धनगढी पोष्ट आइतबार, ०९ मङि्सर २०८१   November 24, 2024
साक्षर घोषणा गर्ने सरकारी लक्ष्य

एक बर्षमा होला त सुदुरपश्चिम प्रदेश पूर्ण साक्षर घोषणा ?

सुदुरपश्चिमका छ जिल्ला अझै साक्षर घोषणा हुन बाकी छन् । पहाडी क्षेत्रका जन प्रतिनिधी भन्छन् : अझै ५ बर्ष लाग्छ

एक बर्षमा होला त सुदुरपश्चिम प्रदेश पूर्ण साक्षर घोषणा  ?

धनगढी 

  संघिय सरकारको नीति तथा कार्यक्रम अनुसार चालु  आर्थिक बर्ष २०७७÷०७८ भित्रै नेपाललाई पूर्ण साक्षर घोषणा गरिसक्ने ल छ । तर संघिय सरकारको घोषणा अनुसार कैलालीलाई आगामी बर्ष भित्र साक्षर जिल्ला घोषणा गर्न सम्भव छ त ?

यस्तो छ अवस्था

  कागजमा ९७ दशमलव २ प्रतिशत साक्षर देखिएको कैलाली जिल्ला पूर्ण साक्षर घोषणा हुन भने बर्षै लाग्न सक्ने देखिएको छ । कागजको प्रगति देखाउँदै शिक्षा विकास तथा समन्वय इकाई कैलालीले २०७५ साउन मसान्तसम्म सबै स्थानीय तहलाई पूर्ण साक्षर घोषणा गरी गर्ने र २०७५ भदौ २३ गते जिल्लालाई पूर्ण साक्षर घोषणा गर्ने प्रस्ताव ल्याएको थियो ।

  तर चुरे र मोहन्याल गाउँपालिकाका जनप्रतिनिधीले शिक्षा विकास तथा समन्वय इकाईको उक्त प्रस्तावमा समर्थन जनाउन सकेनन् । सो क्षेत्रका जनप्रतिनिधीले आफ्नो तह पूर्ण साक्षर बनाउन अझै ५ बर्ष लाग्न सक्ने बताएपछि भदौका लागि लिएको लक्ष्य अनिश्चित बनेको छ । त्यस बीचमा सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले पनि चुरे र मोहन्याललाई लक्षित गरी साक्षरता दर बढाउने प्रयास गरेका थिए । तर मोहन्याल र चुरेका जनप्रतिनिधीले सामान्य गृहकार्य गरेर आफ्नो तहलाई साक्षर घोषणा गर्न असम्भव रहेको प्रतिकृया दिंदै बिशेष प्याकेज ल्याउन आग्रह गरेका थिए ।

   विकटका स्थानीय तहको अभिव्यक्ति पछि कैलाली जिल्लालाई पूर्ण साक्षा जिल्ला घोषणा गर्न कागजमा लक्ष्य भन्दा बढी प्रगती भएको देखिए पनि यथार्थमा भने चुनौती रह्यो ।

   मोहन्याल गाउँपालिका प्रमुख नवल सिंह रावलले आफ्नो क्षेत्रलाई तत्काल कुनै पनि हालतमा साक्षर घोषणा गर्न नसक्ने बताएका छन् । गाउँपालिकाको २५ हजार जनसंख्या मध्य अझै २० प्रतिशत भन्दा बढी नागरिक निरक्षर रहेकोे भन्दै उनले उक्त समुहलाई साक्षर बनाउन धेरै समय लाग्न सक्ने बताए । म आफैले खटिएर केही हुने देखिएन उनले भने–‘गाउँपालिका भित्र पर्ने विकट क्षेत्रमा शिक्षाको पहुँच पनि छैन, आफै तत्काल सवै ठाउँमा पुग्न सक्ने अवस्था नहुँदा खटाउने जनशक्ति पनि छैन । मोहन्यालवासीलाई साक्षर घोषणा गर्न विशेष कार्यक्रम मार्फत राहत प्याकेज घोषणा गर्न पनि उनले सरोकारवालासंग आग्रह गरे । आफ्नै प्रयासमा ५ बर्षपछि मात्रै मोहन्याल साक्षर घोषणा गर्न लायक हुन सक्ने अध्यक्ष रावलको स्पष्ट धारणा छ ।

 

 सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्ला मध्य हालसम्म दार्चुला, बैतडी र डडेलधुरा जिल्ला साक्षर घोषणा भएका छन् । अछामलाई साक्षर जिल्ला घोषणाका लागि तयारी अवस्थामा राखिएको छ भने बाजुरामा पनि सवै स्थानीय तहहरु साक्षर घोषणा भएका छन् । अन्य जिल्लामा भने साक्षर घोषणा  गर्नका लागि खासै तयारी भएको छैन ।

   चुरे गाउँपालिकाका अध्यक्ष धन बहादुर रोक्कामगरले पनि सवै क्षेत्रमा बालबालिकाकालाई सहजै पायक पर्ने गरी शैक्षिक संस्था नहुँदा निरक्षर दर उच्च रहेको बताए । /३ घण्टा हिडेर बालबालिका विद्यालय जान सक्दैनन् उनले भने–‘साक्षर दर बढाउन बिशेष कार्यक्रम मार्फत समेट्न नसकिएमा अझै समय लाग्न सक्दछ । चुरेमा १ पटक साक्षर अभियान सञ्चालन गर्नु पर्नेमा अध्यक्ष रोक्कामगरले जोड दिए ।

   साक्षर जिल्ला घोषणा गर्न जिल्लाको ९५ प्रतिशत जनसंख्या साक्षर हुनु पर्ने प्रावधान भए पनि कैलालीमा ९७ प्रतिशत नागरिक साक्षर रहेको तथ्याङ्क छ । २०६८ को जनगणना अनुसार कैलालीमा १ लाख ५५ हजार ५ सय ७० मानिस निरक्षण भए पनि  साक्षर नेपाल अभियान मार्फत १ लाख ६० हजार ७ सय ३२ जनालाई सारक्षर गरिएको र पुनः निरन्तर शिक्षा मार्फत ७२ हजार ३४ मानिसलाई साक्ष बनाई साक्षरता दर ९७ दशमलव २ प्रतिशत पु¥याइएको तथ्याङ्क छ । यस्तो अवस्थामा जिल्लालाई साक्षर घोषणा गर्न कुनै समस्या नहुने भन्दै शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विष्णुदत्त भट्टले भाद्र २३ गतेका लागि साक्षर जिल्ला  घोषणा गर्ने प्रस्ताव राखेका थिए ।

विशेष कार्यक्रम ल्याउने प्रयत्न गरिरहेका छौं विष्टले भने– ‘विशेष कार्यक्रममै समेटेर भए पनि कैलालीलाई यसै बर्ष भित्र साक्षर घोषणा गरिन्छ M  विष्ट

   तर दुई स्थानीय तहको अडान नै साक्षर जिल्ला घोषणाको अभिश्राप बन्दै आएका छन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय शिक्षा महाशाखा प्रमुख झङकर  विष्टले भने दुई  स्थानीय तहलाई मात्रै हेरेर बस्न नसकिने
बताए । हामी तत्कालै दुई वटा स्थानीय तहमा विशेष कार्यक्रम ल्याउने प्रयत्न गरिरहेका छौं विष्टले भने– ‘विशेष कार्यक्रममै समेटेर भए पनि कैलालीलाई यसै बर्ष भित्र साक्षर घोषणा गरिन्छ ।

कस्तो छ प्रदेशको अवस्था ? 

   सुदूरपश्चिम प्रदेशका ९ वटा जिल्ला मध्य हालसम्म तीन जिल्ला मात्रै साक्षर घोषणा भएका छन् । ६ जिल्ला अझै घोषणा हुन बाँकी नै छन् । हालसम्म दार्चुला, बैतडी र डडेलधुरा जिल्ला साक्षर घोषणा भएका छन् ।

   अछामलाई साक्षर जिल्ला घोषणका लागि तयारी अवस्थामा राखिएको छ भने बाजुरामा पनि सवै स्थानीय तहहरु साक्षर घोषणा भएका छन् । अन्य जिल्लामा भने साक्षर घोषाको गर्नका लागि खासै तयारी भएको छैन ।

   सामाजिक विकास मन्त्रालय शिक्षा महाशाखा प्रमुख विष्टका अनुसार डोटीलाई पनि थोरै मेहतन गरेर साक्षर गर्ने सकिने अवस्था छ । संघिय सरकारले घोषणा गरे झै एक बर्षमा भने सुदूरपश्चिम प्रदेशलाई साक्षर घोषणा गर्न नसकिने विष्टको संकेत थियो । म सरकारी घोषणाको विरोध त गर्दिन महाशाखा प्रमुख विष्टले भने– ‘यस्तो अवस्थामा काम गर्न निकै समस्या छ, तोकेको अवस्थामै प्रदेशलाई साक्षर घोषणा गर्न निक्कै चुनौती छ ।

साक्षर जिल्ला घोषणा गर्दा अपनाइने सूचक 

   साक्षर जिल्ला घोषणा गर्न निम्न सूचकलाई आधार मानिने  गरिन्छ ।  वर्णर अक्षर लेखपढ गर्न सकेमा, मूल्यसूचि र बिल पढ्न सक्ने भएमा, परिवारका सदस्यहरूको परिचय विवरण लेख्न र पढ्न सक्ने भएमा, मोवाईल र क्यालकुलेटरको प्रयोग गर्न सकेमा, ० देखी ९ सम्मका अंक र अक्षर लेख लेख्न र पढ्न सक्ने भएमा, लेनदेनका हरहिसाव राख्न सक्ने भएमा, चित्र, पोष्टर, साईन बोर्ड र ट्राफिक संकेत वुझ्न सकेका आधारमा कुनै पनि व्यक्तिलाई साक्षर मान्न सकिन्छ । साक्षर घोषणा गर्न भने माथिका १२ वटा सूचक मध्य ६ वटा सूचकको प्रयोग गर्न सक्ने व्यक्तिलाई साक्षर मान्न सकिने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख विष्णुदत्त भट्टले बताए ।