धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

उद्योगको धुवाँ, धुलोका कारण सास्ति खेप्दै राजपुर वासी

उद्योगको धुवाँ, धुलोका कारण  सास्ति खेप्दै राजपुर वासी

धनगढी धनगढी उपमहानगरपालिका १३ राजपुर स्थित राजश्री इन्ड्रस्ट्रिजले उद्योगिक प्रदुषण नियन्त्रण नगर्दा आसपासका स्थानीय प्रदुषित धुँवा धुलोको सिकार बन्न थालेका छन्

उद्योगको चिम्निबाट निस्कने धुँवा धानको भुस लोड गर्दा निष्कने धुलोका कारण स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरेको आफुहरुको दैनिकि नै अस्तव्यस्त हुनेगरेको स्थानीय बताउँछन्

उद्योग सञ्चालकले लामो समय देखि चिम्नी व्यवस्थापन गर्ने भन्दै आस्वासन मात्रै दिने गरेको तर समस्याको समाधान कहिलै नगर्ने गरेको स्थानीयले गुनासो गरेका छन्

सडकमै भुस लोड गन्छि, भुस जम्मा गर्ने गोदामको गेट पनि कहिल्यै बन्द गरिंदैन, स्थानीय दीपक पूजाराले भने, ‘भुस लोड गर्दा वरिपरिको वातावरण धुलाम्य हुने गरेको , चिम्नि पनि राम्रो छैन, मिल चल्दा चिम्नीको धुँवाले पनि श्वाँस फेर्न समस्या हुने गरेको

मिल सञ्चालकले चिम्नि व्यवस्थापन गर्ने भन्दै दुई दशक देखि नागरिकलाई छल्नेगरेको उनको आरोप यहाँ बसेको १६ बर्ष भन्दा बढी भइसक्यो, उनले भने, ‘यस विचमा मिलबाट निस्कने धुँवा धुलो नियन्त्रणका लागि यहाँका नागरिकले पटकपटक उद्योगिसंग आग्रह गरेका छन्, उद्योगिले सधै छिट्टै वयवस्थापन गछौं भन्दै हामीलाई झक्याउने गरेको

उद्योगबाट हुने प्रदुषण नियन्त्रणका लागि उद्योगमा कार्यरत कर्मचारी, वडा अध्यक्ष तथा राजपुर विटको प्रहरीलाई पटकपटक आग्रह गर्दा समेत वेवास गरिएको उनले बताए उनले मिलबाट निस्कने भुसको धुलो धुँवाका कारण आफुलाई छालाको समस्या देखिएको बताए उद्योगबाट निस्कने दुषित ढलको उचित व्यवस्थापन नहुँदा झनै समस्या भएको उनको गुनासो

हामीले पटकपटक प्लान्ट उद्योगबाट निस्कने धुँवा अन्य प्रदुषण नियन्त्रणका लागि सञ्चालक संग पनि आग्रह गरेका छौं, स्थानीय व्यवसायी दिपेन्द्र थापाले भने, ‘त्यताबाट सुनुवाई नभएपछि जनप्रतिनीधि प्रहरीलाई पनि समस्या समाधानका लागि पहल गर्न आग्रह गरिसकेका छौं, तर कतैबाट पनि हाम्रो समस्या समाधानको प्रयत्न भएको छैन, नागरिकमा उद्योग प्रति आक्रोस बढेको

उद्योगमा कुटानी, पिसानीको काम हुँदा चिम्निको धुँवाले सताउँछ, उनले भने, ‘सडकमा गाडी तेस्र्याएर भुस भर्नेकाम हुँदा त्यताबाट आउने धुलोले पनि बसिनसक्नु हुने गरेको , उद्योगका कारण हाम्रो स्वास्थ्यमा गम्भिर समस्या उत्पन्न भइरहेको उद्योगबाट निस्कने धुँवाका कारण सो क्षेत्रका नागरिकमा दम, निमोनिया संगै क्यान्सर जस्तो प्राणघातक रोग देखिने गरेको उनले बताए सुरुमा त्यतिधेरै असर गरेजस्तो देखिएको थिएन, उनले भने, ‘तर अहिले त्यसको असर देखिन थालेको

भुस कुहीएर निस्कने दुर्गन्धका कारण पनि नागरिकलाई समस्या हुने गरेको स्थानीय मोहन विष्ट बताउँछन् मिल भित्रबाट आउने प्रदुषित पानीको व्यवस्थापन गरिएको छैन, उनले भने, ‘बर्षा याममा दुषित पानी भुस कुहीदा वरिपरिको वातावरण निकै दुर्गन्धित हुने  गरेको , यस विषयमा जनप्रतिनीधि पनि गम्भिर हुन सकेका छैनन्

उनले उद्योग सञ्चालन देखिनै स्थानीय नागरिक कुनैन कुनै रुपमा समस्यामा पर्ने गरेका बताए सुरुमा भुस खुल्ला हावामा उडाइन्थ्यो, जसका कारण यहाँका नागरिकले धेरै दुःख पाए, उनले भने, ‘अहिले पनि त्यो समस्या हटेको छैन

राजश्री फुड इन्डस्ट्रिज प्रालिका प्रबन्ध निर्देशक मनोज अग्रवालले चिम्नि व्यवस्थापनका गर्ने जनशक्ति नेपालमा नहुँदा समस्या भएको बताए

औद्योगिक धुावा जमिनमा आउन नदिनका लागि अग्लो चिम्नि निर्माण गर्नेपर्ने हुन्छ, अग्रवालले भने, ‘त्यसतो चिम्नी बनाउने जनशक्ति यहाँ छैन, भातबाट ल्याउनु पर्छ, त्यहाँको जनशक्ति सजिलै यता आउन मान्दैनन् सो विषयमा आफु गम्भिर रहेको उनले बताए तर भुषाको व्यवस्थापन भने पहिलोको भन्दा धेरै राम्रो संग गरिएको उनले बताए भुस फाल्ने ठाउँमा चारै तिर पर्खाल लगाइएको टिनको ढोका समेत निर्माण गरिएको उनले बताए त्यती हुँदा पनि कुनै समस्या भए त्यसलाई व्यवस्थापन गर्न आफु तयार रहेको उनले बताए