धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

बजेट अभावले बन्द भयो पशुपन्छी अन्वेषण प्रयोगशाला

बजेट अभावले बन्द भयो पशुपन्छी अन्वेषण प्रयोगशाला

धनगढी चालु आर्थिक बर्षका लागि कुनै पनि निकायबाट बजेटको शुनिश्चितता नभएपछि धनगढीमा रहेको पशुपञ्छि रोग अन्वेषण प्रायेगशालाको काम सोमबार देखि बन्द भएको

चालु आर्थिक वर्षमा कुनै पनि शीर्षकमा बजेटको व्यवस्था नभएकाले बाध्य भएर सेवाहरु बन्द गर्नुपरेको प्रयोगशालाका प्रमुख डा. नरेश जोशीले बताए उनले अर्को व्यवस्था नभएसम्मका लागि सेवा प्रवाह बन्द गरिएको बताए

अहिले जताततै लम्पी स्किन रोगको संक्रमण रहेको , प्रयोगशाला प्रमुख जोशीले भने, ‘यस्तो अवस्थामा काम बन्द गर्नुपर्दा मन दुखेको , तर श्रोत नभई कसरी काम गर्ने, कर्मचारीको जिम्मा कस्ले लग्ने भन्ने प्रश्न आएपछि सोमबार देखि सेवा बन्द गरिएको हो

आर्थिक वर्ष २०८०८१ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार संस्थागत संरचनाको समेत अन्योलता रहेको जनाएको जसको कारण बजेटको व्यवस्था नहुँदा प्रदान गर्दै आएका सेवाहरु बन्द गर्नुपरेको जोशीले बताए पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले पशुपन्छीमा लाग्ने विभिन्न रोगको जाँच गर्दै आएको थियो प्रायोग शालाबाट २४औं घण्टा पशु एम्बुलेन्स सेवा सञ्चालन समेत हुने गरेको थियो

कञ्चनपुरको पशु क्वारेन्टिन पनि बन्द

बजेट अभावकै कारण कञ्चनपुर स्थित पशु क्वारेन्टिन कार्यालयले पनि सेवा बन्द गरेको सोमबारदेखि भारतबाट आयात हुने तथा नेपालबाट भारततर्फ निर्यात हुने सामग्रीको परीक्षण तथा जाँचलगायतको काम बन्द भएको हो

चालु आर्थिक वर्षको बजेट भाषणमा तीनवटै क्वारेन्टिनलाई गाभेर भन्सार कार्यालयभित्रै राख्ने घोषणा गरिएको थियो तर क्वारेन्टिनहरू नगाभिँदै बजेट रोकिएपछि सेवा प्रवाह गर्नै समस्या भएको भन्दै नाकामा हुने जाँचदेखि परीक्षणको काम बन्द भएको हो

गत वर्ष पनि बजेट आएन, अहिले पनि बजेट नआउँदा परीक्षण किटदेखि अन्य सामग्री खरिद गर्नै नसकिने भयो, पशु क्वारेन्टिन कार्यालय कञ्चनपुरका प्रमुख डा. उत्तम आचार्यले भने, ‘विभागबाटै सेवा बन्द गर्न परिपत्र भएको बजेट अभावमा कार्यालय खोल्ने कर्मचारीको समेत अभाव हुने भयो

उनका अनुसार अहिले सवारी चालकदेखि कार्यालय सहयोगी सबै करारमा छन् बजेट नआएपछि ती कर्मचारीको करार थप गर्न नसक्दा कार्यालय खोल्ने कर्मचारीको समेत अभाव भएको हो भारतबाट आयात हुने पशुपन्छी तथा पशुपन्छीजन्य सामग्रीको जाँचदेखि अनुगमन, निगरानी आवश्यक भए नष्ट गर्नेसम्मको काम पशु क्वारेन्टिन कार्यालयले गर्दै आएको खासगरी कुखुराको दाना, औषधि, माछा अन्य पशुपन्छीको जाँच नाकामा पोस्ट राखेरै भइरहेको थियो सोमबारदेखि ती सबै पोस्टबाट प्रदान हुने सेवासमेत बन्द भएको