धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

राज्यका सवै निकाय लागुऔषध दुर्व्यसनि नियन्त्रण गर्न लाग्नु पर्छ : मन्त्री साउँद

राज्यका सवै निकाय लागुऔषध दुर्व्यसनि नियन्त्रण गर्न लाग्नु पर्छ : मन्त्री साउँद

धनगढी सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले बढ्दो लागुपदार्थ दुर्व्यसनी नियन्त्रण गर्न राज्यका सवै निकायको संयुक्त कार्यक्रम सञ्चालन हुन पर्नेमा जोड दिएका छन्

कुनै एउटा निकायले लागुपदार्थ दुर्व्यसनी नियन्त्रणमा लागेर यो समस्या समाधान हुन नसक्ने भन्दै मन्त्री साउँदले राज्यका सवै निकायले संयुक्त कार्यक्रम सञ्चालन गरी हातेमालो गरेको अवस्थामा मात्रै समस्या समाधान हुने बताए

कटक भण्डारी फाउण्डेसनको आयोजना संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहयोगमा सोमबार धनगढी स्थित त्रिभुवन माविमा आयोजित लागु औषध दुर्व्यसन बिरुद्ध सचेतना कार्यक्रममा मन्त्री साउँदले लागुपदार्थ दुर्व्यसनी देशको भविश्यसंग जोडिएको विषय भएको बताउँदै यस्तो विषयमा राज्यका सवै निकाय गम्भिर बन्नुपर्नेमा जोड दिए

प्रहरीले दुर्व्यसनमा लागेका युवालाई समातेर मुद्धा हाल्ने काम गर्दै आएको , मन्त्री साउादले भने, ‘तर प्रहरी एक्लैले लागेर यो समस्या समाधान हुने हैन, शिक्षक, कर्मचारी, प्रहरी सवैले यो समस्या रोक्न आफ्नो तर्फबाट भूमिका निर्वाह गर्नु पर्दछ

सुदूरपश्चिमको कैलाली कञ्चनपुरमा लागुपदार्थ दुर्व्यसन समस्या भयावह बन्दै गएको सो समस्या विस्तारै पहाडी जिल्लामा पनि फैलन थालेको मन्त्री साउँदले बताए  

लागुपदार्थ दुर्व्यसनी अन्त्यका लागि प्रदेश सरकार कटिबद्ध रहेको मन्त्री साउँदले बताए उनले लागुपदार्थ दुर्व्यसनी नियन्त्रणका लागि सामाजिक विकास मन्त्रालयले बजेट छुट्याएको निजी क्षेत्रसंग सहकार्य गरेर जाने बताए मन्त्री साउँदेल विद्यार्थीलाई गलत बाटोमा नलाग्न समाजलाई पनि सही बाटोमा जाने सनदेश दिन आग्रह गरे युवाको सपनामा देशको भविश्यसंग जोडिएको हुने भन्दै मन्त्री साउँलदे देशलाई समुन्नत बनाउने सपना देख्न विद्यार्थीसंग आग्रह गरे

संगम बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष तथा शिक्षा विद रघुबिर भट्टले कटक भण्डारी फाउणडेसनले समाजलाई सकारात्मक दिशामा लैजान प्रेरणादायि काम गर्दै आएको बताए कटक भण्डारी फाउण्डेसन जस्तै सवै संघ संस्थालाई समाज सुधारका क्षेत्रमा काम गर्न पनि उनले आग्रह गरे उनले युवा नर्शरीमा हुर्कदै गरेको बोट जस्तै भएको भन्दै नर्शरीबाट राम्रो बाट उत्पादन गर्न सकेमात्रै त्यसले भविश्यमा राम्रो फल दिन सक्ने बताए नर्शरीमै रोग लागेको फल रोपेमा त्यसले राम्रो फल दिन सकदैन, भट्टले भने, ‘नर्शरीमै रहेका युवालाई हामीले सही बाटोमा हिडाउन नसके उनिहरुले देशका लागि राम्रो काम गर्न सक्दैनन्, त्यसैले युवालाई राम्रो बाटोमा हिडाउन हामी सवैको हातेमालो हुन जरुरी युवालाई व्यवसायमा जोड्न सके कुलतबाट बचाउन सकिने उनको भनाई

योग प्रशिक्ष सुवाश मुस्कानले सकारात्मक लत (नशा) बसाल्न विद्यार्थीलाई आग्रह गरे सकारात्मक लतले आफु संगै समाज देशका लागि राम्रो योगदान दिन सकिने उनले बताए समाजको सेवा गर्नु, धेरै पढ्नु, गलत कुराका बिरुद्ध नडराएर बोल्नु सकारात्मक लत भएका उनले बताए तर नकारात्मक लतमा लागेमा भने एक जना युवाका कारण समाजनै विग्रने भन्दै उनले नराम्रो लत भएका मानिसको संगतबाट टाढै रहन विद्यार्थीलाई सुझाव दिए  

त्रिभुवन माविका सहप्रधानाध्यापक खेमराज बोगटीले लागुपदार्थ दुर्व्यसनीमा लाग्दा हुने नकारात्मक असर बारेमा विद्यालयले पनि विद्यार्थीलाई सचेत गराउने गरेको बताए

तर किशोराअवस्थामा हुने जिज्ञासु स्वभाव तिब्र शारिरीक परिवर्तन संगै युवाले नराम्रा कुरा अवलम्बन गर्ने गरेको बताउँदै उनले किशोराअवस्थामा युवालाई सही बाटोमा हिड्न सिकाउन सके दुव्र्यनसबाट बचाउन सकिने बताए उनले विद्यार्थिले आफ्नो आचरण सुधारमा विशेष ध्यान दिनु आवश्यक रहेको बताए

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक सन्तोष बस्यालले हरेक बर्ष लागुपदार्थ दुर्व्यसनमा लाग्ने युवाको संख्या दुई गुणाले बढ्न थालेको भन्दै यसलाई रोक्न समाजका सवै निकाय गम्भिर हुनुपर्नेमा जोड दिए

उनले लागुपदार्थ दुर्व्यसनलाई समाजलेनै संरक्षण गर्ने गरेको आरोप समेत लगाए कुनै पनि युवक गलत काममा संलग्न भएको जानकारी समाजलाई भइहाल्छ, बस्यालले भने, ‘त्यसतो जानकारी पाउने वित्तकै प्रहरीलाई खबर गर्नुपर्ने हो, तर समाजले उल्टै घटना लुकाउँछ जस्का कारण एक पछि अर्को गर्दै युवा दुर्व्यसनमा फस्ने गरेका छन्

धनगढी उप महानगरपालिकाका स्वास्थ्य अधिकृत डा. कृष्ण बोहराले लागुपदार्थ दुर्व्यसनी क्यान्सर रोग जस्तै समाजका लागि घात बन्न थालेको बताए यस्तो घातक समस्यालाई सवै मिलेर जरै देखि उन्मुलन गर्नुपर्नेमा जोड दिए उनले किशोरा अवस्थामा धेरै युवक नराम्रो संगतमा लाग्ने कुलतमा फस्ने गरेको भन्दै किशोरा अवस्थामा आफुलाई सम्हाल्न आग्रह गरे किशोर किशोरीलाई आफुभन्दा ठुलाले भनेका राम्रा कुला व्यवहारमा लागु गर्न पनि उनले आग्रह गरेका छन्

कार्यक्रमबारे जानकारी दिंदै संगम बचत तथा ऋण सहकारी संस्थाकी प्रबन्ध निर्देशक बसन्ति बोहराले सहकारीका शिद्दान्त मध्य एउटा शिद्धान्त सामाजिक काम रहेको बताइन् लागुआौषध नियन्त्रण  सम्बन्धि महत्वपुर्ण कार्यमा संगमलाई जोड्न पाउँदा खुशी लागेको बताउँदै उनले अन्य संघ संस्थालेपनि लागु पदार्थ दुर्व्यसनी अन्त्यका लागि काम गर्न लाग्नु पर्ने बताइन्

उनले गलत संगतका कारण युवा लागुपदार्थ दुर्व्यसनीमा फस्ने गरेको भन्दै नराम्रो संगतमा नलाग्न विद्यार्थीलाई आग्रह गरिन्

कार्यक्रम समापन गर्दै कटक भण्डारी फाउण्डेसनका अध्यक्ष  गणेण बहादुर भणडारीले लागुपदार्थ दुर्व्यसनीको अवस्था हेर्न सिमावर्ति क्षत्रमा जान आग्रह गरे सीमा क्षेत्रमा जाँदा हाम्रा छोराछोरीको अवस्था कस्तो , लागुपदार्थ दुर्व्यसनको दलदलमा हाम्रो समाज कसरी डुब्दैछ भन्ने स्पष्ट हुन्छ, अध्यक्ष भण्डारीले भने, ‘त्यसतो दलदलबाट समाज माथी निक्लोस् भनेर कटक भण्डारी फाउण्डेसनले ठाउँठाउँमा जनचेतनामुलक कार्यक्रम अर्दै आएको फाण्डेसनले दुर्व्यसन मुक्त समाज निर्माण संगै आर्थिक समस्याका कारण उपचार गर्न नसकेर अलपत्र परेका नागरिकलाई, आर्थिक समस्यामा परेका नागरिकलाई समेत निस्वार्थ भावनाले सहयोग गर्ने गरेको भण्डारीले बताए   उनले विद्यार्थीलाई आफ्ना आमा बुबोको सपना पुरा गर्ने लक्ष्य सहित उभ्याउन आग्रह गरे कार्यक्रम सञ्चालन करन बानियाले गरेका थिए, भने स्वागत मन्तव्य फाउण्डेसनका सदस्य सुरत भुलले गरेका थिए

कार्यक्रममा सहभागि भई वक्ताका कुरा ध्यान पुर्वक सुन्ने कक्षा १० का विद्यार्थी सुरज ऐरी कक्षा ११ मा अध्ययन रत छात्रा सावित्री धामिलाई फाउण्डेसनले मायोको चिनो सहति सम्मान गरेका थियो