धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

सुदूरपश्चिमका पहाडी जिल्लामा बुढी पोलिंदै

सुदूरपश्चिमका पहाडी जिल्लामा बुढी पोलिंदै

धनगढी सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा बुढी पोल्ने पर्व मनाइदैछ बर्षाको कालो दिनलाई जीतेर शरद ऋतुमा प्रवेस गरेको नराम्रो समय विरुद्ध विजय भएको उत्सवमा राक्षस प्रवृतिको प्रतिकका रुपमा बुढीलाई लग्ने गरिन्छ

भाद्र संक्रान्तिका दिन गाडिएको बुढीलाई असोज गते साँझ पोल्ने चलन रही आएको स्थानीय संस्कृतिका जानकार आर्चाय घनश्याम लेखकले बताए द्वापर युगमा भगवान श्री कृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि सोही दिनको सम्झनामा बुढी पोल्ने गरिएको उनले बताए

द्वापर युगमा विशाक्त दुध सेवन गराई बालबालिकाहरुको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान श्री कृष्णले दुध चुसी मारेको विजयोत्सवका रुपमा बुढी पोल्ने पर्व मनाइने गरेको लेखकले बताए

सुदूरपश्चिममा भाद्र संक्रान्तिका दिन गाडिएको बुढीलाई असोज गते साँझपख पोल्ने सोही ठाउँमा काक्रा खाँदै लुतो फाल्ने  प्रचलन समेत रही आएको ओल्के संक्रान्तिका दिन गोठालाहरुले बुढीको प्रतिमा राखेपछि दैनिक त्यसमा रुखका हाँगाहरु थप्ने गर्छन् भाद्र संक्रान्तिका गाडिएको बुढीलाई आज पोलेमा सुख शान्ति प्राप्त हुने विश्वास रही आएको स्थानीय संस्कृतिका जानकार गणेशदत्त अवस्थीले बताए बुढी जलाउँदा बनेको खरानीको तिलक बनाएर गाईलाई लगाउने चलन समेत रही आएको

ओल्के संक्रान्तिका दिन गाडिएको बुढीलाइ असोज सक्रान्तिको साँझ प्रत्येक घर घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेरबूढी पोल्ने पर्व मनाउने परम्परा रहेको पुतनाको स्वरुपमा तयार गरी सिंगारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ साँझपख काँक्रो चपाएर जलेको पुतनामा फाल्दै जोडलेथुई बुढी थुई भन्ने गर्छन्

यस पर्वमा रातभरी देउडा खेल्ने चलन पनि रहेको तर पछिल्लो समयमा यस्ता चलनहरु लोप हुँदै गएका छन् बुढी पोल्ने पर्व पहिलाको जस्तो मनाउन छोडिएको स्थानीयहरुले बताएका छन् सामूहिक रुपमा मनाउने यस्ता पर्वहरु लोप हुँदै गएका बताइएको