यसैले सहकारी संस्थाहरु बुहउद्देश्यीय हुनु पर्दछ नवजीवनलाई पनि बहुउद्देश्यीय संस्था बनाउन हामी लालायित भएको छौं सुदूरपश्चिमबाटै सुरुवात गरौं भन्नका लागि सहकारी विभागबाट अनुमति पाएको अवस्थामा त्यो गर्ने छौं

मैले सहकारी विभागमा बुझ्दा एक महिना भित्रै अनुमति दिने आस्वासन पाएका छौं । अहिलेको परिस्थितीमा संस्था कसरी बचाउने शेयर सदस्यको हितमा कसरी काम गर्ने भन्नेमा मात्रै हाम्रो ध्यान केन्द्रित