धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024
९ वटा विद्यालयका कक्षा समायोजन भई पठनपाठन सुरु

धनगढीमा समायोजन हुन थाले विद्यालय

धनगढीमा समायोजन हुन थाले विद्यालय

धनगढी धनगढी उप महानगरपालिकाले गरेको निर्णय अनुसार धनगढीका सामुदायि विद्यालय समायोजन हुन थालेका छन् । धनगढी उप महानगरपालिकाले विद्यार्थी संख्या कम भएका, भौतिक संरचनाको अभाव भएका केही सामुदायिक विद्यालय तथा केही विद्यालयका कक्षाहरु समायोजन गर्ने निर्णय गरेको थियो

जस अनुसार धनगढीका वटा विद्यालय समायोजन भई संयुक्त रुपमा पठनपाठन गर्न थालेका छन् । धनगढी उप महानगरपालिकाका अनुसार धनगढी११ मा रहेको जोकैया आधारभुत विद्यालय सोही वडाको वेला आधारभुत विद्यालयमा समायोजन भई पठन पाठन सुरु भएको सो विद्यालयको कक्षा देखि कक्षा तीन सम्म समायोजन गरिएको थियो

त्यसैगरी धनगढी१८ को नेपाल भू.पु सैनिक आधारभुत विद्यालयका कक्षा सोही वडाको खप्तडी आधारभुत विद्यालयमा समायोजन भई पठनपाठन सुरु भएको उप महानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख नरेन्द्र खातिले बताए । उनका अनुसार धनगढी१७ मा रहेको कालिका आधारभुत विद्यालया कक्षा सोही वडाको न्यू कालिका आधारभुत विद्यालयमा समायोजन भई पठनपाठन सुरु भएको

त्यसैगरी धनगढी को भैरब बाबा आधारभुत विद्यालय सोही वडाको बासुदेवि माविमा समायोजन भई संयुक्त पठनपाठन सुरु भएको भैरवबाबाका देखि सम्मका कक्षा बासुदेवि माविमा समायोजन गर्ने निर्णय भएको थियो । महाशाखा प्रमुख शाखतिका अनुसार धनगढी स्थित सरस्वति आधारभुत विद्यालय नजिकै रहेको वडानम्बर को धनगढी माविमा समायोजन भई पठनपाठन सुरु भएको सरस्वति माविको देखि सम्मका कक्षा समायोजन गर्ने निर्णय भएको थियो

यस्तै धनगढी१२ मा रहेको नवदुर्गा आधारभुत विद्यालय कक्षा देखि सम्मका कक्षा सोही वडामा रहेको दुर्गा आधारभुत विद्यालयमा समायोजना भएर पठनपाठन सुचारु भएको , भने धनगढी १५ को जनजागृति आधारभुत विद्यालय कक्षा देखि सम्म सोही वडाको राष्ट्रिय माविमा समायोजन भइ पठनपाठन सुरु गरिएको उप महानगरले जनाएको

यस्तै धनगढी १३ मा रहेको जनता राष्ट्रिय मा.विको कक्षा १० सोही वडाका जनता राष्ट्रिय मा.विमा सयोजन भएका छन् भने धनगढी१६ स्थित दिपेन्द्र चारपाते मा.विको १० कक्षा सोही वडाको बेहडाबाबा मा.विमा समायोजन भइ पठनपाठन सुरु भएको महाशाखा प्रमुख खातिले बताए

साउन १४ गते बसेको धनगढी उप महानगर पालिका कार्यपालिकाको बैठकले साउन १४ गते उप महानगरका १४ वटा सामुदायिक विद्यालयलाई समायोजन गर्ने निर्णय गरेको थियो । वैठकले आधारभूत तहका दुईवटा विद्यालयका देखि सम्मका सबै कक्षा, आधारभूत तहकै वटा विद्यालयका देखि सम्मका कक्षा दुईवटा विद्यालयका १० कक्षा गाभ्ने निर्णय गरेको थियो