धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

बाजुरामा एक बर्षमा ११ पटक भुकम्प

बाजुरामा एक बर्षमा ११ पटक भुकम्प

धनगढी बाजुरामा मात्रै एक वर्षको अवधीमा ११ पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुरामा एक बर्षमा सबैभन्दा बढी ११ पटक भूकम्प गएको जनाएको

पटकपटक गएको भुकम्पका कारण बाजुरामा सयौं घर पुर्ण रुपमा असुरक्षित बनेका छन् तर नागरिक भने ज्यानलाई हत्केलामा राखेर असुरक्षित घरमै बस्न बाध्य छन् अर्को घर तत्काल बनाउन नसक्ने अवस्था भएका नागरिक घर असुरक्षित भन्ने जानकारी पाउँदा पाउँदैपनि जोखिम मोलेर बस्न बाध्य भएका हुन्

माघ १० गते गएको भुकम्पका कारण गौमुल गाउँपालिका एकजनाको मृत्यु सँगै स्थानिय बिस्थापित भएका थिए हिमाली गाउँपालिकाको विच्छयाँ केन्द्रविन्दु भएर दशमलव रेक्टर स्केलको भूकम्प गएको थियो हिमाली गाउँपालिका, गौमुल गाउँपालिका सबैभन्दा बढी प्रभाबित भएका थिए त्यसपछि पनि बाजुरामा पटक पटक भूकम्प गइरहेको

भूकम्पका कारणले अधिकांशाका घरहरु पुरै चिराचिरा परेका छन रातको समय धेरै बासिन्दा घर छोडेर खुला आकाशमुनि बस्दै आएको गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले वताएका छन् पुर्ण रुपमा क्षति भएका परिवारलाइ पालको ब्यबस्थापन गरेका छौ, जोखिम परिवारको ब्यबस्थापन भने गर्न नसकेको रोकायाले वताए गाउँपालिकामा हजार सय ५० परिवार मध्ये सय ७० परिवारका घर जोखिममा रहेका छन् सय ७० परिवारका बासिन्दा सबै बिस्थापित भएको गाउँपालिकाले वताएको केही घर भत्किएका छन्, भने अधिंकाश घर पुरै चर्कीएकाले घरनै जोखिममा रहेका छन्

त्यस्तै हिमाली गाउँपालिकामा पनि ४० प्रतिशत बढी घर जोखिममा रहेको पालिकाले जनाएको बुढिनन्दा नगरपालिका बडिमालिका नगरपालिकामा पनि धेरै घरहरु भत्किने अबस्था पुगेको पालिकाले जनाएको बाजुरामा पटक पटक भूकम्प जाने भएकाले बाजुरा बासी त्रसित बन्दै गएका छन् कुनै रात खुला आकाशमुनि बिताउने गरेको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले वताएका छन् बाजुराको हिमाली गाउँपालिका सँगै हुम्लाका ताजाकोट गाउँपालिका लगायतका बासिन्दाका घर जोखिममा रहेका छन्

प्रमुख जिल्ला अधिकारी पुष्कर खडकाका अनुसार सबैभन्दा बढी गौमुल हिमाली गाउँपालिका जोखिम भएपनि प्रभाबित भने वटै पालिका रहेको वताए प्रत्येक पालिका बाट जोखिमको तथ्याङ्क माग्ने काम भइरहेको खड्काले वताए अधिकांशका घर बस्न लायक नभएको प्रशासनले जनाएको

एकातिर भूकम्पले घर चिरा चिरा भएका छन्, अर्कोतिर बर्षात सँगै बाढीपहिरो जाने सम्भाबनाले धेरै परिवार बिस्थापितको चरणमा रहेका छन् उसै बाजुरा बाढी पहिरोको उच्च जोखिममा हो, त्यसैमा भूकम्पले घर चिराचिरा बनाएपछि बाजुरा पुर्ण रुपमा जोखिममा रहेको जिल्ला समन्वय समिति प्रमुख तुलसिराम रोकायाले वताएका छन्

सुदूरपश्चिम कर्णाली प्रदेश अन्य भन्दा दुर्गम क्षेत्र हुन् यस क्षेत्रमा गरिबीको रेखामुनि रहेका जनताको बाहुल्य यो क्षेत्रका धेरै सर्वसाधारण आफैं भूकम्पीय जोखिमबारे जागरुक सक्षम पनि छैनन् आर्थिक हिसाबले समेत विपन्नहरूको बाहुल्य रहेको यी क्षेत्रमा सरकारले घरहरूलाई भूकम्प प्रतिरोधी भवन बनाउन कुनै योजना आवश्यक देखेकै छैन नागरिक अगुवा कृष्ण अधिकारीले वताएका छन् बाजुरामा पटक पटक भूकम्प गइरहने भएपनि जनचेतना कार्यक्रम भने कतै भएको पाइदैन् अर्को भूकम्प पुर्वतयारी समेत नभएको बाजुरा क्याम्पसका प्रमुख सुरेश पण्डितले वताएका छन्