धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024
भीमदत्त राजमार्ग अबरुद्धको प्रभाव

तरकारी कुहीएपछि बाटोमा फालेर फर्कर्दै व्यवसायी

तरकारी कुहीएपछि बाटोमा फालेर फर्कर्दै व्यवसायी

धनगढी एक  साता सम्म पहाडी जिल्ला जोड्ने मुख्य राजमार्ग अबरुद्ध बनेपछि पहाडबाट तराईका लागि ल्याइएको तरकारीमा व्यवसायीलाई लाखौंको नोक्सानी भएको

साउन २२ गते राती बुढीतोला पुगेका डडेल्धुराका महेश साउँदले ६० हजारको तरकारी ल्याएका थिए जिल्लाका विभिन्न क्षेत्रबाट कृषकले उत्पादन गरेका तरकारी तथा फलफूल बोकेर धनगढी ल्याउने क्रममा बाटो अबरुद्ध भएपछि अन्य सवारी झै बुढीतोलामा महेसको ट्रक पनि रोकियो सडक कर्मचारीले एक/दुई दिनमै बाटो बन्ने आस्वासन दिए पछि उनले ट्रक फिर्ता गरेनन् दुई दीनमा बाटो खुलेको अवस्थामा पनि तरकारी फलफूल तराई सम्म पु¥याउन सकिने उनको अपेक्षा थियो

तर सडक कर्मचारीले भने अनुसार भीमदत्त राजमार्ग सुचारु नभएपछि महेशको ६० हजारको तरकारी तथा फलफूल नष्ट भयो उनले बुढीतोलामै तरकारी फालेर आफु फर्केको बताए पहाडमा फलेको काउली, टमाटर, बइजन, काँक्रा लगायतका तरकारी तराईमा ल्याएर वेच्ने गरेको थिए, साउदले भने, ‘त्यसो गर्दा मलाई पनि दुईचार पैसा बच्ने स्थानीय कृषकले उत्पादन गरेको कृषि उपजले पनि राम्रो मुल्य  पाउने गरेको थियो, यस पटक भने ६० हजारको पुरै तरकारी नष्ट भएको , त्यती नोक्सानीको कसरी पुर्ति गर्नेहो साच्नै सकिएको छैन

उनले २२ गते राती बाटोमा रहेका सवै तरकारी तथा फलफूल व्यवसायीको तरकारी नष्ट भएको उनले बताए कतिपयले बढीतोलाबाट बोकेर धेरै थोरै तरकारी अत्तरिया सम्म पु¥याउन सके, उनले भने, ‘तर धेरैले बोक्न सकेनन् बाटैमा तरकारी फालेर घाटा व्यहोर्नुप¥यो

पहाडी जिल्लाबाट नियमित रुपमा तरकारी ढुवानी हुन नसकेपछि तराईमा तरकारीको मूल्य समेत आकाशिएको अहिले पहाडी जिल्लाहरुबाट आउने आलु, बन्दा, काउली, बोडी टमाटर लगायतको मूल्य झण्डै दोब्बर पुगेको पहाडी जिल्लाबाट आउने आलु पाउनै मुस्किल हुन थालेको आलु ल्याउनै सकिएको छैन, ल्याएपछि भाडाले मूल्य दोब्बर भएको , अत्तरिया स्थित तरकारीका थोक व्यवसायी बिरभान बाहराले भने, ‘एक हप्तामा आलुको मूल्य दोब्बर भएको , उपभोक्तालाई मुख्य भन्न पनि समस्या हुन थालेको

उनका अनुसार बाटो अवरुद्ध हुनुभन्दा अघि ४० किलोको आलुका बोरा एक हजार सय ५० रुपैंयामा अत्तरियामा पुग्ने गरेको थियो तर अहिले ४० किलो आलुको मुल्य तीन हजार पुगेको आलु मात्रै होइन बन्दा, काउली, बोडी, मुला टमाटरको मूल्य समेत अनपेक्षित रुपमा बढेको

बन्दा प्रतिकिलो ६० रुपैयाँमा बिक्री भइरहेको एक हप्ताअघिसम्म बन्दाको मूल्य ४० थियो काउली प्रतिकिलो ५० देखि बढेर ७० पुगेको डडेलधुराबाट पठाएको काउली दिनपछि अत्तरिया पुग्यो, तरकारी व्यवसायी मानबहादुर पालले भने, ‘आधाभन्दा बढी बाटोमै बिग्रेर आएको , अब कतिमा कसरी बिक्री गर्नु अहिले महेन्द्रनगर बजारमो टमाटरको मूल्य प्रतिकिलो डेढ सय पुगेको

साउन २२ गते राती साता परेको ठूलो वर्षापछि पहाडी जिल्लाबाट आउने तरकारी मात्रै नभएर तराईमै उत्पादन हुने लहरे तरकारीको मूल्यसमेत दोब्बर भएको एक हप्ताअघिसम्म प्रतिकिलो ५०÷६० मा बिक्री भइरहेको लौका फर्सी सयमा पुगेको

लगतारको वर्षाले स्थानीय उत्पादन घटेको , तरकारी फल्नै पाएको छैन, तरकारी व्यवसायी मदनराज पाण्डेले भने, ‘ ‘पहाडबाट आउने तरकारी पनि ढुवानी भाडा बढेको उनकाअनुसार अहिले डडेलधुरा लगायत पहाडी जिल्लाबाट आउने तरकारी पहिरो गएको ठाउँमा पिठ्युमा बोकेर ल्याउनु परिरहेको जसका कारण ढुवानी भाडा बढेको

अवरुद्ध भएको भीमदत्त राजमार्ग खुलेपछि पहाडी जिल्लाबाट तरकारी ढुवानी हुन सहज भएमा मूल्य घट्ने व्यवसायीहरुको अनुमान यसैगरी वर्षा कम भएमा तराईमा पनि तरकारीको उत्पादन बढ्ने अनुमान गरिएको