धनगढी पोष्ट सोमबार, १० मङि्सर २०८१   November 25, 2024

डोटी र डडेल्धुरामा यातायात कार्यालय स्थापनाले नागरिकलाई सहज

डोटी र डडेल्धुरामा यातायात कार्यालय स्थापनाले नागरिकलाई सहज

धनगढी ।  बैतडीका कमलसिंह ऐरले २०७८ फागुनमा सवारी चालक अनुमति पत्रका लागि आवेदन फारम भरे । फारम भरेको १ महिना पछि लिखित परिक्षा भयो । गाउँबाटै अनलाई मार्फत आवेदन दिएका ऐरले लिखित परिक्षा दिन बैतडीबाट धनगढी आउनु पर्यो ।

एक दिन आउ, एक दिन जान र एक दिन लिखित परिक्षा दिँदा उनको १० हजार खर्च भयो । लिखितमा नाम निस्किएपछि उनि प्रयोगात्मक परिक्षाका लागि जेठमा धनगढी आए । फरी एक दिन आउन, एक दिन जान र एक दिन ट्रायल दिदैमा कट्यो ।

त्यो समयमा पनि उनको १२ हजार खर्च भयो तर प्रयोगात्मक (परिक्षा ट्रायल)मा उनि पास हुन सकेनन् । एक हप्ता पछि उनले रिट्रायलका लागि आवेदन दिए । साउनमा फेरी ट्रायल दिने सयम आयो बैतडीबाट फेरी धनगढी आउन जान र ट्रायल दिन उनको ११ हजार फेरी खर्च भयो । दोश्रो प्रयासमा उनि सफल पनि भए । तर १ हजार ५ सयमा बन्ने सवारी चालक अनुमति पत्र पाउनका लागि उनले १० दिनको समय र झण्डै ३५ हजार बढी खर्च गर्नु पर्यो ।

म तीन पटक धनगढी आउनु पर्दा झण्डै ३५ हजार खर्च भयो, उनले भने, ‘तर मसंगै फारम भरेका गाउँका कसैकसैले ३४ पटक सम्म धनगढी आउनु परेको थियो, उनिहरुले ५० हजार सम्म खर्च गर्नु परेको थियो ।

तर बैतडीकै विनोद विष्टले भने अहिले ४ हजारमै सवारी चालक अनुमति पत्र प्राप्त गर्दै छन् । उनले लिखित र ट्रायलका लागि धनगढी आउनु परेन ।

सुदूरपश्चिम प्रदेश सरकारले नागरिकको सहजतालाई लक्षित गरेर अहिले धनगढी बाहेक डडेल्धुरा र डोटीबाट पनि सवारी चालक अनुमति पत्र वितरण गरिरहेको छ । प्रदेश सरकारले डडेल्धुराबाटै सवारी चालक अनुमति पत्रि वितरण गर्न थालेपछि विनोद बिहान घरबाट आएर वेलुका घर जान सक्छन् । विहान आएर वेलुका घर जाँदा बाटो खर्च (यातायात) मात्रै हुने गरेको छ, विनोदले भने, ‘धनगढी जाँदा जति खर्च हुन्थ्यो डडेल्धुरामै सेवा पाएपछि त्यसकोे ७० प्रतिशत खर्च जोगिएको छ ।

प्रदेश सरकारले डडेल्धुरा र डोटीबाट सवारी चालक अनुमति पत्र वितरण गर्न थालेपछि सवारी चालक अनुमति पत्र लग्न चाहने विनोद विष्ट जस्ता धेरै सवारी चालकलाई धनगढी आउनु पर्ने बाध्यता हटेको छ । जस्का कारण सुदूरपश्चिमका ७ पहाडी जिल्लाका सवारी चालकलाई अनुमति पत्र लग्दा हुने फजुल खर्च र समयको बचत हुने गरेको छ ।

डोटीको ट्रायल सेन्टरबाट अछाम, बाजुरा, बझाङ र डोटीकै नागरिकलाई सवारी चालक अनुमति पत्र प्राप्त गर्न सजिलो भएको छ, भने डडेल्धुराबाट बैतडी, दार्चुला, बझाङ र डडेल्धुराका नागरिकलाई सवारी चालक अनुमति पत्र प्राप्त गर्न सजिलो हुने गरेको सुदूरपशिचम प्रदेश भौतिक पूर्वाधार मन्त्रालयका प्रशासन महाँशाखा अधिकृत मोहन चन्द्र जोशीले बताए ।

नागरिकको समस्यालाई मध्यनजर गरेर प्रदेशका थप दुई जिल्लाबाट सवारी चालक अनुमति पत्र वितण गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

बझाङ, बाजुरा, अछाम, बैतडी, दार्चुला, डोटी र डडेल्धुराबाट सवारी चालक अनुमति पत्र प्राप्तिका लागि पटकपटक धनगढी आउने र जानु पर्ने हुँदा समय संगै बजेट भार पनि बढ्ने गरेको नागरिकको समस्यालाई मध्यनजर गरी हामीले थप दुई ठाउँबाट सवारीचालक अनुमति पत्र वितरण गर्न थालेका हौं, उनले भने, ‘यसले नागरिकलाई धेरै राहत मिलेको छ ।

कैलाली कञ्चनपुबाट मात्रै सवारी चालक अनुमति पत्र वितण गर्दा पहाडी क्षेत्रका नागरिकको परिक्षा छट्ने समस्या देखिएको उनले बताए । परिक्षाका लागि पहाडबाट आउँदा कहिले पहिरोका कारण समयमा परिक्षर्थी तराई पुग्न सक्दैनन्, चिसोमा हिँका कारण सडक अबरुद्ध हुँदा उनिहरुको परिक्षा छुट्ने गरेको पाइयो, डोटी र डडेल्धुराले ती समस्याको पनि हल गर्ने छ ।

पहाडी जिल्लाबाट सवारी चालक अनुमति पत्र वितरण गर्न थालेपछि ती स्थानमा आन्तरिक पर्यटकको संख्या बढ्ने अनुमान गरिएको उनले बताए । कैलाली कञ्चनपुरमा सेवा ग्राहीको बढी हुने गर्दछ, जोशीले भने, ‘तर डडेल्धुरा र डोटीमा त्यती भीड हुँदैन, त्यसैले तराईका सेवा ग्राही पनि त्यहाँ जान सक्दछन्, त्यसले आन्तरिक पर्यटकको चहलपहल पनि बढाउँन मद्धत गर्दछ ।

जोशीले डोटी र डडेल्धुरालाई लाइसेन्स वितरण केन्द्र निर्माण गर्ने कानूनी प्रक्रिया पुरा गर्ने कर्मचारीका रुपमा सुरु देखिनै काम गरेका थिए । ती स्थानबाट बैशाख जेठ देखिनै लाइसेन्स वितण गर्ने प्रक्रिया थालेपनि यातायात व्यवस्था विभागले सफ्टवेयर प्रयोगको अनुमति दिन ढिलाई गरेका कारण भदौ ११ गते देखि मात्रै सेवा प्रदान थालिएको हो ।

दुई वटै ट्रायल सेन्टरको सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेका थिए । नागरिकको सहजतालाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेश सरकारले २०७८ चैत १७ गते डडेल्धुरा र डोटीबाट सवारी चालक अनुमति पत्र वितरण गर्ने निर्णय गरेको थियो ।

दुवै जिल्लामा स्थापना गरिएका भौतिक यातायात व्यवस्था सेवा कार्यालयमार्फत मोटरसाइकल तथा जीपको लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गरी पूर्णरूपमा सेवा बिस्तार गर्ने निर्णयमा उल्लेख छ । यस्तै डोटी र डडेल्धुरा यातायात सेवा कार्यालयको सङ्गठन संरचना तथा दरबन्दी व्यवस्थापन सर्वेक्षण प्रतिवेदन स्वीकृत गरिएको छ ।

उक्त निर्णय भएसँगै सेवा कार्यालयमा कर्मचारीको आवश्यक दरबन्दीको व्यवस्थापन भइसकेको छ । ती कार्यालयले साउन पहिला चालक अनुमति पत्र नवीकरण, सवारी दर्ता (ब्लुबुक) नवीकरण, सवारी जाँच पास लगायताका आंशिक काम गर्दै आएका थिए ।

त्यस अघि प्रदेशमा धनगढी र महेन्द्रनगरमा मात्र यातायातका साधनहरूको लिखित तथा प्रयोगात्मक परीक्षा केन्द्र रहेका थिए ।

प्रदेश सरकारको राजस्व बढ्ने

कैलाली, कञ्चनपुर संगै डोटी र डडेल्धुराबाट सवारी चालक अनुमति पत्र वितरण गर्न थालेपछि प्रदेशको आम्दानीमा वृद्धि हुने आँकलन गरिएको छ ।

प्रदेशका पहाढडी जिल्लाबाट धेरै नागरिक कैलाली कञ्चनपुर सम्म पुग्न नसक्दा सवारी चालक अनुमति पत्र प्राप्त गर्न नसकेको अवस्थामा पहाडी क्षेत्रबाट अनुमति पत्र वितरण गर्दा ती सेवा ग्राही बढ्ने प्रदेश सरकारको आँकलन छ ।

प्रदेश भौतिक पूर्वाधार मन्त्रालयका प्रशासन महाँशाखा प्रमुख जोशीका अनुसार प्रदेशका पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम, दार्चुला र बैतडीबाट धेरै नागरिक लाइसेन्स लग्न कैलाली, कञ्चनपुर आउन सकेका थिएनन् । तर डोटी र डडेल्धुराबाटै सेवा प्रदान गर्दा उनिहरु अनुमति पत्रको प्रक्रियामा आउने छन्, जस्का कारण प्रदेशको राजस्व वृद्धि हुने अनुमान गरिएको छ ।

प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयको तथ्याङ्क अनुसार गते बर्ष भदौमा सुदूरपशिचममा चालक अनुमति पत्र र सवारी दर्ता किताव सम्बन्धी दस्तुर बाट १ करोड ३४ लाख २३ हजार ३ सय ६० रुपैंया जम्मा भएको मा चालु आर्थिक बर्षको भदौमा सोही शिर्षक बाट १ करोड ४२ लख २ हजार ४ सय ६५ रुपैंया राजस्व संकलन भएको छ ।

डोटीर डडेल्धुराबाट सेवा सुचारु भएसंगै गत आर्थिक बर्षको भन्दा चालु आर्थिक बर्षको भदौ महिनामा ७ लाख ७९ हजार १ सय ५ रुपैंया बढी राजस्व संकलन भएको छ ।

आर्थिक समस्याले अनुमति पत्र लग्न नसकेका लाई सहज

बझाङको छबिसपाथीभेरा गाउँपालिका३ का उमेश रेग्मी पालिकाकै कार्यालय सहयोगिका रुपमा कार्यरत छ । पालिकाको कामको सिलसिलामा उनले जिल्ला सदरमुकाम तथा प्रदेश राजधानी धनगढी आउनु परिरहन्छ ।

यात्रामा सजिलो हुने हुँदा मोटरसाईकलकै प्रयोग गर्ने रेग्मीले हाल सम्म सवारी चालक अनुमति पत्र भने प्राप्त गर्न सकेका छैनन् । त्यसको एउटै कारण थियो बजेटको समस्या । सानो आम्दानीले घर खर्च चलाउनै ठिक्क हुन्छ, उमेसले भने, ‘लाइसेन्सका लागि धनगढी आउन जान धेरै खर्च लाग्ने देखेपछि हाल सम्म आवेदन पनि दिएको थिएन, डडेल्धुराबाट सेवा सुचारु भएपछि मैले आवेदन दिएको छु ।

अहिले सवारी चालक अनुमति पत्र प्राप्त गर्न लिखित परिक्षा दिएको उनले बताए ।

बझाङबाट डडेल्धुरा आउन र जान सजिलो भएको उनले बताए । एक दिनमै काम गरेर वेलुका घर फर्कन सकिने हुँदा धेरै खर्च लाग्ने देखिएको छैन, उनले भने, ‘समयको पनि वचत भएको छ ।

सवारी चालक अनुमति पत्र नहुँदा आफुले पटकपटक ट्राफिक प्रहरीलाई जरिवाना तिर्नुपरेको उनी सम्झन्छन् । विभिन्न कामले यताउती जाँदा प्रहरीको चेकिङमा परिन्थ्यो, कहिले पालिकाको कर्मचारी भनेर छोडिदिन्थ्ये भने कहिले जरिवाना तिर्नु पर्दथ्यो, डडेल्धुरामा पहिलानै यातायातको कार्यालय खुलेको भए मजस्ता धेरैले लाइसेन्स प्राप्त गरिसक्थ्ये होलान् ।

लाइसेन्स प्राप्तिको प्रक्रिया झण्झटिलो हुँदा आफु जस्ता धेरै सवारी चालकलाई समस्या परेको उनले बताए । पटक पटक धनगढी जाने आउने गर्दा कम्तिमा ५० हजार खर्च हुने गर्दथ्यो, उमेसले भने, ‘त्यत्रो पैसाको जोहो गर्न जो कोहीलाई समस्या हुन्छ, अर्को कुरा समय पनि धेरै लाग्ने हुँदा लाइसेन्स लग्ने धेरैले आँट गरेका थिएनन्, नजिकै सेवा पाइन थालेपछि धेरैले लाइसेन्सका लागि आवेदन दिएका छन् ।