धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024

सुदूरपश्चिममा फेरी गौरा पर्व सरु

सुदूरपश्चिममा फेरी गौरा पर्व सरु

धनगढी भदौ गते गौरा नमनाएका ठाउँमा सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा सोमबारदेखी पुनः सुरु भएको पौराणिक कालमा भगवान महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि भगवान शिवलाई पतिको रुपमा प्राप्ति भएको विश्वास गरिन्छ

त्यति बेलादेखि गौरा महेश्वरको विवाहको सम्झाना स्वरुप यो पर्व मनाउने परम्परा चल्दै आएको यो बर्ष ज्योतिषहरुबीच विवादका कारण दुई गौरा भएका छन् केही ठाउँमा भदौ गते गौरा मनाइसकिएको भने केही ठाउँमा सोमबारदेखि गौरापर्व शुरु भएको यस पर्वमा आज पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राखेका छन्

घरको एक कोठामा गाईको गोबरले लिपेर तामा पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर दुबो लगाइ टीका अक्षताले सिङ्गारेर धुप बत्ती बालेर पञ्चअन्न गहुँ, मास, गहत, गोरस कलौ भिजाएर राखेर भगवन महेश्वरको आह्वान गर्ने कार्यलाई बिरुडा भनिन्छ

त्यस दिन महिलाले माङ्गलिक गीतहरु गाउँदै गाउँका पँधेरो, खोला, नदीको मुहानमा बिरुडा भिजाउनाका साथै पञ्च वनस्पति (धान, साँउ, तिल, बेल पाती) को पुत्ला बनाएर पँधेरामा राखी पूजा गर्ने बिरुडा लिएर मङ्गल गीतसँगै घरमा ल्याएर राख्ने गर्छन् विवाहित महिलाले गौरा पर्वमा बर्त बसी कण्ठसूत्र धारणा गर्नुपर्ने पुरुषसरह गायत्रीजप गरी भोजन ग्रहण गर्ने प्रचलन

सप्तमीका दिन महिलाले दिनभरि बर्त बसेर आफ्नो परिवारको सुख, समृद्धि चिरायूको कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पूजा गर्ने चलनसमेत रहेको