बझाङको जयपृथ्वी नगरपालिका ७ सुवेडामा चितुवाले स्थानियका ८ बाख्रा खायो, एक घाईते

बझाङको जयपृथ्वी नगरपालिका ७ सुवेडामा चितुवाले स्थानियका ८ बाख्रा खायो, एक घाईते

नरेन्द्र उपाध्याय ।

बझाङको जयपृथ्वी नगरपालिका सुवेडाको पानी काफल सामुदायिक वनमा चितुवाले स्थानियका वाख्रा खाएको स्थानिय लोक वहादुर वम्मका वाख्रा जय प्रकाश बम्मका वाख्रा खाएको भने एक बाख्रा घाईते अवस्थामा भेटिएको स्थानिय पारस बम्मले जानकारी दिएका छन खाएका बाख्रा केहि मारेछ छोडेको अवस्थामा भेटिएका छन भने केहिको आधि शरिर खाएको स्थानियले वताएका छन

 चितुवाको आक्रमणवाट झण्डै लाख वरावरको क्षति भयको जनाईएको हिजो दिउसो जॅगलमा चराउन लगाएका बाख्रा राती घर आए पछि हिजो राती देखि नै खोजीमा जुटेका स्थानियले आज विहान बजे मात्र थिए बाख्राहरु खाएको अवस्थामा फेला पारेका थिए बाघले खाएर छोडेका बाख्रा आजै स्थानिय जनप्रतिनिधि,प्रहरी तथा डिभिजन वन कार्यालयको रोहवरमा मुचुल्का वनाएर गाडिएको

डिभिजन वन कार्यालयले मानव बन्यजन्तु द्वन्दवाट क्षति भयका पशु चौपायाको वन ऐन अनुसार मुल्याङकन गरेर सरकारले क्षतिपूर्ती दिने जनाएको

त्यस्तै कार्यालयले सामुदायिक वनहरुमा चितुवाको आक्रमण हुन सक्ने भयकाले सचेत रहन आग्रह गरेको छ  । डिभिजन बन कार्यालयका निमित्त प्रमुख कर्ण वहादूर खातीले स्थानियहरुले बाघले बाख्रा खाएको भन्ने जानकारी दिए पनि बझाङमा ठुलो पाटे बाघ हाल सम्म नभेटिएको चितुवा नै भेटिएको हुनाले चितुवाले वाख्रा खाएको वताएका छन

 उनले भने-" स्थानिय भाषामा बाघ नै भनिने गरेपनि वास्तवमा त्यो बाघ नभयर चितुवा हो " चितुवाले प्राय जसो मान्छेलाई पनि आक्रमण गर्ने भयकाले सामुदायिक वनमा जादा ख्याल गर्नु पर्छ

निमित्त प्रमुख खातीका अनुसार चितुवाको सॅख्या कम भय पनि कैले काहि खप्तड राष्ट्रिय निकुञ्जवाट पनि आहाराको खोजिमा यहासम्म पुग्ने गरेका छन जॅगलमा आहारा नपाउदा स्थानियका घरसम्मै पनि आउने गरेकाले सचेत बन्नु पर्ने उहाको भनाई पाटेवाघका पाटा परेको हुने आकारमा ठुलो हुने भय पनि चितुवा बाघ भन्दा सानो हुन्छ शरिरमा थोप्ला थोप्ला परेका हुन्छन आक्रमणमा बाघ भन्दा पनि बढी आक्रमण गर्ने यो चितुवा रुखमा समेत जाने गर्दछ