धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

५७ जना विपन्न महिलालाई रहात वितरण

५७ जना विपन्न महिलालाई रहात वितरण

धनगढी कैलारी गाउँपालिका धनगढी उपमहानगरपालिकाका ५७ जना विपन्न सहारा विहीन परिवारलाई वृहत राहत प्याकेज सामग्री वितरण गरिएको

आघात पछिको सशक्तिकरणको बाटो अन्तरगत हाम्रो सहकार्य परियोजनाले कैलारी गाउँपालिकाका ३५ धनगढीका २२ जना विपन्न परिवारलाई वृहत राहत सामग्री वितरण गरेको हो

युएन ओमनको प्राविधिक सहयोग, फिनल्याण्ड सरकारको आर्थिक सहयोग जुरी नेपाल तथा फेडोको संयुक्त साझेदारीमा सञ्चालित परियोजनाले शनिबार कैलालीका दुई पालिकामा वृहत राहत वितरण गरेको हो कैलारी गाउँपालिका वडा नम्बर, , तथा धनगढी१२मा शनिबार एक कार्यक्रमका विच वृहत राहत सामग्री वितरण गरिएको हो

राहत सामग्रीमा ६० किलो चामल, किलो दाल, एक सेट ग्याँस चुलो, रेगुलेटर, ग्याँस सिलिण्डर, लिटर खाने तेल, दुई किलो लुगा धुने सर्फ, एक दर्जन नुहाउने सावुन, चार किलो चिनी, दुई प्याकेट आयो नून, खैरो चना दुई किलो, पिस सेनिटरी प्याड -पुनः प्रयोग गर्न मिल्ने_ प्राथमिक उपचार समग्री वितरण गरिएको हाम्रो सहकार्य परियोजनाका सुदूरपश्चिम प्रदेश संयोजक तथा फेडाका प्रदेश संयोजक तारक टमाटाले बताए

विभिन्न कारणले आघातमा परेका सहारा विहीन परिवार, रोजगारी गुमाएर आर्थिक अभावमा परेका, अपाङ्गता भएका विपन्न परिवारकालागि अर्को विकल्प नभएसम्म खान पुगोस् भन्ने उद्देश्यले राहत वितरण गरिएको संयोजक टमाटाले बताए

सो परियोजना कैलालीको भजनी नगरपालिका, कैलालरी गाउँपालिका धनगढी उप महानगरपालिकामा सञ्चालित रहेको परियोजनाले आगामी दिनमा ती परिवारका लागि उनिहरुको माग अनुसार जीविको पार्जनका कार्यक्रममा जोड्न व्यवसायीक तालिम प्रदान गर्ने

शनिबार कैलाली गाउँपालिका , , नम्बर वडा धनगढी वडा नम्बर१२ मा राहत वितरण गरिएको संयोजक टमाटाले बताए । मार्च २०२२ देखि लागु भएको परियोजना अप्रिल २०२६ सम्म सञ्चालन हुने

लाभान्वित परिवार भन्छन् : के खाने भन्ने चिन्ता हटेको

कैलारी गाउँपालिका की पार्वति चौधरी शारिरीक रुपमा अपाङ्ग रहेकिछन् घरमा श्रीमान भएपनि उनि शारीरीक रुपमा कम्जार छन् एक कठ्ठा जमिनमा घर बनाएर तीन जना छोराछोरी पालनपोषण गर्न ती दम्पतिलाई धौधौ हुने गरेको प्रयाप्त जग्गा जमिन नहुँदा पावर्ती परिवारलाई के खाने के लगाउने भन्ने ठुलै पिरलो हुने गरेको मज्दुरी गर्न पनि सारिरीक रुपमा कम्जोर रहेकी पार्वतिलाई हरेक दिन के खाने भन्ने परलो हुने गरेको

शनिबार हाम्रो सहकार्य परियोजनाले राहत वितरण गर्ने कार्यक्रममा नाम आउँदा पार्वति खुशी भइन् शारिरीक रुपमा अशक्त हुँदा हुँदैपनि जसोतसो राहत बुझ्न लाईमा पुगेकी उनी अवको केही महिना भने खानको चिन्ता नपर्ने बताउँदै थिइन् ६० किलो चामल पाएपछि अव केही महिना छोराछोरीलाई के खुवाउने भन्ने चिन्ता हुनेछैन, उनि भन्छिन्, ‘त्यसपछि के हुनेहो थाहा छैन उनले हाम्रो सहकार्य परियोजनाले दिएको राहत आफुले पाएको पहिलो राहत भएको बताइन्

कैलारी की भूमिस्वरा विकको श्रीमान छैनन् क्यान्सर रोगका कारण श्रीमान वितेपछि उनलाई दुई छोराछोरी पाल्न ठुलै संघर्ष गर्नुपरेको जग्गाको नाममा घरमात्रै , उनि भन्छिन्, दिनभरी मज्दुरी गर्दा तीन/चार सय रुपैंया मात्रै पाइन्छ, त्यसले घर खर्च चलाउनै सकिदैन उनले परियोजले उपलब्ध गराएको राहतका कारण आफ्नो परिवारमा खुशी छाएको बताइन् ग्याँस चुलो पनि पाइएको , दाल चामल सवै संस्थाले उपलब्ध गराएको , यसले हाम्रो परिवारको ठुलै समस्या समाधान भएको आफुलाई जीविकोपार्जनका लागि बाख्रा पालन गर्ने इच्छा रहेको उनले बताइन्

कैलारी की श्रीमाया विकको छोरा रोजगारीको शिलशिलामा भारत गएका थिए तर उनको भारतमै मृत्यु भएपछि एउटा नाती पालनपोषण गर्ने दाइत्व श्रीमायाको काँधमा आयो श्रीमान समेत गुमाएकि श्रीमाया आफुपनि शारिरीक रुपमा अशक्त छन् खानका लागि गाउँलेको घरघरमा गएर हात थाप्नुपर्ने बाध्यता उनको यस्तोमा शनिबार ग्याँस चुलो सहति सवै खाद्य सामग्री पाउँदा उनि आफ्नो ठुलो संकट केही समयका लागि टरेको बताउँदै थिइन

मलाईत राहत पाइनेकुरा जानकारी पनि थिएन, गाउँमा बनेको सेल्फ हेल्प समुहले मलाईपनि राहत पाउने सूचिमा रखेछ, तर यति धेरै सामग्री पाइएला भन्ने विश्वास भने लागेको थिएन, यति धेरै सामग्री पाउँदा धेरै खुशी भएकिछु राहत वितरण कार्यक्रममा कैलारी गाउँपालिका का वडा नम्बर का वडा अध्यक्षको  सहभागिता रहेको थियो